Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

निर्वासित अफगान आप्रवासीहरूमा सङ्क्रामक रोगहरूको बढ्दो फैलावटको चेतावनी

खबरडबली संवाददाता

काबुल । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कमजोर सरसफाइ अवस्था कारण छिमेकी राष्ट्रहरूबाट निर्वासित अफगान आप्रवासीहरूमा सङ्क्रामक रोगहरूको बढ्दो फैलावटको बारेमा चेतावनी जारी गरेको खामा प्रेसले जनाएको छ ।

डब्लुएचओले बढ्दो स्वास्थ्य जोखिमलाई सम्बोधन गर्न चिकित्सा स्रोत र कर्मचारी क्षमता बढाउन आवश्यक रहेको कुरामा जोड दिएको छ । डब्लुएचओले छिमेकी राष्ट्रहरूबाट निर्वासित हुनेहरूमा श्वासप्रश्वासको सङ्क्रमण, छालाजन्य रोग र सन्दिग्ध कोभिड–१९ मामिलाहरूमा वृद्धि भएको रिपोर्ट गरेको छ ।

प्रमुख सीमा बिन्दुहरू विशेषगरी हेरात प्रान्तको इस्लाम कालामा गरिएको स्थलगत परीक्षणले श्वासप्रश्वासको सङ्क्रमण र डिहाइड्रेसन बढेको देखाएको छ । विशेष गरी निर्वासित बच्चा र वृद्धहरूमा अफगान आप्रवासीहरूमा कोभिडका घटनाहरू धेरै रिपोर्ट गरिएको छ । रोगहरूको फैलावटको प्रतिक्रियामा डब्लुएचओले इस्लाम काला र स्पिन बोल्डक सीमा विन्दुमा स्थानीय स्वास्थ्य अधिकारीहरूको सहयोगमा आपत्कालीन स्वास्थ्य स्क्रिनिङ र सामूहिक खोप अभियानहरू सुरु गरेको छ ।

यी पहलहरू थप प्रकोपहरू रोक्न र कमजोर मानिसहरूलाई महत्त्वपूर्ण हेरचाह प्रदान गर्न सुरु गरिएको छ । डब्लुएचओका अनुसार इस्लाम काला सीमा बिन्दुमा आठ हजार सात सयभन्दा बढी बालबालिकाले मौखिक पोलियो खोप र आठ हजार तीन सयभन्दा बढी व्यक्तिले इन्जेक्टेबल पोलियो खोपहरू प्राप्त गरेका छन् । उच्च जोखिममा रहेका सीमावर्ती क्षेत्रहरूमा हजारौँ निर्वासित बालबालिकालाई दादुराविरुद्धको खोप लगाइएको खामा प्रेसले जनाएको छ ।

स्पिन बोल्डक, तोरखाम र इस्लाम काला लगायत प्रमुख सीमा विन्दुहरूमा करिब २९ हजार मानिसलाई स्क्रिनिङ वा खोप लगाइएको छ । डब्लुएचओका मोबाइल स्वास्थ्य टोलीहरूलाई स्वागत केन्द्र र शून्य-बिन्दु सीमाहरूमा तैनाथ गरिएको छ र उनीहरूले फर्केका सयौँको दैनिक स्वास्थ्य जाँचहरू गरिरहेका छन् ।

डब्लुएचओले सङ्क्रामक रोगको लक्षण देखाउने आठ सय ४० भन्दा बढी व्यक्ति पहिचान गरेको छ । तीमध्ये सबैले तत्काल चिकित्सा सेवा प्राप्त गरेका छन् । यसले बढ्दो स्वास्थ्य जोखिमलाई सम्बोधन गर्न चिकित्सा स्रोत र कर्मचारी क्षमता बढाउन आवश्यक रहेको कुरामा जोड दिएको खामा प्रेसले जनाएको छ ।

छिमेकी राष्ट्रहरूद्वारा निर्वासित अफगान आप्रवासीहरूको सङ्ख्या बढ्दै जाँदा डब्लुएचओले ठूलो मात्रामा रोगको प्रकोप रोक्न र सङ्कटमा फर्केका मानिसहरूलाई पर्याप्त हेरचाह प्रदान गर्न आवश्यक कोष र समन्वित प्रयासहरू विस्तार गर्न आह्वान गरेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थाई सेना द्वारा कम्बोडियाको क्यासिनो हबमा बम प्रहार

नोमपेन । थाइल्यान्डको सेनाले कम्बोडियाको पेइपेटको क्यासिनो हबमा बिहीबार बम प्रहार गरेको रक्षा मन्त्रालयले बताएको छ । जुन दुई राष्ट्रहरू बिचको प्रमुख स...

परम्परागत चिकित्सामा सहयोग बढाउन भारत–अफगानिस्तान छलफलमा

नयाँदिल्ली । अफगानिस्तानका जनस्वास्थ्य मन्त्री मावलवी नूर जलाल जलालीले भारत र अफगानिस्तानबीच परम्परागत चिकित्सा प्रणालीमा सहयोग बढाउन राज्यमन्त्री प्र...

तेल नाकाबन्दी अस्वीकार गर्दै भेनेजुएला

काराकास । भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको सम्भावित तेल नाकाबन्दीको कडा अवहेलना गर्दै आफ्नो कच्चा तेल निर्यातमा कुनै असर नप...

पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता

काबुल । गत हप्तामा पाकिस्तानी जेलबाट रिहा भएका कुल १६७ जना अफगान कैदीहरू सुरक्षित अफगानिस्तानमा फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्...

सुडान शरणार्थी शिविरमा भीषण आक्रमण, एक हजारको मृत्यु

जेनेभा । सुडानको आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू (आइडिपी) को जामजाम विस्थापन शिविरमा अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन...

श्रीलङ्काको चक्रवात पुनर्निर्माणमा ठुलो बजेट

कोलम्बो । श्रीलङ्काको सरकारले सन् २०२६ मा ६४० भन्दा बढी नागरिकको ज्यान लिएको विनाशकारी चक्रवात दितवाहबाट देशलाई पुनःउठाउन करिब एक अर्ब ६० करोड अमेरिकी...

झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने ३ जना पक्राउ

काठमाडौँ । झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउने कार्यमा संलग्न तीन जना पक्राउ परेका छन् ।  झुठ्ठा विवरण पेस गरी ना...

राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा सुवेदी नियुक्त

काठमडौँ  । राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिव पदमा संरक्षणविद् डा.नरेश सुवेदी नियुक्त भएका छन् । प्रकृति संरक्षण कोष ऐन, २०३९ मा भएको व्यवस्था...

काभ्रेमा मालवाहक टिपर सञ्चालनमा नियमन गरिने

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक हुँदै विभिन्न क्षेत्रमा सञ्चालन भइरहेको मालबहाक सवारी टिपर सञ्चालनमा नियमन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय धुलि...

स्पा र गेस्टहाउसमा प्रहरी छापा, पाँचजना पक्राउ

काठमाडाैं । नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिको काममा  लगाएको आरोपमा प्रहरीले काठमाडौंका स्पा र गेस्टहाउसमा छापा हानेर पाँचजनालाई पक्राउ गरेको छ ।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending