हेग । प्रहरीले गत महिना ४३ देशमा मानव बेचबिखनका सम्भावित पीडित एक हजार १९४ जनाको उद्धार गर्नुका साथै १५८ जना शङ्कास्पद व्यक्तिलाई पक्राउ गरेको युरापेली सङ्घको कानुन कार्यान्वयन निकायले शुक्रबार जनाएको छ ।
युरोप, अफ्रिका, एसिया र अमेरिकाका मानव तस्करलाई लक्षित गरी १५ हजार अधिकारी परिचालन गरिएको ‘ग्लोबल चेन’ अभियानले जनाएको छ । रोमानिया, युक्रेन, कोलम्बिया, चीन र हङ्गेरी गरी ६४ देशका नागरिक उनीहरूको अपराधबाट पीडित भएकोे बताइएको छ । “मानव बेचबिखनका योजनाहरूको विश्वव्यापी प्रकृतिलाई प्रर्दशित गर्दै पीडितहरूमध्ये धेरैलाई देश वा महादेशभन्दा बाहिर तस्करी गरिएको थियो,” विज्ञप्तिमा भनिएको छ । “अनुसन्धानले देखाएअनुसार यौन शोषणको सिकार हुनेअधिकांश महिला र वयस्क छन् भने कम उमेरका पीडितहरूको शोषण प्रायः जबर्जस्ती भीख माग्ने र पकेटमार जस्ता आपराधिक गतिविधिसँग सम्बन्धित छ ।”
एउटा घटनामा अस्ट्रियाली प्रहरीले रोमानियाको एक अपराध समूहलाई लक्षित गरी सीमापार अभियान चलाउँदा सात जना शङ्कास्पद मानव तस्करलाई पक्राउ गरेको थियो भने आठ जना महिलाको उद्धार गरेको थियो । रोमानियाका छ जना र हङ्गेरीका एक जना गरी छ जना शङ्कास्पद व्यक्ति युरोपेली सङ्घका विभिन्न देशहरूमा परिवारद्वारा सञ्चालित नेटवर्कका सदस्य रहेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।
पीडितहरूलाई तथाकथित ‘प्रेमी-केटा विधि’ प्रयोग गरेर भर्ती गरिएको थियो, जसमा तस्करहरूले महिलाहरूलाई वेश्यावृत्तिमा धकेल्नु अघि रोमान्टिक पार्टनरको रूपमा प्रस्तुत हुन्छन् । ब्राजिलमा संघीय प्रहरीले यौन शोषणका लागि म्यान्मा पठाउनुअघि पीडितलाई झुटा जागिरको प्रलोभन दिने समूहलाई कारबाही गरी उनीहरूको सफाया गरेको अधिकारीहरुले बताएका छन् ।
थाई प्रहरीले एक लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्ममार्फत सञ्चालित नाबालिगहरूको संलग्नता रहेको वेश्यावृत्ति सञ्जाल तोडेको छ र १२ जना संदिग्धहरूलाई पक्राउ गरेको छ । लागूऔषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालयका अनुसार सशस्त्र द्वन्द्व, जलवायुसम्बन्धी विपद् र विश्वव्यापी अस्थिरताका कारण सन् २०२० यता मानव बेचबिखनमा वृद्धि भएको छ ।
सन् २०२४ को डिसेम्बरमा सार्वजनिक गरिएको मानव बेचबिखनसम्बन्धी निकायको पछिल्लो विश्वव्यापी रिपोर्टअनुसार सन् २०२० मा ४८ हजार १८८ जना पीडित रहेकामा सन् २०२२ मा यो सङ्ख्या बढेर ६९ हजार ६२७ पुगेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: