Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

अछाम पूर्ण खोप जिल्ला घोषणा

खबरडबली संवाददाता

अछाम । अछामलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । 

जन्मेदेखि १५ महिनासम्मका तीन हजार चार ७२ र १६ देखि ५९ महिनासम्मका नौ हजार सात सय ३० बालबालिकाहरुले पूर्ण खोप पाएपछि शुक्रबार अछामलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । जिल्ला सदरमुकाम मंगलसेनमा आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समिति तथा जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर कुवँरले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् ।

जिल्लाका सबै दश स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएपश्चात वार्षिक नियमित कार्यक्रमअन्त्रगत जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता दिगोपना  घोषणा गरिएको स्वास्थ्य कार्यालय अछामले जनाएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा जिल्लाको रामारोशन गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप पाउने बालबालिकाको संख्या ३६१, १६ देखि ५९ महिनासम्मका एकहजार ९४, तुर्माखाँद गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप पाउने बालबालिकाको संख्या ४६३, १६ देखि ५९ महिनासम्मका एकहजार १७७, मंगलसेन नगरपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप पाउने बालबालिकाको संख्या दुई सय ७६, १६ देखि ५९ महिनासम्मका चार सय  र ढकारी गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप पाउने बालबालिकाको संख्या चार सय ९९, १६ देखि ५९ महिनासम्मका एक हजार दुई सय ६८ रहेका छन् । 

त्यस्तै चौरपाटी गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप पाउने बालबालिकाको संख्या तीन सय ५८, १६ देखि ५९ महिनासम्मका एक हजार एक सय ८८, कमलबजार नगरपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप पाउने बालबालिकाको संख्या दुई सय ९७, १६ देखि ५९ महिनासम्मका नै सय २६, मेल्लेख गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप पाउने बालबालिकाको संख्या दुई सय ९४, १६ देखि ५९ महिनाका नौ सय ३४, साँफेबगर नगरपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप पाउने बालबालिकाको संख्या तीन सय १२, १६ देखि ५९ महिनासम्मका नौ सय २७ र बान्नीगढी जयगढ गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका खोप पाउने बालबालिकाको संख्या एक सय ३४ र १६ देखि ५९ महिना उमेर सम्मका एक सय ३४ बलबालिकाहरुले पूर्ण खोप पाएका छन् । स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगाले प्रस्तुत गरेको तथ्यांक अनुसार अझैपनि जन्मेदेखि १५ महिनासम्मका १६ बालबालिका सँग खोप कार्ड छैन् भने १६ देखि ५९ महिना उमेर समुहका चारजना बालबालिकाले कुनैपनि खोप नपाएको देखिन्छ ।

 घोषणा कार्यक्रममा बालबालिकाप्रति गरेको लगानी भविष्यका लागि सुनौलो काम हुने भन्दै स्वास्थ्य र शिक्षामा तीनै तहका सरकारले ध्यान दिनुपर्नेमा सहभागीले जोड दिएका थिए । दश वटै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, सुरक्षा निकायका प्रमुख सहितको उपस्थितिमा सम्पन्न घोषणा सभामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणामा सहयोग गर्ने कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार लगायतलाई सम्मान गरिएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: