Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

खबरडबली संवाददाता

अमेरिका । इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर इन्धन प्रवेश गर्न दिइए पनि त्यो आपूर्ति अत्यन्तै न्यून भएको र गम्भीर मानवीय संकट समाधान गर्न अपर्याप्त रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार, गाजामा दैनिकरूपमा लाखौं लिटर इन्धन आवश्यक पर्दछ, जसको प्रयोग स्वास्थ्य सेवा, खानेपानी आपूर्ति, सरसफाइ तथा आपतकालीन सेवाहरूको सञ्चालनका लागि अत्यावश्यक हुन्छ । चार महिनाभन्दा लामो समयदेखि जारी इन्धन प्रतिबन्धका कारण सेवा प्रवाहमा गम्भीर असर परेको ओसीएचएले जनाएको छ ।

“स्पष्ट रूपमा भन्नुपर्दा, गाजामा इन्धनको अभाव अत्यन्त चिन्ताजनक अवस्थामा पुगेको छ,” ओसीएचएद्वारा जारी विज्ञप्तिमा भनिएको छ । “यदि अहिले कायम रहेका सीमितताहरू तुरुन्तै हटाइएनन् र नियमित रूपमा पर्याप्त मात्रामा इन्धन आपूर्ति हुन सकेन भने, धेरै जीवनरक्षक सेवाहरू पूर्णरूपमा बन्द हुने खतरा छ ।”

ओसीएचएले गाजाभित्र समयमै पहुँच सुनिश्चित गर्न आग्रह गर्दै आएको छ । इन्धन वितरण प्रयास दक्षिण गाजासम्म सीमित रहेका छन्, किनभने उत्तर गाजातर्फ पुर्याउने अनुमति इजरायलले प्रदान नगरेको ओसीएचएले जनाएको छ । “उत्तर गाजामा रहेका अस्पतालहरू बन्द हुने स्थितिमा छन् । एम्बुलेन्स सेवा, खानेपानी प्रशोधन केन्द्र र अन्य अत्यावश्यक सेवाहरूमा पनि इन्धनको अत्यधिक अभाव छ,” कार्यालयले जनाएको छ ।

इन्धन अभाव मात्र होइन, गाजामा हाल विभिन्न खाले मानवीय चुनौतीहरू थप जटिल बन्दै गएका छन् । युद्धविरामको अभावमा दैनिकजसो निवारण गर्न सकिने मृत्युहरू भइरहेका छन् । भोक, प्यास र उपचारको खोजीमा रहेका सर्वसाधारण सहायता लिन जाँदा पनि ज्यानको जोखिममा परिरहेका छन् । बिहीबार इजरायलसँग समन्वय गरेर गरिएको १५ सहायता प्रयासमध्ये केवल ६ प्रयासहरू सफल भएका थिए । यसले घाइतेको उद्धार, जोखिमयुक्त क्षेत्रबाट सर्वसाधारणको स्थानान्तरण र स्वास्थ्य उपकरणको मूल्याङ्कनजस्ता महत्वपूर्ण कामहरू प्रभावित पारेको ओसीएचएले जनाएको छ ।

बुधबार गाजा सहरको एक क्षेत्रमा १८ जना घाइते व्यक्ति भग्नावशेषमा फसेको सूचना पाएर उद्धार टोली पठाउने अनुमति मागिएको थियो । तर अनुमति ढिला भइ बिहीबारमात्र प्राप्त भयो र त्यो समयसम्म कोही पनि जीवित भेटिएनन् । ओसीएचएले हाल आश्रयका लागि आवश्यक सामग्रीको भण्डारण पूर्ण रूपमा सकिएको र विगत १३० दिनभन्दा बढी समयदेखि इजरायलले नयाँ पाल तथा आश्रय सामग्री प्रवेश गर्न नदिएको जानकारी दिएको छ ।

साथै, द्वन्द्व र असुरक्षाका कारण गाजाभित्र कार्यरत सहायता कर्मचारीहरूको सुरक्षामा समेत गम्भीर चुनौती देखिएको छ । बुधबार र बिहीबारका दिन, सहायता टोली रहेका स्थानहरू नजिकै भएका हवाई आक्रमणहरूबाट ठूलो जोखिम उत्पन्न भएको थियो । भाग्यवश, कुनै पनि सहयोगकर्मी घाइते भएका छैनन् । तर, यस्ता घटनाले मानवीय काममा संलग्न सबैको सुरक्षालाई गम्भीर रूपमा असर पुर्याउने चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्तेफान दुजारिकले मानव अधिकार कार्यालयबाट प्राप्त पछिल्लो विवरण सार्वजनिक गर्दै भने, “गाजा क्षेत्रमा राहत सामग्री लिन खोज्दा ज्यान गुमाएका ८१९ जना फिलिस्तीनीको तथ्यांक हामीसँग छ । यसमध्ये अधिकांश व्यक्ति सहायता वितरण केन्द्रहरू र राहत सवारीसाधन नजिक मारिएका थिए ।” उनले निष्पक्ष र स्वतन्त्र छानबिन आवश्यक रहेको जोड दिँदै भने, “जहाँ नागरिकहरू दैनिक रूपमा केवल खाना लिन जाँदा मारिन्छन्, त्यो प्रणालीलाई मानवीय भनेर स्वीकार गर्न सकिन्न ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending