काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुसको ‘डिल’ गरेको घटना बाहिरिएपछि सत्ताको नेतृत्वको गरेको उनको पार्टी एमालेमाथि नै नैतिक प्रश्न जन्मिएको छ ।
एमालेकै भूमि व्यवस्थामन्त्री बलराम अधिकारी पनि मुछिएको यो प्रकरणमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले एक्सन लिनुपर्ने आवाज उठेको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मन्त्री गुप्ताको घुस ‘डिल’ प्रकरणलाई गम्भीर रूपमा लिएको र प्रधानमन्त्रीले यसमा एक्सन लिनुपर्ने बताए । ‘यो घटनालाई एमालेले गम्भीर रूपमा लिएको छ । कतिपय विषयमा छलफलभन्दा पनि एक्सनमा जानुपर्ने हुन्छ । यो प्रधानमन्त्रीको विषय हो,’ उनले भने । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने घुस ‘डिल’बारे आफू जानकार नभएकाले बुझेपछि मात्रै बोल्न सक्ने बताए ।
मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख घुस लिएको दाबी गर्दै घुस रकम राखिएका दुई झोला, नोट नम्बर र नोटका बन्डलको फोटोसहित अख्तियारमा उजुरी परेको छ । त्यस्तै, मन्त्री गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गरिदिन बिचौलियासँग २५ लाख घुस डिल गरेको छुट्टै अडियो पनि सार्वजनिक भएको छ । जसमा उनले भूमि व्यवस्थामन्त्री अधिकारीलाई पनि पोलेका छन् । यस विषयमा शनिबार नयाँ पत्रिकाले समाचार प्रकाशित गरेको थियो ।
सत्तासाझेदार कांग्रेसका मुख्य सचेतक श्याम घिमिरेले कुनै पनि मन्त्रीको विषयमा विवाद आउँदा सम्बन्धित पार्टी र प्रधानमन्त्रीले सोच्ने विषय भएको बताए । ‘कुनै मन्त्रीको विषयमा विवाद भए सम्बन्धित पार्टी र प्रधानमन्त्रीले सोच्ने विषय हो,’ उनले भने, ‘घुस डिलबारे मलाई थाहा छैन । अडियो नै सार्वजनिक भएको र अख्तियारमा उजुरी परेको भए अख्तियारले त्यसको अनुसन्धान गर्ला ।’
कांग्रेस नेता प्रकाश रसाइलीले घुसकाण्ड डिल गरेको अडियो सार्वजनिक भइसकेकाले त्यस्ता मन्त्रिमाथि छानबिन गर्नुपर्ने र प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताए ।
शनिबार काठमाडौंमा भएका एक कार्यक्रममा उनले भने, ‘सरकारका मन्त्रीहरूको घुस डिल बाहिरिएपछि सरकारमाथि चुनौती थपिएको छ । सरकारले छानबिन गर्नुपर्छ । सरकारका मन्त्रीहरूले नैतिकता पनि देखाउनुपर्छ । यदि भएन भने प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ,’ उनले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - ०८:२९
हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...
पौष ११ गते, २०८२ - ०८:१६
काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...
पौष ११ गते, २०८२ - ०८:१३
काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...
पौष ११ गते, २०८२ - ०८:०६
काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...
पौष ११ गते, २०८२ - ०७:५०
म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...
पौष ११ गते, २०८२ - ०७:४४
मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...
पौष ११ गते, २०८२ - ०७:३७
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...
पौष ११ गते, २०८२ - ०७:३३
काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...
पौष ११ गते, २०८२ - ०७:०५
मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...
पौष ११ गते, २०८२ - ०७:०१
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...




प्रतिकृया लेख्नुहोस्: