Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

‘युरोपेली हितको रक्षा गर्न’ वार्ता केन्द्रित हुनुपर्ने राष्ट्रपति म्याक्रोँको भनाइ

खबरडबली संवाददाता

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घमा ३० प्रतिशत कर लगाउने चेतावनीको विरोध गर्दै युरोपेली हितको दृढतापूर्वक रक्षा गर्न इयूको वार्ता समूहलाई आग्रह गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र युरोपेली सङ्घमाथि अगष्ट १ देखि लागू हुने गरी ३० प्रतिशत कर वृद्धि हुने चेतावनी दिएका छन् । उक्त घोषणाप्रति फ्रान्सको ‘कडा असहमति’ व्यक्त गर्दै म्याक्रोँले अगष्ट १ सम्ममा दुवै पक्ष सहमतिमा पुग्न असफल भएमा ‘सबै उपकरण परिचालन गरेर विश्वसनीय प्रतिकारको तयारीलाई तीव्रता दिन’ आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “अगष्ट १ सम्ममा पारस्परिक रूपमा स्वीकार्य सम्झौतामा पुग्न तीव्र हुने वार्तामा फ्रान्सले युरोपेली आयोगलाई पूर्ण समर्थन गर्दछ । यसले युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकाजस्ता व्यापारिक साझेदारहरूले एकअर्काप्रति गर्नुपर्ने सम्मानलाई प्रतिबिम्बित गर्दछ ।”

यसअघि शनिबार युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले ट्रम्पले अगस्ट १ देखि लागु गर्ने भनिएको नयाँ करको सम्बन्धमा आलोचना गरेका थिए ।

युरोपेली आयोगकी प्रमुख भोन डेर लेयेनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “इयूको निर्यातमा ३० प्रतिशत कर लगाउँदा एटलान्टिक महासागरका दुवैतर्फका व्यवसाय, उपभोक्ता र बिरामीलाई हानि पुग्ने गरी आवश्यक ट्रान्साटलान्टिक आपूर्ति श्रृङ्खलामा खलल पुग्नेछ ।”

उनले भने, “हामी अगष्ट १ सम्ममा सम्झौताका लागि काम गर्न तयार छौं । साथै, हामी इयूको हितको रक्षाका लागि आवश्यक सबै कदम चाल्नेछौं, जसमा आवश्यक परेमा समानुपातिक प्रतिकारको उपाय अपनाउने उपाय पनि समावेश छ ।”

युरोपेली सङ्घ र अन्य दर्जनौं अर्थतन्त्रमाथि बुधबारदेखि अमेरिकी करको स्तर १० प्रतिशतको आधार रेखाबाट वृद्धि गर्ने तयारी गरिएको थियो तर ट्रम्पले शनिबार यो समय सीमालाई अगस्ट १ सम्मका लागि पछाडि सारेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिको र युरोपेली सङ्घ (इयू) लाई लक्षित गर्दै ३० प्रतिशत कर वृद्धि गरिएको घोषणा शनिबार गरेका थिए ।

उनी आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गरिएको औपचारिक पत्रमा भनेका छन्, “करसम्बन्धी यी दुवै घोषणा अगस्ट १ देखि लागू हुनेछन् । राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकामा अवैध लागूपदार्थको प्रवाहमा मेक्सिकोको भूमिका र इयूसँगको व्यापार असन्तुलनलाई करवृद्धि गर्नुपर्नाको कारणको रूपमा उल्लेख गरेका छन् ।

इयूले यो घोषणाको तीव्र आलोचना गर्दै यसले आपूर्ति श्रृङ्खलामा खलल पुर्‍याउने चेतावनी दिएको छ, तर समय सीमाभन्दा अगाडि नै सम्झौतामा वार्ता जारी राख्ने बताएको छ ।

राष्ट्रपति ट्रम्पले युरोपलाई ३० प्रतिशत कर लगाउने धम्की दिएपछि जर्मनीको औद्योगिक निकायले शनिबार वासिङ्टन र युरोपेली सङ्घ (इयू) लाई बढ्दो व्यापार द्वन्द्वको छिटो समाधान गर्न आग्रह गरेको थियो । ‘राष्ट्रपति ट्रम्पको यो घोषणा एटलान्टिक महासागरका दुवैतर्फका उद्योगका लागि सचेतनाको आह्वान हो,” जर्मन इन्डस्ट्रिज फेडेरेसन (बिडिआई) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

“इयू र संयुक्त राज्य अमेरिकाको नजिकको रूपमा जोडिएको दुई आर्थिक क्षेत्रहरू बीचको व्यापार द्वन्द्वले आर्थिक पुनरुत्थान, आविस्कार र अन्ततः अन्तर्राष्ट्रिय सहयोगमाथिको विश्वासलाई हानि पुर्‍याउँछ,” बिडिआईका एक वरिष्ठ अधिकारी वुल्फगाङ निडरमार्कले भने ।

महासङ्घले जर्मन सरकार, युरोपेली आयोग र अमेरिकी प्रशासनलाई तत्काल समाधान खोज्न र तनाव बढ्न नदिन आग्रह गरेको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...

निर्वाचित एमालेकाे पहिलाे बैठक भाेलि बस्ने

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending