Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

‘युरोपेली हितको रक्षा गर्न’ वार्ता केन्द्रित हुनुपर्ने राष्ट्रपति म्याक्रोँको भनाइ

खबरडबली संवाददाता

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घमा ३० प्रतिशत कर लगाउने चेतावनीको विरोध गर्दै युरोपेली हितको दृढतापूर्वक रक्षा गर्न इयूको वार्ता समूहलाई आग्रह गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र युरोपेली सङ्घमाथि अगष्ट १ देखि लागू हुने गरी ३० प्रतिशत कर वृद्धि हुने चेतावनी दिएका छन् । उक्त घोषणाप्रति फ्रान्सको ‘कडा असहमति’ व्यक्त गर्दै म्याक्रोँले अगष्ट १ सम्ममा दुवै पक्ष सहमतिमा पुग्न असफल भएमा ‘सबै उपकरण परिचालन गरेर विश्वसनीय प्रतिकारको तयारीलाई तीव्रता दिन’ आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, “अगष्ट १ सम्ममा पारस्परिक रूपमा स्वीकार्य सम्झौतामा पुग्न तीव्र हुने वार्तामा फ्रान्सले युरोपेली आयोगलाई पूर्ण समर्थन गर्दछ । यसले युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकाजस्ता व्यापारिक साझेदारहरूले एकअर्काप्रति गर्नुपर्ने सम्मानलाई प्रतिबिम्बित गर्दछ ।”

यसअघि शनिबार युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले ट्रम्पले अगस्ट १ देखि लागु गर्ने भनिएको नयाँ करको सम्बन्धमा आलोचना गरेका थिए ।

युरोपेली आयोगकी प्रमुख भोन डेर लेयेनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “इयूको निर्यातमा ३० प्रतिशत कर लगाउँदा एटलान्टिक महासागरका दुवैतर्फका व्यवसाय, उपभोक्ता र बिरामीलाई हानि पुग्ने गरी आवश्यक ट्रान्साटलान्टिक आपूर्ति श्रृङ्खलामा खलल पुग्नेछ ।”

उनले भने, “हामी अगष्ट १ सम्ममा सम्झौताका लागि काम गर्न तयार छौं । साथै, हामी इयूको हितको रक्षाका लागि आवश्यक सबै कदम चाल्नेछौं, जसमा आवश्यक परेमा समानुपातिक प्रतिकारको उपाय अपनाउने उपाय पनि समावेश छ ।”

युरोपेली सङ्घ र अन्य दर्जनौं अर्थतन्त्रमाथि बुधबारदेखि अमेरिकी करको स्तर १० प्रतिशतको आधार रेखाबाट वृद्धि गर्ने तयारी गरिएको थियो तर ट्रम्पले शनिबार यो समय सीमालाई अगस्ट १ सम्मका लागि पछाडि सारेका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले मेक्सिको र युरोपेली सङ्घ (इयू) लाई लक्षित गर्दै ३० प्रतिशत कर वृद्धि गरिएको घोषणा शनिबार गरेका थिए ।

उनी आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा पोस्ट गरिएको औपचारिक पत्रमा भनेका छन्, “करसम्बन्धी यी दुवै घोषणा अगस्ट १ देखि लागू हुनेछन् । राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिकामा अवैध लागूपदार्थको प्रवाहमा मेक्सिकोको भूमिका र इयूसँगको व्यापार असन्तुलनलाई करवृद्धि गर्नुपर्नाको कारणको रूपमा उल्लेख गरेका छन् ।

इयूले यो घोषणाको तीव्र आलोचना गर्दै यसले आपूर्ति श्रृङ्खलामा खलल पुर्‍याउने चेतावनी दिएको छ, तर समय सीमाभन्दा अगाडि नै सम्झौतामा वार्ता जारी राख्ने बताएको छ ।

राष्ट्रपति ट्रम्पले युरोपलाई ३० प्रतिशत कर लगाउने धम्की दिएपछि जर्मनीको औद्योगिक निकायले शनिबार वासिङ्टन र युरोपेली सङ्घ (इयू) लाई बढ्दो व्यापार द्वन्द्वको छिटो समाधान गर्न आग्रह गरेको थियो । ‘राष्ट्रपति ट्रम्पको यो घोषणा एटलान्टिक महासागरका दुवैतर्फका उद्योगका लागि सचेतनाको आह्वान हो,” जर्मन इन्डस्ट्रिज फेडेरेसन (बिडिआई) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

“इयू र संयुक्त राज्य अमेरिकाको नजिकको रूपमा जोडिएको दुई आर्थिक क्षेत्रहरू बीचको व्यापार द्वन्द्वले आर्थिक पुनरुत्थान, आविस्कार र अन्ततः अन्तर्राष्ट्रिय सहयोगमाथिको विश्वासलाई हानि पुर्‍याउँछ,” बिडिआईका एक वरिष्ठ अधिकारी वुल्फगाङ निडरमार्कले भने ।

महासङ्घले जर्मन सरकार, युरोपेली आयोग र अमेरिकी प्रशासनलाई तत्काल समाधान खोज्न र तनाव बढ्न नदिन आग्रह गरेको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: