Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

अस्ट्रेलियासँगको सम्बन्ध सुधारिएको फ्रान्सको दाबी

खबरडबली संवाददाता

सिड्नी । सन् २०२१ मा एउटा ठूलो पनडुब्बी सम्झौतालाई लिएर भएको विवादपछि फ्रान्स र अष्ट्रेलियाबीच बढेको दूरीे रक्षा सम्बन्धमा भएको सुधारसँगै सामान्य बनेको फ्रान्सले आइतबार जनाएको छ ।

अस्ट्रेलियाका लागि फ्रान्सका राजदूत पियरे आन्द्रे इम्बर्टले अस्ट्रेलियाले फ्रान्सबाट डिजेलबाट चल्ने पनडुब्बी खरिदका लागि अर्बौं डलरको सम्झौता तोडेपछि पेरिसले ‘कडा खेद’ व्यक्त गरेको थियो भने त्यसपछि दुई देशबीचको सम्बन्धमा दरार आएको थियो ।

सन् २०२२ मा प्रधानमन्त्री एन्थोनी अल्बानिजको निर्वाचनपछि रक्षा सम्बन्धमा ‘पुनः सुधार सुरु’ भएको उनले बताए ।
“अब, हाम्रो सहयोगको पहिलो स्तम्भ रक्षा र सुरक्षा हो, त्यसैले हामीसँग धेरै राम्रो स्तरको सहयोग छ,” राजदूत इम्बर्टले एएफपीसँग भने ।

अस्ट्रेलियाले फ्रान्सेली सम्झौतालाई त्यागेपछि उसले संयुक्त राज्य अमेरिका र बेलायतसँग नयाँ त्रिपक्षीय एयुकेयुएस सम्झौतामा आणविक–सञ्चालित जहाजहरू खरिद् गर्ने बाटो रोजेको थियो ।
गत महिना एक अमेरिकी रक्षा अधिकारीले एयुकेयुएसलाई ‘राष्ट्रपतिको अमेरिका फस्र्ट एजेन्डासँग मिल्दोजुल्दो’ र अमेरिकी रक्षा औद्योगिक आधारले ‘उनीहरूको आवश्यकता पूरा गरिरहेको’ सुनिश्चित गर्न पुनरावलोकन भइरहेको बताएका थिए ।

एयुकेयुएस सम्झौता अन्तर्गत अष्ट्रेलियाले १५ वर्षभित्र संयुक्त राज्य अमेरिकाबाट कम्तिमा तीन भर्जिनिया क्लास (सिजिएन ३८ क्लास) पनडुब्बीहरू अधिग्रहण गर्ने र आफ्नै पनडुब्बी जहाजहरू उत्पादन गर्नेछ ।

अमेरिकी नौसेनासँग भर्जिनिया क्लासका २४ वटा पानीजहाज छन् तर अमेरिकी शिपयार्डहरू हरेक वर्ष दुई नयाँ डुङ्गामा निर्धारित उत्पादन लक्ष्यहरू पूरा गर्न सङ्घर्ष गरिरहेका छन्। यदि एयुकेयुएस सम्झौता पुनरावलोकनबाट पारित भयो भने फ्रान्सले अस्ट्रेलियासँग नयाँ पनडुब्बी सम्झौताबारे छलफल गर्नेबारे कहिल्यै विचार गर्नेछ कि भनेर सोधिएको प्रश्नमा फ्रान्सेली राजदूतले आफू अनुमान गर्न अनिच्छुक रहेको बताए ।

“म भन्छु, यो अहिले अस्ट्रेलियाका लागि बढी मुद्दा हो र निस्सन्देह पनि, हामी सँधै अष्ट्रेलियाका हाम्रा साथीहरूसँग छलफल गरिरहेका छौँ,” उनले भने । “तत्कालका लागि उनीहरूले एयुकेयुएस रोजेका छन्,” उनले भने । “यदि यो परिवर्तन हुन्छ (र) उनीहरूले सोध्छन् भने हामी यसबारे सोच्नेछौँ ।

अस्ट्रेलिया र पपुवा न्युगिनीमा आइतबारदेखि सुरु भएको तीन साता लामो वार्षिक तालिसमान साबर सैन्य अभ्यासमा १९ देशका ३० हजारभन्दा बढी सैनिक सहभागी हुने भएका छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: