Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

बालुवा, धुलोको आँधीले विश्वव्यापी ३३ करोड मानिसमा असर, वार्षिक ७० लाखको अकाल मृत्यु: संयुक्त राष्ट्रसङ्घ

खबरडबली संवाददाता

जेनेभा । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) को हालैको एक प्रतिवेदनले जलवायु परिवर्तनले तीव्र बनाएको बालुवा र धुलोको आँधीले गम्भीर स्वास्थ्य र वातावरणीय समस्याहरू निम्त्याउँदै एक सय ५० देशका ३३ करोडभन्दा बढी मानिसलाई असर गरिरहेको खुलासा गरेको अल जजिराले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले शनिबार बालुवा र धुलोको आँधीसँग लड्ने अन्तर्राष्ट्रिय दिवस मनाउँदै सन् २०२५–२०३४ लाई बालुवा र धुलोको आँधीसँग लड्ने संयुक्त राष्ट्रसङ्घको दशकका रूपमा घोषणा गरेको छ । “यी आँधीहरू हाम्रो समयको सबैभन्दा बेवास्ता गरिएका तर व्यापक पहुँच भएका विश्वव्यापी चुनौतीहरूमध्ये एक बन्दैछन् । यी जलवायु परिवर्तन, भूमिको क्षरण र अस्थिर अभ्यासहरूद्वारा सञ्चालित छन्”, महासभाका अध्यक्ष फिलेमोन याङले भने ।

डब्लुएमओका महासचिव सेलेस्टे साउलोले यी आँधीहरूको प्रभाव दृश्यताका समस्याहरूभन्दा धेरै व्यापक भएको कुरामा जोड दिए । उनले यसले जनस्वास्थ्यलाई उल्लेखनीय रूपमा असर गरेको र कृषि, यातायात र सौर्य ऊर्जा जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूमा बाधा पुर्‍याएको उल्लेख गरे ।

अल जजिराका अनुसार याङले बालुवा र धुलोको आँधीबाट हावाबाट हुने कणहरू मुख्यतया श्वासप्रश्वास र हृदय रोगका कारण प्रत्येक वर्ष लगभग ७० लाख समयपूर्व मृत्युसँग जोडिएको बताए । यी आँधीले बालीको उत्पादन २५ प्रतिशतसम्म घटाउन सक्छ, भोकमरी बढाउन सक्छ र जबरजस्ती बसाइसराइमा योगदान पुर्‍याउन सक्छ ।

संयुक्त राष्ट्रसङ्घका लागि डब्लुएमओका प्रतिनिधि लौरा प्याटरसनले पनि यस मुद्दाको परिमाणलाई चित्रण गर्दै वार्षिक रूपमा दुई अर्ब टन धुलो वायुमण्डलमा छोडिने बताए । उनका अनुसार यो गिजाको महान् पिरामिडको लगभग तीन सय वटाको बराबर द्रव्यमान हो भने ।

उनका अनुसार यस धुलोको ८० प्रतिशतभन्दा बढी उत्तरी अफ्रिका र मध्यपूर्वको मरुभूमिबाट उत्पन्न हुन्छ तर हजारौँ किलोमिटर यात्रा गरेर यसको स्रोतबाट टाढाका क्षेत्रहरूलाई असर गर्दछ । यसैबीच, संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा पश्चिमी एसियाका लागि आर्थिक तथा सामाजिक आयोगका प्रमुख रोला दश्तीले आर्थिक क्षति आश्चर्यजनक रहेको बताए ।

मध्यपूर्व र उत्तरी अफ्रिकामा मात्रै बालुवा र धुलोको आँधीसँग जुध्न वार्षिक लागत एक खर्ब ५० अर्ब अमेरिकी डलर वा यस क्षेत्रको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को दुई दशमलव पाँच प्रतिशत हुने अनुमान गरिएको अल जजिराले जनाएको छ । 

दश्तीले अरब क्षेत्रको विशेष गरी कठोर वसन्त मौसमलाई औँल्याए । इराकमा आँधीहरूले अस्पतालहरू र कुवेत र इरानमा यस्तै घटनाहरू विद्यालय र कार्यस्थलहरू बन्द गर्न बाध्य तुल्यायो । सहारा मरुभूमिबाट निस्कने धुलो क्यारेबियन र फ्लोरिडासम्म पुगेको पत्ता लगाइएको छ ।

अल जजिराका अनुसार नेचरमा प्रकाशित अनुसन्धानलाई उद्धृत गर्दै अमेरिकामा धुलो र हावाको क्षरणबाट हुने क्षति सन् २०१७ मा एक खर्ब ५४ अर्ब अमेरिकी डलर पुगेको छ । यो सन् १९९५ को तुलनामा चार गुणा बढी हो ।

डब्लुएमओ र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बढ्दो स्वास्थ्य सङ्कटको चेतावनी दिँदै भनेका छन्, “सन् २०१८ र सन् २०२२ को बीचमा विश्व जनसङ्ख्याको आधाका नजिक अर्थात करिब तीन अर्ब ८० करोड अर्ब मानिस डब्लुएचओ सुरक्षा स्तरभन्दा माथिको धुलोको सघनताको सम्पर्कमा आएका थिए । यो सन् २००३ र सन् २००७ को बीचमा दुई अर्ब ९० करोड मानिसबाट बढेको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending