जेनेभा । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) को हालैको एक प्रतिवेदनले जलवायु परिवर्तनले तीव्र बनाएको बालुवा र धुलोको आँधीले गम्भीर स्वास्थ्य र वातावरणीय समस्याहरू निम्त्याउँदै एक सय ५० देशका ३३ करोडभन्दा बढी मानिसलाई असर गरिरहेको खुलासा गरेको अल जजिराले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले शनिबार बालुवा र धुलोको आँधीसँग लड्ने अन्तर्राष्ट्रिय दिवस मनाउँदै सन् २०२५–२०३४ लाई बालुवा र धुलोको आँधीसँग लड्ने संयुक्त राष्ट्रसङ्घको दशकका रूपमा घोषणा गरेको छ । “यी आँधीहरू हाम्रो समयको सबैभन्दा बेवास्ता गरिएका तर व्यापक पहुँच भएका विश्वव्यापी चुनौतीहरूमध्ये एक बन्दैछन् । यी जलवायु परिवर्तन, भूमिको क्षरण र अस्थिर अभ्यासहरूद्वारा सञ्चालित छन्”, महासभाका अध्यक्ष फिलेमोन याङले भने ।
डब्लुएमओका महासचिव सेलेस्टे साउलोले यी आँधीहरूको प्रभाव दृश्यताका समस्याहरूभन्दा धेरै व्यापक भएको कुरामा जोड दिए । उनले यसले जनस्वास्थ्यलाई उल्लेखनीय रूपमा असर गरेको र कृषि, यातायात र सौर्य ऊर्जा जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूमा बाधा पुर्याएको उल्लेख गरे ।
अल जजिराका अनुसार याङले बालुवा र धुलोको आँधीबाट हावाबाट हुने कणहरू मुख्यतया श्वासप्रश्वास र हृदय रोगका कारण प्रत्येक वर्ष लगभग ७० लाख समयपूर्व मृत्युसँग जोडिएको बताए । यी आँधीले बालीको उत्पादन २५ प्रतिशतसम्म घटाउन सक्छ, भोकमरी बढाउन सक्छ र जबरजस्ती बसाइसराइमा योगदान पुर्याउन सक्छ ।
संयुक्त राष्ट्रसङ्घका लागि डब्लुएमओका प्रतिनिधि लौरा प्याटरसनले पनि यस मुद्दाको परिमाणलाई चित्रण गर्दै वार्षिक रूपमा दुई अर्ब टन धुलो वायुमण्डलमा छोडिने बताए । उनका अनुसार यो गिजाको महान् पिरामिडको लगभग तीन सय वटाको बराबर द्रव्यमान हो भने ।
उनका अनुसार यस धुलोको ८० प्रतिशतभन्दा बढी उत्तरी अफ्रिका र मध्यपूर्वको मरुभूमिबाट उत्पन्न हुन्छ तर हजारौँ किलोमिटर यात्रा गरेर यसको स्रोतबाट टाढाका क्षेत्रहरूलाई असर गर्दछ । यसैबीच, संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा पश्चिमी एसियाका लागि आर्थिक तथा सामाजिक आयोगका प्रमुख रोला दश्तीले आर्थिक क्षति आश्चर्यजनक रहेको बताए ।
मध्यपूर्व र उत्तरी अफ्रिकामा मात्रै बालुवा र धुलोको आँधीसँग जुध्न वार्षिक लागत एक खर्ब ५० अर्ब अमेरिकी डलर वा यस क्षेत्रको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को दुई दशमलव पाँच प्रतिशत हुने अनुमान गरिएको अल जजिराले जनाएको छ ।
दश्तीले अरब क्षेत्रको विशेष गरी कठोर वसन्त मौसमलाई औँल्याए । इराकमा आँधीहरूले अस्पतालहरू र कुवेत र इरानमा यस्तै घटनाहरू विद्यालय र कार्यस्थलहरू बन्द गर्न बाध्य तुल्यायो । सहारा मरुभूमिबाट निस्कने धुलो क्यारेबियन र फ्लोरिडासम्म पुगेको पत्ता लगाइएको छ ।
अल जजिराका अनुसार नेचरमा प्रकाशित अनुसन्धानलाई उद्धृत गर्दै अमेरिकामा धुलो र हावाको क्षरणबाट हुने क्षति सन् २०१७ मा एक खर्ब ५४ अर्ब अमेरिकी डलर पुगेको छ । यो सन् १९९५ को तुलनामा चार गुणा बढी हो ।
डब्लुएमओ र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बढ्दो स्वास्थ्य सङ्कटको चेतावनी दिँदै भनेका छन्, “सन् २०१८ र सन् २०२२ को बीचमा विश्व जनसङ्ख्याको आधाका नजिक अर्थात करिब तीन अर्ब ८० करोड अर्ब मानिस डब्लुएचओ सुरक्षा स्तरभन्दा माथिको धुलोको सघनताको सम्पर्कमा आएका थिए । यो सन् २००३ र सन् २००७ को बीचमा दुई अर्ब ९० करोड मानिसबाट बढेको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: