पाँचथर । आजभोलि प्रायःजसो युवाहरू आकर्षक रोजगारीका लागि विदेशिन लालायीत हुन्छन् । तर पाँचथरको याङवरक गाउँपालिका–६ रमितेका कमल तिम्सिनाले विदेश जाने सपना त्यागेर गाउँमै गोलभेँडा फलाइहेका छन् ।
गोलभेँडा उत्पादनबाट तिम्सिनाको परिवारले मनग्य आम्दानी पनि गर्दै आएको छ । तिम्सिनाको दैनिकी आजभोलि सदाभन्दा केही फरक छ । बारीमा लटरम्म पाकेका गोलभेँडा टिपेर बाटोसम्म पुर्याउन उनको परिवारलाई भ्याइनभ्याइ छ । गोलभेँडाको एक टिपाइ नसकिँदै अर्को टिपाइको बेला भइसक्छ ।
“आजभोलि सधैँभन्दा धेरै काम गर्नुपर्छ । अरु बेलाचाहिँ काम त गर्नुपर्छ, तर धेरै र गाह्रो काम हुँदैन”, तिम्सिनाले भने, “गाउँघरमा कामले भने कहिल्यै छाड्दैन ।” तिम्सिना परिवारले याङवरक गाउँपालिका–६ रमिते र हिलिहाङ गाउँपालिका–१ फेदापामा करिब ४० रोपनी क्षेत्रफलमा खेती गर्ने गरेको छ । यो जमिन केही तिम्सिना परिवारको आफ्नै हो भने केही बन्दकीमा लिइएको हो । यहाँ गोलभेँडा, खुर्सानी, सुन्तलालगायत नगदेबाली लगाइएको छ । दुवैतर्फ घर छन्, जहाँ पशुपालन पनि छ । “पाँच जनाको परिवारले सबै काम भ्याउँदै आएका छौँ”, २७ वर्षका कमलले भने, “सब्जीखेती र पशुपालनबाट हुने आम्दानीले हामी सन्तुष्ट छौँ ।”
तिम्सिनाको परिवार ११ वर्षअघि ताप्लेजुङको चाक्सिबोटेबाट बसाइँ सरेर पाँचथर आएको थियो । मेची राजमार्ग नजिकै बसोबास गरेको तिम्सिना परिवारले व्यावसायिक रूपमा गोलभेँडाखेती गर्न थालेको १० वर्ष भयो । एक टिपाइमा तिम्सिना परिवारले २० देखि ६० क्यारेटसम्म गोलभेँडा उत्पादन गर्ने गरेको छ । एक क्यारेटमा औसतमा २३ किलोग्राम गोलभेँडा हुन्छ । एकै बिरुवाबाट तीनदेखि सातपटकसम्म गोलभेँडा टिपाइ हुने गर्छ ।
अहिले व्यवसायीहरूले प्रतिकिलो रु २० मा गोलभेँडा खरिद गरेर लगिरहेका छन् । अहिले खर्च कटाएर वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी भइरहेको कमलले सुनाए ।
यहाँ गोलभेँडा फागनु, चैत र भदौमा गरी दुईपटक लगाउने गरिएको छ । गोलभेँडामा सामान्य विषादी लगाउने गरिएको कृषक बताउँछन् । रोग कीराको अत्यधिक समस्या हुने भएकाले विषादी प्रयोग गर्ने गरिएको उनीहरूको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र १० गते, २०८२ - १९:०६
स्याङ्जा । वालिङ नगरपालिका–५ बाहुनडाँडा बस्ने ३२ वर्षीय ढाल बहादुर थापाको हत्यामा संलग्न रहेको अभियोगमा ८ जनालाई पक्राउ परेको पनि छ । पक्राउ पर्नेह...
भाद्र १० गते, २०८२ - १८:००
ललितपुर । ललितपुर महानगरपालिका– ४, भनिमण्डल शान्तिकुना मार्ग डेरा गरी बस्ने सिन्धुली घर भएका २६ वर्षीय गौरव स्याङ्तानलाई स्रोत नखुलेको नगद ९१ लाख ५० ह...
भाद्र १० गते, २०८२ - १७:५७
बागलुङ । यहाँको काठेखोला गाउँपालिका वडा नम्बर १ पालाका तुलबहादुर खत्रीको दुई हलको मेलामा रोपेको धानको रोपो पूर्ण रूपमा कुहिएको छ । गोडमेल गर्ने बेलामा...
भाद्र १० गते, २०८२ - १७:५३
काठमाडौं । वैदेशिक रोजगारीको लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ गरेका छन् । पक्राउ पर्नेहरूमा स्याङ्जा पुतली...
भाद्र १० गते, २०८२ - १७:४८
गुल्मी । मदनभण्डारी राजमार्गअन्तर्गत गुल्मीको सिमलटारीबाट प्यूठानको मच्छीसम्मको सडक निर्माणमा ढिलाइ भएको छ । निर्माण व्यवसायीले तोकिएको समयमा सडक निर्...
भाद्र १० गते, २०८२ - १७:४५
काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेटबारे पछिल्ला दिनहरूमा फैलिएको भ्रमबारे स्पष्टीकरण दिएको छ । विभागका अनुसार तत्काललाई इम्बोस्ड ...
भाद्र १० गते, २०८२ - १७:३९
काभ्रेपलाञ्चोक । काभ्रेको बनेपा नगरपालिका–१२ बाँसडोलदेखि माथि रहेको ‘जन्तीढुङ्गा’ पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बजारको कोलाहल, धुँवाधुलो र प्...
भाद्र १० गते, २०८२ - १७:३५
सिन्धुपाल्चाेक । तातोपानीबाट बाह्रबिसे जाँदै गरेको बोलेरो भोटेकोसी नदीमा खस्दा चालकसहित दुईजना बेपत्ता भएका छन् । दिउँसो साँढे ३ बजे भोटेकोसी गाउँप...
भाद्र १० गते, २०८२ - १७:३२
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले दलित सशक्तिकरण ऐन संशोधन गर्न लागेको छ । बनेको चार वर्षसम्म पनि कार्यान्वयन हुन नसकेपछि सरकारले दलित सशक्तिकरण ऐन स...
भाद्र १० गते, २०८२ - १७:२८
बेइजिङ । राष्ट्रपति सी जिनपिङले मङ्गलबार चीन-रुस सम्बन्धलाई प्रमुख विश्व शक्तिमध्ये ‘सबैभन्दा स्थिर, परिपक्व र रणनीतिकरूपमा महत्वपूर्ण’ भन्दै प्रशंसा ...
प्रतिकृया लेख्नुहोस्: