Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

उदयपुरमा भूमिगत पानीबाट रोपाइँ गरिँदै

खबरडबली संवाददाता

उदयपुर ।  देशका अधिकांश स्थानमा असार लागेसँगै मनसुन सक्रिय भए पनि उदयपुरमा पर्याप्त वर्षा नहुनु किसानहरूका लागि चिन्ताको विषय बनेको छ । 

आकासे पानीको भरमा खेती गर्दै आएका यहाँका किसानहरु असार सकिँनै लाग्दा पनि खडेरीका कारण धान रोप्न नपाएपछि उनिहरु चिन्तित बनेका हुन् । देशका अधिकांश स्थानमा निरन्तर वर्षा भएपनि उदयपुरमा भने अहिलेसम्म पानी परेको छैन् ।

कृषि ज्ञान केन्द्र उदयपुरका कार्यालय प्रमुख योगेन्द्रप्रसाद यादवका अनुसार अगौटे धानको रोपाइँ चाहिँ पूर्णरुपमा प्रभावित भएको छ । उदयपुरको १३ हजार तीन सय ८० हेक्टर क्षेत्रफलमा धानको रोपाइँ हुने गर्दछ । विगतका वर्षहरुमा असार मसान्तसम्म झन्डै ६० प्रतिशत रोपाइँ सम्पन्न हुने गरेको उदयपुरमा यस वर्ष भने जम्मा ३१.६ प्रतिशत मात्र रोपाइँ भएको ज्ञानकेन्द्र प्रमुख यादवले बताए । 

धानको बिउ उम्रिएको २० देखि २५ दिन भित्र रोपी सक्नुपर्छ । तर अवस्था प्रतिकूल बन्दै गएकाले कतिपय किसानहरुले उत्पादन गरेको बिउ ४० दिन नाघिसकेको हुँदा त्यसको असरले उत्पादनमा ह्रास आउने देखिएको छ । उदयपुरमा प्रति हेक्टर ३.६ मेट्रिक टन धान उत्पादन हुने तथ्याङ्क छ । तर अन्य वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा कमि आउने भएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख यादवले उदयपुरमा मन्सुली, रन्जित, सोबर्णा सव, राम धान, सुख्खा सिरिज, साबित्री, बासमति, चनमचुर र चैते जातका धानको खेती हुँदै आएको बताए । 

अघिल्लो वर्ष ४८ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष उत्पादकत्व घट्ने निश्चित छ । असार महिना रोपाइँका लागि उपयुक्त समय भए पनि सिँचाइ सुविधा नहुँदा कृषकहरु धुलो माटोमा खेत जोत्न बाध्य भएका छन् । जिल्लाको रामपुर, हडिया, बसाहा, तपेश्वरी, जोगिदह, कटारी र त्रियुगा क्षेत्रका अन्न भण्डार मानिने पटाङ्गिनी खेतको फाँट यसवर्ष हालसम्म बाझै रहेको चौदण्डिगढी नगरपालिका ९ ज्यामिरेका किसान जोखन चौधरीले बताए । 

नेपाल सरकारले यस अघिनै “धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण भन्ने” नारा तय गरेको थियो । जसअनुसार किसानहरुलाई अनुदान, कृषि यान्त्रिकरण, सहुलियत ऋण, बिमा र बजारीकरण तथा सिँचाइको उचित प्रबन्ध गरे मात्रै सरकारी नाराले साकार रुप लिने किसानहरु बताउँछन् ।

जिल्लाका कतिपय किसानहरुले ऋण नै काढेर भए पनि बोरिङ्ग गाढेर पम्पिसेटबाट भूमिगत पानीको प्रयोग गरी धना रोपाइँ गर्ने गरेको उदयपुर सुन्दरपुरका किसान धनपति आचार्यले बताए । असार साउनमा खेत बाँझै रहे आउँदो वर्ष अनिकालले सताउने निश्चित भएकाले धेरै खर्च लागेपनि पम्पिसेटबाट पानी तानेर रोपाइँ गर्न बाध्य भएको उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: