काठमाडौं । ७८ लाख रुपैयाँको ‘घुस डिल’मा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि कारबाही गर्न प्रधानमन्त्री केपी ओली अनिच्छुक देखिएका छन् । मन्त्रीको ‘घुस डिल’ सार्वजनिक भएको तीन दिन बितिसक्दा पनि प्रधानमन्त्री ओलीले यसबारे न कुनै अभिव्यक्ति दिएका छन् र न त कारबाही प्रक्रिया नै अघि बढाएका छन् ।
कास्की मालपोत प्रमुखको सरुवा थमौती र कास्की भूमि आयोगको अध्यक्ष नियुक्ति सन्दर्भमा मन्त्री गुप्ताले बिचौलियासँग आफ्नै क्वार्टरमा ‘घुस डिल’ गरेका थिए । पार्टीकै कार्यकर्तालाई आयोगमा नियुक्ति गर्ने गरी त्यसका लागि डिल भएको थियो । जसमा भूमि व्यवस्थामन्त्री बलराम अधिकारी पनि जोडिएका छन् ।
डिलको अडियो सञ्चारमाध्यममा सार्वजनिक भएको तीन दिनसम्म पनि प्रधानमन्त्रीले आफ्नो मन्त्रिपरिषद्का सदस्य मन्त्रीमाथि कुनै कारबाहीको प्रक्रिया अघि बढाएका छैनन् । जबकि घुस डिलको अडियोमा आफ्नो संवाद भएको मन्त्री गुप्ताले अप्रत्यक्ष रूपमा स्वीकार गरेका छन् ।
हुन त घुस डिलको घटना गत २८ पुसको हो । घुस डिलको अडियो सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि मात्र बाहिरिएको थियो । यसअघि नै यो अडियो प्रधानमन्त्रीसम्म पुगेको स्रोतहरू बताउँछन् । तर, प्रधानमन्त्रीले यसबारे कुनै पनि कदम नचालेको स्रोत बताउँछन् । पोखराको लिची बगैँचाको करिब १३५ रोपनी जग्गा हत्याउने व्यापारिक योजनामा बिचौलियाले मालपोत प्रमुखको थमौती सरुवाको डिजाइनिङ गरेका थिए । यसका लागि बिचौलियाले ५६ लाख बुझाएका थिए ।
नयाँपत्रिबाबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - १८:००
काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...
आषाढ़ ९ गते, २०८३ - १७:५२
चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...
आषाढ़ ९ गते, २०८३ - १७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...
आषाढ़ ९ गते, २०८३ - १७:१९
काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको सवारीसाधन प्रयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण...
आषाढ़ ९ गते, २०८३ - १७:०६
ललितपुर। साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी न...
आषाढ़ ९ गते, २०८३ - १६:४२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...
आषाढ़ ९ गते, २०८३ - १६:२०
रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो
आषाढ़ ९ गते, २०८३ - १५:५९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...
आषाढ़ ९ गते, २०८३ - १५:४७
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...
आषाढ़ ९ गते, २०८३ - १५:३१
चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...



प्रतिकृया लेख्नुहोस्: