Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

अमेरिकी आणविक वार्ताको कुनै निश्चित मिति नतोकिएको इरानको भनाइ

खबरडबली संवाददाता

तेहरान । इरानले तेहरानको आणविक कार्यक्रमबारे संयुक्त राज्य अमेरिकासँगको वार्ताका लागि कुनै निश्चित मिति नभएको बताएको छ । 

इरानी विदेश मन्त्री अब्बास अराघची र अमेरिकी राजदूत स्टिभ विटकोफबिच हुने भेटवार्ताको योजनाबारे विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाईले भने, “यस विषयमा कुनै निश्चित मिति, समय र स्थान निर्धारण गरिएको छैन ।”

गत महिना इजरायलले अमेरिकाको आणविक केन्द्रहरुमा आक्रमण सुरु गर्नुअघि इरानले अमेरिकासँग वार्ता गरिरहेको थियो । अराघची र विट्कोफ नेतृत्वको प्रतिनिधिमण्डलले अप्रिलसम्ममा पाँचौँ चरणको वार्तापछि थप वार्ताको तय हुने अपेक्षाबिच कुनै सम्झौता बिना नै इजरायलले १३ जुनमा आश्चर्यजनक आक्रमण सुरु गर्‍यो जुन १२ दिनपछि रोकिएको थियो ।

“हामी कूटनीति र वार्ता प्रक्रियामा गम्भीर छौँ, हामी सद्भावका साथ प्रवेश गरेका छौँ तर सबैले देखेअनुसार, छैटौं चरणभन्दा पहिले संयुक्त राज्य अमेरिकासँग समन्वय गरेर यहूदी शासनले इरानविरुद्ध सैन्य आक्रमण गरेको थियो,” बाकाईले भने । संयुक्त राज्य अमेरिकाले गत जुन २२ मा तेहरानको दक्षिणमा कोम प्रान्तको फोर्डोस्थित युरेनियम संवद्र्धन केन्द्र र इस्फाहान र नातान्जमा रहेको आणविक स्थलमा आक्रमण गरेको थियो ।

आक्रमणबाट कति क्षति भयो भन्ने स्वतन्त्र पुष्टि हुन सकेको छैन । सयौँको सङ्ख्यामा सैन्य, आणविक र अन्य स्थलहरूमा आक्रमण गरी इजरायलले आफ्नै आक्रमणबाट इरानी आणविक वैज्ञानिक र उच्च पदस्थ सैन्य अधिकारीसहित सर्वसाधारणको मृत्यु भएको थियो । इरानले इजरायलमाथि क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको थियो भने वासिङ्टनको आक्रमणको बदलामा कतारस्थित अमेरिकी बेसमा आक्रमण गरेको थियो ।

इजरायल र पश्चिमा राष्ट्रहरूले इरानमाथि आणविक हतियारको पछि लागेको आरोप लगाउँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घको आणविक ऊर्जा निगरानी निकायले युरेनियमलाई ६० प्रतिशत शुद्धतासम्म संवर्धित गर्ने एकमात्र गैरआणविक शक्ति राष्ट्र भए पनि इरानले आफ्नो भण्डारलाई हतियार बनाउन काम गरिरहेको कुनै सङ्केत आफूसँग नभएको बताएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE