तेहरान । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को बैठकलाई लक्षित गरी गत जुन १५ मा तेहरानमा भएको इजरायली हवाई आक्रमणका क्रममा इरानका राष्ट्रपति मसूद द पेजेस्कियान सामान्य घाइते भएको अलजजिराले जनाएको छ ।
आक्रमणका क्रममा पेजेस्कियानको खुट्टामा सामान्य चोट लागेको थियो र उनलाई आपतकालीन निकासबाट भाग्न बाध्य पारिएको थियो । “इजरायलले यो आक्रमणका लागि मूल्य चुकाउनुपर्नेछ,” आक्रमणपछिको पहिलो प्रतिक्रियामा उनले भने ।
आक्रमणमा सरकारका तीन शाखाका प्रमुखहरूलाई लक्षित गरी उनीहरूलाई अपदस्थ गर्ने प्रयास गरिएको थियो । अल जजिराका अनुसार पश्चिमी तेहरानमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को उच्चस्तरीय बैठकलाई लक्षित गरी इजरायली आक्रमण गरिएको थियो, जहाँ राष्ट्रपति मसूद पेजेस्कियान र सरकारका कार्यकारी, विधायिका र न्यायिक शाखाका प्रमुखहरूसहित अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए ।
इजरायली आक्रमणमा भवनको प्रवेशद्वार र निकासमा छ वटा क्षेप्यास्त्र प्रहार गरी भाग्ने मार्गलाई अवरुद्ध गर्नुका साथै हावाको बहावसमेत बन्द गरिएको थियो । विष्फोटपछि बिजुली काटिएको थियो, तर राष्ट्रपतिसहितका इरानी अधिकारीहरू पूर्व निर्धारित आपतकालीन प्वाल (ढोका) बाट भाग्न सफल भएका थिए । इजरायली श्रोतले राष्ट्रपतिलाई ढोकाबाट बाहिर निकाल्ने क्रममा खुट्टामा सामान्य चोट लागेको बताएको छ ।
अल जजीरा सञ्चार नेटवर्कका अनुसार अधिकारीहरूले ‘शत्रु’ सँग भएको गुप्तचर सूचनाको सटीकतालाई ध्यानमा राख्दै इजरायली जासुसहरूको सम्भावित उपस्थितिको बारेमा अनुसन्धान सुरु गरेका छन् ।
यसैबीच गत साता अमेरिकी सञ्चारमाध्यमका सदस्य टकर कार्लसनलाई दिएको अन्तर्वार्तामा पेजेस्कियानले इजरायलले उनको हत्या गर्न खोजेको बताएका थिए । के इजरायली सेनाले आक्रमण गरेको हो भन्ने प्रश्नमा उनले भने, “ हो, तिनीहरूले प्रयास गरे तर तिनीहरू असफल भए ।”
उनले अगाडि भने, “मेरो जीवनमाथिको आक्रमण प्रयासको पछाडि संयुक्त राज्य अमेरिकाको हात थिएन । त्यो इज्रायल थियो । हामीले सभा गरिरहेको ठाउँमा तिनीहरूले बमबारी गर्ने कोसिस गरे । आक्रमणका समय म बैठकमा थिएँ ।”
इजरायलले जुन १३ मा इरानविरुद्ध एक्कासी बमबारी अभियान चलाएको र शीर्ष सैन्य कमाण्डर र आणविक वैज्ञानिकको मृत्यु भएको एक महिना पुग्नै लाग्दा राष्ट्रपति घाइते भएको खबर बाहिरिएको हो । इरानको फाउन्डेसन अफ मार्टर एन्ड भेट्रान्स अफेयर्सका अनुसार द्वन्द्वका क्रममा इरानमा कम्तीमा एक हजार ६० जनाको मृत्यु भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...
पौष १ गते, २०८२ - १७:५५
सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ ...
पौष १ गते, २०८२ - १७:५२
काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । पार्ट...
पौष १ गते, २०८२ - १७:४५
झापा । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुम...
पौष १ गते, २०८२ - १७:४२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा. सुनीति श्रेष्ठ (हाडा)ले प...
पौष १ गते, २०८२ - १७:४०
महोत्तरी । मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ वितरण गरेको छ । मधेसमा सामान्यतया मध्य पुसभित्र गहुँ बाली लगाइसक्नुपर्ने कि...




प्रतिकृया लेख्नुहोस्: