Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

काेशी प्रदेशमा लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे

खबरडबली संवाददाता

विराटनगर । पशुमा लाग्ने लम्पीस्किन रोगबाट कोसी प्रदेशमा एक हप्तामा १३९ पशुको मृत्यु भएको छ । मृत्यु हुनेमा गाईको सङ्ख्या अधिक छ । एक सातामा १३६ वटा गाई मरेका हुन् भने तीन ओटा अरू पशु मरेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय कोसी प्रदेशले जानकारी दिएको छ ।

लम्पीस्किनबाट यस पटक गाईका साना बाछाबाछीहरू बढी प्रभावित भएको पाइएको छ । यस वर्ष सङ्क्रमण सुरु भएपछि ३३६ पशुको मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ । त्यसमध्ये ३३० ओटा गाई मरेका हुन् ।

यो हप्ता मात्र कोसी प्रदेशका १० जिल्लामा ३ हजार ७७८ पशुमा लम्पीस्किनको सङ्क्रमण देखिएको थियो । सङ्क्रमण सुरु भएको दुई महिनाको अवधिमा १६ हजार ५१९ पशु सङ्क्रमित भइसकेका छन् । जसमा १३६ ओटा भैँसीमा सङ्क्रमण देखिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय कोशीका निर्देशक डा. सुशिलकुमार अधिकारीले जानकारी दिए । उनले माउ गाईमा भने यस पटकको सङ्क्रमण कम देखिएको र बाछाबाछीमा बढी सङ्क्रमण देखिएको बताए । 

कोसी प्रदेशमा सोलुखुम्बु, ओखलढुङ्गा, सङ्खुवासभा र तेह्रथुम जिल्लामा लम्पीस्किनको सङ्क्रमण फेला परेको छैन । बाँकी १० जिल्लामा रोगका सङ्क्रमण फैलिएको छ । त्यसमध्ये झापामा सबैभन्दा बढी सङ्क्रमण देखिएको छ ।

प्राप्त तथ्याङ्क अनुसार झापा जिल्लामा ४ हजार २४ पशुमा सङ्क्रमण देखिएको छ । यसमध्ये ३ हजार ९९९ गाई र २५ भैँसी छन् । झापामा यस रोगका कारण ११२ पशुको मृत्यु भएको छ, जसमा १०५ गाई र ७ भैँसी छन् । सङ्क्रमण नियन्त्रणका लागि झापामा ८ हजार ३८५ पशुमा खोप लगाइएको छ ।

सुनसरी जिल्लामा ४ हजार सङ्क्रमित पशुहरू छन् । यसमध्ये ३ हजार ९८४ गाई र १६ भैँसी छन् । सुनसरीमा ७१ पशुको मृत्यु भएको छ, जसमा ६८ गाई र ३ भैँसी छन् । सुनसरीका ११ हजार ४८१ पशुमा खोप लगाइएको छ ।

मोरङ जिल्लामा ३ हजार ७१६ पशुमा सङ्क्रमण देखिएको छ । जसमध्ये ३ हजार ७०४ गाई र १२ भैँसी छन् । मोरङमा ६४ पशुको मृत्यु भएको छ, जसमा ६३ गाई र एउटा भैँसी रहेको छ । मोरङमा११ हजार ६०४ पशुमा खोप लगाइएको छ ।

न्यूनतम सङ्क्रमण भएका जिल्लाहरूमा उदयपुरमा ४२५ पशुमा सङ्क्रमण देखिएको छ । यसमध्ये ४१० गाई र १५ भैँसी छन् । उदयपुरमा ८ पशुको मृत्यु भएको छ र ४ हजार ४४७ पशुमा खोप लगाइएको छ । इलाम जिल्लामा ३९६ पशुमा सङ्क्रमण देखिएको छ, जसमा ३८१ गाई र १५ भैँसी छन् । इलाममा ५ पशुको मृत्यु भएको छ भने ५ हजार ३७६ पशुमा खोप लगाइएको छ । भोजपुरमा ३७६ पशुमा सङ्क्रमण देखिएको छ, जसमध्ये ३७५ गाई र एउटा भैँसीमा सङ्क्रमण भेटिएको छ । भोजपुरमा ७ पशुको मृत्यु भएको छ र ३ हजार २५७ पशुमा खोप लगाइएको छ ।

यस हप्ता कोसी प्रदेशमा ५६ हजार ७१ पशुमा लम्पीस्किनविरुद्ध खोप लगाएर रोगको सङ्क्रमण नियन्त्रण गर्ने प्रयत्न सरकारले गरेको छ । यस वर्ष कोसी प्रदेशका २ लाख ६२ हजार ६०९ पशुमा खोप लगाइएको निर्देशक अधिकारीले जानकारी दिए । तराई क्षेत्रका जिल्लाहरूमा सङ्क्रमण बढी देखिएको छ भने पहाडी जिल्लाहरूमा तुलनात्मक रूपमा कम सङ्क्रमण देखिएको छ । विशेष गरी बाछाबाछीहरूमा यस रोगको प्रभाव बढी देखिएकाले पशुपालकहरुले विशेष सावधानी अपनाउनुपर्ने निर्देशनालयले सुझाव दिएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE