Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

बागमती प्रदेशमा ७६.४८ प्रतिशत धान रोपाइँ

खबरडबली संवाददाता

मकवानपुरगढी । बागमती प्रदेशमा हालसम्म ७६.४८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालय बागमती प्रदेशका अनुसार आइतबारसम्ममा बागमती प्रदेशमा ७६.४८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ जुन गत वर्षको यही अवधिको तुलनामा ६ दशमलव ५४ प्रतिशतले बढी हो ।

गत वर्ष यही अवधिसम्म ७० दशमलव ६ प्रतिशत रोपाइँ सक्किएको थियो । निर्देशनालयका निर्देशक सुधीर श्रेष्ठका अनुसार बागमतीका तीनवटा जिल्लामा धान रोपाइँ सक्किएको छ । अधिकांश किसान आकाशे पानीमा निर्भर रहने हुँदा यस वर्षको मनसुन सक्रिय रहेकाले प्रदेशका तीन जिल्लाको धान रोपाइँ गत वर्षको तुलनामा केही समय अगावै सक्किएको हो ।

बागमतीको काठमाडौँ, भक्तपुर र ललितपुरमा धान रोपाइँ सकिएको छ । यो सँगै काठमाडौँमा ५ हजार ९ सय २४ हेक्टर, ललितपुरमा ४ हजार १ सय ६३ हेक्टर, र भक्तपुरमा २ हजार ६ सय ९९ हेक्टरमा धान रोपिएको छ ।

तीन जिल्लामा रोपाइँ सक्किँदा मकवानपुरमा धान खेती हुने ७ हजार ६७ हेक्टर जमिनमध्ये ५९.३ प्रतिशत, चितवनमा २७ हजार २ सय ०७ हेक्टर ८०.३ प्रतिशत र नुवाकोटमा १६ हजार चारसय ९८ हेक्टरमध्ये ९६ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ ।

हालसम्म सबैभन्दा कम रोपाइँ धादिङमा भएको छ । धादिङमा हालसम्म ४० प्रतिशत मात्र रोपाइँ भएको छ । धादिङमा ११ हजार १ सय ५९ हेक्टर जमिनमा धान रोप्ने गरिए पनि आइतबारसम्ममा चार हजार ४ सय ६५ हेक्टरको क्षेत्रफलमा रोपाईँ भएको छ ।

सिन्धुलीमा ११ हजार ४ सय ४५ हेक्टरमध्ये ६३.७ प्रतिशत, रामेछापमा ७ हजार ८ सय ५९ हेक्टर जमिनमध्ये ८३ प्रतिशत र सिन्धुपाल्चोकमा ८ हजार ७ सय ८२ हेक्टरमध्ये ६७.२ प्रतिशत जमिनमा रोपाइँ सकिएको निर्देशनालयले जनाएको छ । 

यस्तै, रसुवामा २ हजार ७ सय १८ हेक्टरमध्ये ३७.७० प्रतिशत, काभ्रेमा १० हजार २ सय १० हेक्टरमध्ये ७६.१४ प्रतिशत रोपाइँ भएको छ भने, दोलखामा २ हजार ८ सय १४ हेक्टरमध्ये ९२ प्रतिशत रोपाइँ सकिएको छ ।   

असार महिना सकिन लाग्दा देशभर ५९ प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि मन्त्रालयका अनुसार वर्ष २०८१ मा ५९ लाख ५५ हजार चारसय ७६ मेट्रिक टन धान उत्पादन भएको छ । जुन गत वर्षको तुलनामा चार दशमलव ०४ प्रतिशतले बढी हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: