अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रुसको युद्धबारे ‘कडा वक्तव्य’ दिएपछि सोमबार वासिङ्टनमा नेटो प्रमुखलाई स्वागत गर्दै छन् । तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि रूससँग वार्ता गर्न खोजेका ट्रम्पले रूसी नेता पुटिनसँग अधीरता व्यक्त गर्दै सप्ताहन्तमा युक्रेनका लागि नयाँ हतियार भण्डारको घोषणा गरेका छन् ।
“हामी उहाँहरूलाई प्याट्रियट्स पठाउनेछौं, यो उनीहरूका लागि अति आवश्यक छ,” ट्रम्पले आइतबार अमेरिकी हवाई प्रतिरक्षा प्रणालीलाई सङ्केत गर्दै भने । उनले आफूले कति वटा हतियार पठाउने भन्नेबारे केही खुलाएनन तर उनले ‘कडा वक्तव्य दिने’ बताए । राष्ट्रपति ट्रम्पलगायतका अमेरिकी उच्च अधिकारीसँग सोमबार छलफल गर्न नेटोका महासचिव मार्क रुट वासिङ्टन पुगेका छन् ।
ह्वाइट हाउसले यसै महिनाको सुरुमा किएभलाई केही हतियार आपूर्ति रोक्ने र त्यसको साटो नयाँ सम्झौताको घोषणा गरेको थियो जसमा नेटोले युक्रेन पठाउनका लागि केही अमेरिकी हतियार खरिद गर्ने उल्लेख छ । नेटोले जारी गरेको विज्ञप्तिमा रुट सोमबार र मङ्गलबार वासिङ्टनमा रहने र रक्षामन्त्री पिट हेगसेथ र विदेशमन्त्री मार्को रुबियोसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।
रुटको ओभल अफिसको सोमबार बिहान १० बजे बस्ने बैठक मिडियाका लागि बन्द खुला रहने छैन । ट्रम्पले भने, “हामी मूलतः उनीहरूलाई सेनाका विभिन्न अत्याधुनिक सामग्रीहरू पठाउन गइरहेका छौँ र उनीहरूले त्यसका लागि हामीलाई शतप्रतिशत तिर्नेछन् ।” “यो हाम्रो लागि व्यापार हुनेछ,“ उनले थपे । ट्रम्पले रुसी नेता पुटिनसँग आफू ‘निराश’ भएको पनि दोहोर्याए ।
“पुटिनले धेरै मानिसहरूलाई आश्चर्यचकित पार्नुभएको छ । उहाँले दिनमा राम्रो कुरा गर्नुहुन्छ र त्यसपछि साँझमा व्यापक गोलावारी गर्नुहुन्छ,” आइतबार न्यूजर्सीमा फिफा क्लब विश्वकप फाइनल हेरेर फर्कने क्रममा ट्रम्पले भने । गत हप्ता ट्रम्पले पुटिनले युक्रेनबारे वासिङ्टनमाथि ‘बकवास’ गरेको आरोप लगाएका थिए । गत जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गर्दै ट्रम्पले युक्रेनमा जारी युद्धलाई छिटो अन्त्य गर्न रुसी नेतासँग मिलेर काम गर्न सक्ने बताएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: