सङ्खुवासभा । आगलागीमा नष्ट भएका अभिलेखका कारण २३ वर्षदेखि लालपुर्जाबाट वञ्चित सङ्खुवासभा चैनपुरका स्थानीयले जग्गाधनी प्रमाणपत्र ९लालपुर्जा० पाएका छन् ।
सोमबार विशेष नापी कार्यालयले चैनपुर नगरपालिका वडा नम्बर ९ का ३५ जना स्थानीयलाई लालपुर्जा वितरण गरेको हो । २०५९ साल वैशाख १४ गते माओवादी द्वन्द्वका बेला चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा आगजनी र क्षति हुँदा नापी कार्यालयमा रहेका सक्कल नक्सा र फिल्डबुक तथा मालपोत कार्यालयमा रहेका जग्गाधनी दर्ता श्रेस्ता ९मोठ० लगायतका महत्त्वपूर्ण कागजातहरू पूर्णरूपमा नष्ट भएको थियो ।
कागजात नभएकै कारण स्थानीयहरूले लामो समयदेखि कानुनी झन्झट र सम्पत्ति प्रयोगमा समस्या झेल्दै आएका थिए । २०७६ माघ १३ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार अभिलेख पुन:स्थापनाका लागि विशेष नापी कार्यालय स्थापना गरिएको थियो ।
हाल विशेष नापी कार्यालयले सङ्खुवासभाका चार नगरपालिका मादी, चैनपुर, धर्मदेवी र पाँखपनमा नापनक्सा तथा लालपुर्जा वितरणको काम गरिरहेको छ । कार्यालय प्रमुख हरिशरण नेपालका अनुसार दुई नापी टोलीले आवादी क्षेत्रको करिब २४ हजार हेक्टर मध्ये हालसम्म सात हजार पाँच सय हेक्टर क्षेत्रमा काम गरिसकेको छ । चैनपुरको वडा नं। ५, ७, ८, ९, १० र ११ मा नापनक्सा सम्पन्न भइसकेको कार्यालय प्रमुख नेपालले बताए।
‘‘२३ वर्षपछि लालपुर्जा प्राप्त गरेपछि चैनपुर–९ का चहकबहादुर भण्डारीले विशेष नापीलाई धन्यवाद दिनुभयो । अब ढुक्क भएर जग्गा उपयोग गर्न पाउँदा ठुलो राहत मिलेको छ,’’ उनले भने। ३५ परिवारलाई जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य लगायतले लालपुर्जा वितरण गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ९ गते, २०८२ - १७:००
ताप्लेजुङ । ताप्लेजुङको तमोर नदीमा टिप्पर खस्दा एकजना बेपत्ता भएका छन् ।निर्माणाधीन तमोर–५ जलविद्युत आयोजनाको टिप्पर खस्दा तनहुँको सुक्लागण्डकी गाउँपा...
भाद्र ९ गते, २०८२ - १६:४८
काठमाडौं । सोमबार नेप्से परिसूचक २१.३० अंकले बढेर २७६१.२६ विन्दुमा पुगेको छ। आज ३१७ स्क्रिप्सको १ करोड ८ लाख ७७ हजार ९४२ कित्ता सेयर ५ अर्ब ७५ करोड...
भाद्र ९ गते, २०८२ - १६:२६
काठमाडौँ । गुन्डा नाइके रेस लामा भनेर परिचित गोपाल मोक्तानलाई पक्राउ परेको छन् । गौशाला प्रहरी वृत्तको टोलीले आइतबार गौशाला क्षेत्रमा गुन्डागर्दी गर्द...
भाद्र ९ गते, २०८२ - १६:१६
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन तालिका सार्वजनिक भएको छ । सार्वजनिक तालिका अनुसार भोलि दिउँस...
भाद्र ९ गते, २०८२ - १६:०८
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त गर्ने सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । प्रधानन्यायाधीश प्रका...
भाद्र ९ गते, २०८२ - १५:३४
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ । समितिले धर्मशास्त्र, ज्योतिष, संस्कृतिलगायत क्षेत्र...
भाद्र ९ गते, २०८२ - १५:२५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने फेरि उच्च अदालत पुगेका छन् । लामिछाने पत्नी निकिताले सोमबार आफूले श्रीमानको तर...
भाद्र ९ गते, २०८२ - १४:५९
प्राग। मानव पुर्खा लुसीका ३१ लाख ८० हजार वर्ष पुराना हड्डीका टुक्राहरू सोमबारदेखि प्रागको चेक राष्ट्रिय सङ्ग्रहालयमा पहिलो पटक युरोपमा प्रदर्शनीमा राख...
भाद्र ९ गते, २०८२ - १४:४५
काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले काठमाडौंमा काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरेका छन् । महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको विरोधम...
भाद्र ९ गते, २०८२ - १४:२७
कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले ६४ वटा उजुरीमाथि विस्तृत अनुसन्धान थालेको छ । महेन्द्रनगरमा रहेको अख्तियारको क्षेत्र...
प्रतिकृया लेख्नुहोस्: