सङ्खुवासभा । आगलागीमा नष्ट भएका अभिलेखका कारण २३ वर्षदेखि लालपुर्जाबाट वञ्चित सङ्खुवासभा चैनपुरका स्थानीयले जग्गाधनी प्रमाणपत्र ९लालपुर्जा० पाएका छन् ।
सोमबार विशेष नापी कार्यालयले चैनपुर नगरपालिका वडा नम्बर ९ का ३५ जना स्थानीयलाई लालपुर्जा वितरण गरेको हो । २०५९ साल वैशाख १४ गते माओवादी द्वन्द्वका बेला चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा आगजनी र क्षति हुँदा नापी कार्यालयमा रहेका सक्कल नक्सा र फिल्डबुक तथा मालपोत कार्यालयमा रहेका जग्गाधनी दर्ता श्रेस्ता ९मोठ० लगायतका महत्त्वपूर्ण कागजातहरू पूर्णरूपमा नष्ट भएको थियो ।
कागजात नभएकै कारण स्थानीयहरूले लामो समयदेखि कानुनी झन्झट र सम्पत्ति प्रयोगमा समस्या झेल्दै आएका थिए । २०७६ माघ १३ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार अभिलेख पुन:स्थापनाका लागि विशेष नापी कार्यालय स्थापना गरिएको थियो ।
हाल विशेष नापी कार्यालयले सङ्खुवासभाका चार नगरपालिका मादी, चैनपुर, धर्मदेवी र पाँखपनमा नापनक्सा तथा लालपुर्जा वितरणको काम गरिरहेको छ । कार्यालय प्रमुख हरिशरण नेपालका अनुसार दुई नापी टोलीले आवादी क्षेत्रको करिब २४ हजार हेक्टर मध्ये हालसम्म सात हजार पाँच सय हेक्टर क्षेत्रमा काम गरिसकेको छ । चैनपुरको वडा नं। ५, ७, ८, ९, १० र ११ मा नापनक्सा सम्पन्न भइसकेको कार्यालय प्रमुख नेपालले बताए।
‘‘२३ वर्षपछि लालपुर्जा प्राप्त गरेपछि चैनपुर–९ का चहकबहादुर भण्डारीले विशेष नापीलाई धन्यवाद दिनुभयो । अब ढुक्क भएर जग्गा उपयोग गर्न पाउँदा ठुलो राहत मिलेको छ,’’ उनले भने। ३५ परिवारलाई जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य लगायतले लालपुर्जा वितरण गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ९ गते, २०८३ - १८:००
काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई तत्काल रिहा गर्न माग गरेको छ। मंगलबार बसेको एमाल...
आषाढ़ ९ गते, २०८३ - १७:५२
चितवन । भरतपुरस्थित एक होटलमा परोसिएको अम्लेटमा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले दुई जना भान्सा कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ। ...
आषाढ़ ९ गते, २०८३ - १७:३६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा महामन्...
आषाढ़ ९ गते, २०८३ - १७:१९
काठमाडौं । वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता रमेश बडालले व्यवसायी कमलकिशोर मालपानीको सवारीसाधन प्रयोग गर्ने व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण...
आषाढ़ ९ गते, २०८३ - १७:०६
ललितपुर। साझा यातायातले ललितपुर महालक्ष्मी नगरपालिकाकाको लुभु र चाङ्गाथली क्षेत्रबाट काठमाडौँको जमलसम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। महालक्ष्मी न...
आषाढ़ ९ गते, २०८३ - १६:४२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र मंगलबार दिउँसोदेखि सुरु भएको छ। बन्दसत्रका लागि विभिन्न कार...
आषाढ़ ९ गते, २०८३ - १६:२०
रास्वपा ‘ह्वीप’ भन्दा पनि ‘विवेक’ले चल्ने पार्टी हो
आषाढ़ ९ गते, २०८३ - १५:५९
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार रुपैयाँ शुल्क स्वेच्छिक बनाइएको घो...
आषाढ़ ९ गते, २०८३ - १५:४७
काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। वि...
आषाढ़ ९ गते, २०८३ - १५:३१
चितवन । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्द सत्र सुरु भएको छ। बन्द सत्र हिजो नै सुरु गर्ने तयारी भए पनि प्राविधिक कारण देखाउँ...



प्रतिकृया लेख्नुहोस्: