काठमाडौँ । एमाले सचेतक सुनिता बरालले राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बोलेका विषय संसद्को रेकर्डबाट हटाउन माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै शाहीले प्रधानमन्त्री केपी ओलीमाथि भ्रष्टाचारी आरोप लगाएका थिए ।
गलतै बरालले संसद्लाई जे पनि बोल्न र जस्तो आरोप पनि लगाउन पाइने थलो बनाउन नहुने बताइन् । ‘यो संसद्मा जे पनि बोल्न पाइने र जस्तो पनि आरोप लगाउन पाइने जुन प्रकृति र जुन अभ्यास बढिरहेको छ’, बरालले भनिन्, ‘पूर्ववक्ता माननीयले जसरी सरकारको नेतृत्व गरिरहनुभएका प्रधानमन्त्रीको नामै उल्लेख गरेर संगीन आरोप लगाउनुभयो । यो विषयमा हाम्रो दलको गम्भीर ध्यानाकर्षण भएको छ सभामुख महोदय । यो विषय रेकर्डबाट हटाइनुपर्छ ।’ ‘केही दिनअघि एक मन्त्रीको नाम जोडेर अडियो सार्वजनिक भएको थियो । यो कारबाहीको विषय होला । हामी पनि गल्ती गर्नेलाई कारबाही गर्नुपर्छ भन्ने मान्यता राख्छौं । जब सिंगो सरकारको नेतृत्वमाथि आरोप लगाएर देशकै बदनाम गर्न खोजिएको छ । देशको नामकारण नै फरक तरिकाले गर्ने भनेर जुन खालको अभ्यास र जुन मनोविज्ञान स्थापित गर्न खोजिँदैछ, यो विषय गलत छ । यो सदन यस्ता खालका गलत प्रवृत्ति र मानकहरू स्थापित गर्नका लागि होइन ।’
बरालभन्दा अघि बोलेका शाहीले भने ‘नेपाल सगरमाथाको देश, भगवन गौतम बुद्धको देश, अब भ्रष्टाचारीहरूको पनि देश हो भनेर तपाईंहरू गिनिज बुकमा नाम लेखाउनुस् । यो सरकार जनता र देशको हितमा काम गरेको भए आज रेकर्ड भयो गिनिज बुकमा नाम लेखाउनुस्’, उनले भनेका थिए, ‘ज्ञान नपाए कासी जानू, न्याय नपाए गोर्खा जानू, भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा आउनू ।’ शाहीले गुप्ताले मन्त्री पदबाट राजीनामा दिएर मात्र उन्मुक्ति नपाउने भन्दै पक्राउ गरेर थुन्न माग गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २४ गते, २०८३ - १९:२४
काठमाडौं । डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । न्यायपरिषद्को बिहीबार बसेको बैठकले उनको नाम प्रस्ताव गरेको हो । संसदीय सुनुवाइ समितिबाट...
बैशाख २४ गते, २०८३ - १८:५२
काठमाडौं । कीर्तिपुरमा दिउँसै एक युवकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प...
बैशाख २४ गते, २०८३ - १८:४८
काठमाडौं । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवन खाली गर्नुपर्ने सरकारी सूचनापछि नेकपा एमालेले नयाँ केन्द्रीय कार्यालय खोज्न थालेको छ। भूमि व्यवस्थ...
बैशाख २४ गते, २०८३ - १७:१४
काठमाडौं । नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि बस्न लागेको संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरब...
बैशाख २४ गते, २०८३ - १७:०६
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। शोभा भनिने ज...
बैशाख २४ गते, २०८३ - १७:०१
हुम्ला। चीनसँगको सिमाना जोडिएको उत्तरी हिल्सा नाकाबाट सामान आयात हुने कार्य सुचारु भएको छ । मे दिवसको अवसरमा चीनको पुराङ काउण्टीको ताक्लाकोटमा चाड पर्...
बैशाख २४ गते, २०८३ - १६:५५
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी तथा अव्यवस्थित बस्ती हटाउने क्रममा १५ हजार ३१६ जना विस्थापित भएका छन्। संघीय सरकार र स्था...
बैशाख २४ गते, २०८३ - १६:४८
३ अर्ब ६५ करोड बिगो दाबी
बैशाख २४ गते, २०८३ - १६:४२
तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडक खण्डमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिकै पहिरो खसेर यातायात पूर्ण रूपमा अब...
बैशाख २४ गते, २०८३ - १५:५१
दाङ। लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी तोक्नेदेखि विभिन्न कार्यविधि स्वीकृत गर्नेसम्मका निर्णय गरेको छ। मुख्यमन्त...


प्रतिकृया लेख्नुहोस्: