Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

एक वर्षसम्म सरकार जनअपेक्षा विपरीतका काम, विवाद, अपारदर्शिता र भ्रष्टाचारमा केन्द्रित: सांसद दाहाल

कानुनी हिसाबले सरकार छ, तर व्यवहारमा ढलिसक्याे

खबरडबली संवाददाता

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले एक वर्षसम्म सरकार जनअपेक्षा विपरीतका काम, विवाद, अपारदर्शिता र भ्रष्टाचारमा केन्द्रित रहेकाे आराेप लगाएका छन् । 

प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा माओवादी सांसद दाहालले सरकारले एक वर्षको कार्यकाल जनअपेक्षा विपरीत विवाद, अपारदर्शिता र भ्रष्टाचारको बन्धनमा बिताएको आरोप लगाएका हुन् । उनले भने, ‘जनताको नजरमा अहिले सरकार छैन । कानुनी हिसाबले सरकार छ, तर व्यवहारमा सरकार ढलिसकेको छ ।’ 

उनले सरकारको प्राथमिकता बिचौलिया, माफिया र कमिसनका आधारमा तय भएको जिकिर गर्दै सिंगो बजेट माफिया केन्द्रित भएको दाबी गरे । सांसद दाहालले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अघिल्लो दिनको सम्बोधनलाई ‘राष्ट्रिय प्रतिनिधित्व’को रूपमा व्याख्या गर्दै उक्त सम्बोधनप्रति पूर्ण समर्थन जनाउँदै भने, ‘हाम्रा अध्यक्षले उठाएका सबै कुरा राष्ट्र र जनताको आवाज हुन् ।’

‘अर्थतन्त्रमा चमत्कार कहाँ भयो ? उत्पादन, रोजगारी, आत्मनिर्भर अर्थनीति कहाँ छ ?’भन्दै सांसद दाहालले सरकारको आर्थिक सुधारको दाबीलाई चुनौती दिए । उनले वैदेशिक रोजगारीका कारण रेमिटेन्स बढेको भए पनि त्यो अर्थतन्त्र सुधारको सूचक नहुने तर्क गरे ।

‘धितोपत्र बोर्ड होस् वा बीमा बोर्ड, नियुक्ति र सरुवा सबै कमिसन केन्द्रित छन्’ सांसद दाहालले भने । उनका अनुसार सरकार निर्णय गर्नुभन्दा पहिले कमिसन खोज्छ, त्यसपछि मात्रै काम गर्छ । नीतिगत भ्रष्टाचारको नेतृत्व सरकार स्वयंले गरिरहेको छ’ उनको आरोप छ । 

उनले माओवादी नेतृत्वको सरकारले ल्याएको अघिल्लो वर्षको बजेट कार्यान्वयन नगरी निष्क्रिय बनाइएको र चालु वर्षको बजेटमा समेत दलित, जनजाति, मधेसी, मुस्लिम, महिला, थारु तथा पिछडिएको समुदायलाई बेवास्ता गरिएको गुनासो गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: