Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

दिल्लीका केही विद्यालय र एक कलेजमा बम राखिएको चेतावनी

खबरडबली संवाददाता

नयाँदिल्ली। पछिल्लो तीन दिनमा भारतको राजधानी दिल्लीका करिब दश वटा विद्यालय र एउटा कलेजलाई इमेलमार्फत बम राखिएको चेतावनी आएकाले पठनपाठन अस्थायी रूपमा बन्द गरेको प्रहरीले जनाएको छ ।बुधबार बिहान सरदार पटेल विद्यालय प्रहरीको सल्लाह अनुसार बन्द रहनेछ ।

अधिकारीहरूका अनुसार द्वारकाको सेन्ट थोमस स्कुल, वसन्त कुन्जको वसन्त भ्याली स्कुल, हौज खासको द मदर इन्टरनेसनल स्कुल, पश्चिम विहारको रिचमन्ड ग्लोबल स्कुल र लोधीको सरदार पटेल स्कुलमा विष्फोटक पदार्थ राखिएको चेतावनी दिइएको छ ।

चेतावनी पछि दिल्ली प्रहरी र विस्फोटक पदार्थ निस्क्रिय पार्ने कर्मचारीलाई विद्यालय परिसरमा तैनाथ गरिएको जनाइएको छ । 

विस्फोटक पदार्थ निस्क्रिय पार्ने समूहले परिसरको पूर्ण सरसफाइ गरिरहेको छ । सुचनाको बारेमा सरदार पटेल विद्यालयले विद्यार्थीहरूका अभिभावकहरूलाई सम्बोधन गरेको इमेलमा अवस्थाको बारेका थप सुचना जारी गर्ने  जनाइएको छ ।

राजधानीका प्रमुख विद्यालयहरूलाई बमको चेतावनी पाएपछि दिल्ली प्रहरी र अग्नि नियन्त्रक कर्मचारीहरूलाई तुरुन्तै घटनास्थलमा तैनाथ गरेको जनाइएको छ ।  

अधिकारीहरूका अनुसार इमेलमार्फत बमको चेतावनी आएपछि सेन्ट थोमस स्कुल र वसन्त भ्याली स्कुल परिसरमा फायर टेन्डर र प्रहरी पठाइएको थियो ।

अग्नि नियन्त्रक विभागले घटनाको अनुसन्धान जारी रहेको बताएको छ ।

यसअघि दिल्ली विश्वविद्यालयको सेन्ट स्टिफन कलेजलाई पनि बमको चेतावनी दिइएको थियो । प्राप्त इमेलमा पुस्तकालयमा बम राखिएको दाबी गरेको अधिकारीहरूले बताएका छन् । 

दिल्ली प्रहरीका अनुसार उक्त स्थान खाली गरी विस्फोटक पदार्थ निस्क्रिय पार्ने स्रषा अधिकारी, तालिमप्राप्त कुकुर, दिल्ली अग्नि नियन्त्रण टोली, र विशेष कर्मचारीको टोली घटनास्थलमा तैनाथ गरी पूर्ण रूपमा जाँच भइरहेको छ । 

दिल्ली प्रहरीले अन्य शैक्षिक संस्थाबाट भने उनीहरूलाई आजसम्म त्यस्तो कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।  

सोमबार दिल्लीको चाणक्यपुरी र द्वारका क्षेत्रका दुईवटा विद्यालयलाई पनि इमेलमार्फत् बमको चेतावनी आएको थियो । यद्यपि अपरेसनमा कुनै विस्फोटक पदार्थ फेला नपरेको प्रहरीले जनाएको छ  ।

चाणक्यपुरी स्कुललाई पठाइएको इमेलमा तमिलनाडु सरकार विरोधी सन्देश रहेको थियो ।  प्रहरीले सबै चेतावनीबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending