Khabar Dabali ७ असार २०८३ आईतवार | 21st June, 2026 Sun
Investment bank

दिल्लीका केही विद्यालय र एक कलेजमा बम राखिएको चेतावनी

खबरडबली संवाददाता

नयाँदिल्ली। पछिल्लो तीन दिनमा भारतको राजधानी दिल्लीका करिब दश वटा विद्यालय र एउटा कलेजलाई इमेलमार्फत बम राखिएको चेतावनी आएकाले पठनपाठन अस्थायी रूपमा बन्द गरेको प्रहरीले जनाएको छ ।बुधबार बिहान सरदार पटेल विद्यालय प्रहरीको सल्लाह अनुसार बन्द रहनेछ ।

अधिकारीहरूका अनुसार द्वारकाको सेन्ट थोमस स्कुल, वसन्त कुन्जको वसन्त भ्याली स्कुल, हौज खासको द मदर इन्टरनेसनल स्कुल, पश्चिम विहारको रिचमन्ड ग्लोबल स्कुल र लोधीको सरदार पटेल स्कुलमा विष्फोटक पदार्थ राखिएको चेतावनी दिइएको छ ।

चेतावनी पछि दिल्ली प्रहरी र विस्फोटक पदार्थ निस्क्रिय पार्ने कर्मचारीलाई विद्यालय परिसरमा तैनाथ गरिएको जनाइएको छ । 

विस्फोटक पदार्थ निस्क्रिय पार्ने समूहले परिसरको पूर्ण सरसफाइ गरिरहेको छ । सुचनाको बारेमा सरदार पटेल विद्यालयले विद्यार्थीहरूका अभिभावकहरूलाई सम्बोधन गरेको इमेलमा अवस्थाको बारेका थप सुचना जारी गर्ने  जनाइएको छ ।

राजधानीका प्रमुख विद्यालयहरूलाई बमको चेतावनी पाएपछि दिल्ली प्रहरी र अग्नि नियन्त्रक कर्मचारीहरूलाई तुरुन्तै घटनास्थलमा तैनाथ गरेको जनाइएको छ ।  

अधिकारीहरूका अनुसार इमेलमार्फत बमको चेतावनी आएपछि सेन्ट थोमस स्कुल र वसन्त भ्याली स्कुल परिसरमा फायर टेन्डर र प्रहरी पठाइएको थियो ।

अग्नि नियन्त्रक विभागले घटनाको अनुसन्धान जारी रहेको बताएको छ ।

यसअघि दिल्ली विश्वविद्यालयको सेन्ट स्टिफन कलेजलाई पनि बमको चेतावनी दिइएको थियो । प्राप्त इमेलमा पुस्तकालयमा बम राखिएको दाबी गरेको अधिकारीहरूले बताएका छन् । 

दिल्ली प्रहरीका अनुसार उक्त स्थान खाली गरी विस्फोटक पदार्थ निस्क्रिय पार्ने स्रषा अधिकारी, तालिमप्राप्त कुकुर, दिल्ली अग्नि नियन्त्रण टोली, र विशेष कर्मचारीको टोली घटनास्थलमा तैनाथ गरी पूर्ण रूपमा जाँच भइरहेको छ । 

दिल्ली प्रहरीले अन्य शैक्षिक संस्थाबाट भने उनीहरूलाई आजसम्म त्यस्तो कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।  

सोमबार दिल्लीको चाणक्यपुरी र द्वारका क्षेत्रका दुईवटा विद्यालयलाई पनि इमेलमार्फत् बमको चेतावनी आएको थियो । यद्यपि अपरेसनमा कुनै विस्फोटक पदार्थ फेला नपरेको प्रहरीले जनाएको छ  ।

चाणक्यपुरी स्कुललाई पठाइएको इमेलमा तमिलनाडु सरकार विरोधी सन्देश रहेको थियो ।  प्रहरीले सबै चेतावनीबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेसँग एकताको कुनै सम्भावना छैन: माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष...

रास्वपा महाधिवेशन स्थलमा तीन वटा हेल्थ डेस्क स्थापना

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्र भरतपुरस्थित गेस्ट हाउस चौरमा...

रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन: प्रवक्ता मनिष झा

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको प्रथम महाधिवेशनका लागि उद्योगी व्यापारीमार्फत चन्दा सङ्कलन नगरेको स्पष्ट ...

रास्वपा महाधिवेशनका लागि झण्डै २ करोड रुपैयाँ संकलन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी हुन करिब ४ हजार प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। रास्वपाले प्रत्ये...

रास्वपा महाधिवेशनमा प्यानल बनाउन निषेध, जारी भयो आचारसंहिता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशनमा प्यानल बनाउन निषेध गरेको छ। रास्वपाको केन्द्रीय निर्वाचन आयोगले आचारसंहित...

सभापति रवि लामिछानेको अपिल: स्वस्थ प्रतिस्पर्धाबाट नयाँ उचाइमा पुग्नेछौँ

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताहरूलाई स्वस्थ प्रतिस्पर्धा गर्न अपिल गरेका छन्। महाधिवेशनको पू...

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरी देशको कुल सिञ्चित खेतीयोग्य क्षेत्र ६४ प्रतिशत ...

बालकुमारीमा प्रहरीले चलायो गोली

काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...

रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक सुरु, महाधिवेशन तयारीबारे छलफल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...

एसियाली करातेमा एरिकालाई कांस्य

काठमाडौँ। नेपालकी कराते स्टार एरिका गुरुङले इन्डोनेसियाको बालीमा जारी २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा कांस्य पदक जितेको छिन्।  शुक्रबार भएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending