उदयपुर । उदयपुरको चौदण्डीगढीमा कोरा साइक्लिङ च्यालेन्ज २०२५ हुने भएको छ। चौदण्डीगढी साइकल सिटीको आयोजनामा जुलाई १९ अर्थात् साउन ३ गते पालिकास्तरमा उक्त प्रतियोगिता हुन लागेको हो।
चौदण्डीगढी– ६ बेल्टार बजारको पुष्पलाल चोकबाट साइकल यात्रा सुरु हुने साइकल सिटीका अध्यक्ष अनिल पौडेलले बताए। उनले भने, ‘त्यसपछि बेल्टार–धप्पड–माडिबास–गँगटे हुँदै बेलका नगरपालिकाको सुपाडे, पुनः चौदण्डीगढी नगरपालिको शनिबारे, फेरि बेलका नगरपालिकाको आम्बासी, मधेश प्रदेशको सप्तरीको सप्तकोशी नगरपालिकाको फत्तेपुर हुँदै पुनः चौदण्डीगढी नगरपालिकाको सुन्दरपुर, सिवाई, अँजगरा, हडिया, ज्यामिरे भएर बेल्टार बजारको बसपार्कसम्मको ५०.५ किलोमिटरको दूरी कायम गरिएको छ।’
सचिव सुमन थापाले पालिकामा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने तथा साइकलयात्रीहरूबाट स्वेच्छिक रूपमा आर्थिक संकलन गरी सामाजिक कार्यमा समेत सहयोग गर्ने लक्ष्य लिइएको बताए। साइक्लिङलाई खेलको रूपमा विकास गर्ने, साइक्लिङ संस्कृतिको प्रवर्द्धन गर्ने, स्वस्थ जीवनशैली र वातावरण संरक्षणको सन्देश दिन कोरा च्यालेन्ज २०२५ आयोजना गरिएको थापाको भनाइ छ।
साइक्लिङले स्वस्थ जीवनशैली अपनाउन, युवायुवतीलाई लागुऔषधको कुलतबाट टाढा राख्न र समाजप्रति जिम्मेवार बनाउन भूमिका खेल्ने अपेक्षा लिइएको थापाले बताए। उदयपुरमा यसअघि राइड टु कोशी टप्पु, राइड टु चौदण्डीजस्ता साइक्लिङ च्यालेन्ज प्रतियोगिता सफल रूपमा सम्पन्न भएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - २०:०६
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताएका छन् । नेपाल प्...
मंसिर २१ गते, २०८२ - २०:०२
नेपिदो । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । एएफपीसँग कुरा गर्दै स्थानीय सरकारी अधिकारी र उद्धारकर्ता ...
मंसिर २१ गते, २०८२ - १९:५८
पोखरा । तीन दशकअघि मङ्सिर–पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो । नेपाल घुम्न आएका विदेशी पर्यटक क्रिसमस मनाउन स्वदेश फर्कने तयारीमा हुन्थे भने ...
मंसिर २१ गते, २०८२ - १९:१२
सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबिच अविश्वास बढेको बताएका छन् । वीरता जेसिज विर्तामोडको आयोजनामा आज यहाँ आयोजित ‘सङ...
मंसिर २१ गते, २०८२ - १९:१०
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ । अस्पतालमा शव परीक्षण सेवा, ल्याब, फार्मे...
मंसिर २१ गते, २०८२ - १९:०८
भारत । लाखौँ श्रमिक रहेको भारतको पश्चिमी राजस्थानमा धुलो, रोग र गरिबी दैनन्दिन चुनौती जस्तै छन् । यही कठोर वातावरणबिच सन्तोष देवीजस्ता महिलाले सौर्य इ...
मंसिर २१ गते, २०८२ - १९:०३
साना । यमन सरकारले संयुक्त राष्ट्रसङ्घको पहलमा पुनः सुरू हुन लागेको वार्ताको तयारी स्वरूप शुक्रबार ‘विद्रोही हुथी समूह’ का २६ सदस्यका शव हस्तान्तरण गर...
मंसिर २१ गते, २०८२ - १९:००
ओटावा । क्यानाडामा नोभेम्बर महिनामा कुल ५४ हजार व्यक्तिले रोजगारी पाएका छन्, जुन कुल रोजगारीमा ०.३ प्रतिशत वृद्धि भएको स्टाटिस्टिक्स क्यानाडाले जनाएको...
मंसिर २१ गते, २०८२ - १८:५८
नवलपुर । नवलपुरको कावासोती –११ रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ६ सय ६० जनाले निःशुल्क...
मंसिर २१ गते, २०८२ - १८:५५
महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । बर्दीबासस्थित...




प्रतिकृया लेख्नुहोस्: