टोकियो । बुधबार भालु देखिएपछि जापानमा भइरहेको गल्फ प्रतियोगिताका आयोजकले उदघाटन दिन रद्द गर्ने निर्णय गरेका छन् । पछिल्लो दुई महिनामा दोस्रो पटक भालुले खेल रोकेको छ ।
उत्तरी जापानको सेन्दाई क्लासिक गल्फ क्लबमा भइरहेको व्यावसायिक जेएलपिजिए टुरको मेइजी यासुदा लेडिज प्रतियोगिताको पहिलो टी को नजिक बिहान भालु देखिएको थियो । सोही दिन निर्धारित प्रो-एम प्रतियोगिता रद्द गरिएको थियो । आयोजकहरूले पछि बिहीबारको उद्घाटन दिन पनि रद्द गर्ने निर्णय गरे । आयोजकले बाँकी प्रतियोगिता खेलाउने वा रद्द गर्ने भन्नेबारे पछि निर्णय गर्ने बताएका छन् । प्रतियोगिताको कुल पुरस्कार राशी १० करोड येन (६ लाख ७० हजार डलर) छ ।
“बुधबार कोर्समा भालु देखापरेको रिपोर्ट गरिएको थियो र सहभागीहरू, खेलाडीहरू र कर्मचारीहरूको सुरक्षाका लागि प्रो–एम प्रतियोगिता रद्द गरिएको थियो”, प्रतियोगिताको वेबसाइटमा एक विज्ञप्तिमा भनिएको छ, “सुरक्षा सुनिश्चित गर्न र भविष्यका उपायहरू विचार गर्न हामीले बिहीबारको उद्घाटन दिन रद्द गर्ने निर्णय गरेका छौँ । हामी शुक्रबारदेखि प्रतियोगिताको विवरणहरू निर्णय भए लगत्तै घोषणा गर्ने छौँ ।” मे महिनामा मध्य जापानमा महिला दोस्रो-स्तरीय स्टेप अप टुरमा ट्विनफिल्ड लेडिजको अन्तिम राउन्ड कोर्समा भालु देखापरेपछि रद्द गरिएको थियो ।
अर्को महिना, धावन मार्गमा घुम्दै गरेको भालुले जापानी विमान स्थललाई उडानहरू रद्द गर्न र दिनभरका लागि यात्रुहरूका लागि बन्द घोषणा गर्न बाध्य पारेको थियो । गत वर्ष जापानमा भालुहरूसँगको मानव मुठभेड रेकर्ड स्तरमा पुगेको थियो । सन् २०२४ अप्रिलसम्म १२ महिनामा दुई सय १९ मानिसमाथि आक्रमण र छ जनाको मृत्यु भएको थियो । खानाका स्रोतहरू र शीतनिद्राको समयमा प्रभाव पार्ने जलवायु परिवर्तन तथा बुढ्यौली समाजले निम्त्याएको जनसङ्ख्या कमीले भालुहरूलाई बढी पटक सहरहरूमा प्रवेश गर्न प्रेरित गरिरहेको वैज्ञानिकहरूले बताएका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: