Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

बौद्धभिक्षुहरूसँग शारीरिक सम्बन्ध राखेर पछि भिडिओ देखाउँदै पैसा असुल्ने थाई महिला पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । थाईल्यान्डमा बौद्धभिक्षुहरूसँग यौन सम्बन्ध राखेर पछि त्यस बेलाको फोटो र भिडिओ प्रयोग गर्दै उनीहरूसँग ठूलो मात्रामा पैसा असुलेको आरोप लागेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई 'मिस गल्फ' उपनाम दिइएको छ।

प्रहरीका अनुसार 'मिस गल्फ'ले कम्तीमा नौ भिक्षुसँग सम्बन्ध राखेकी थिइन्। उनले विगत तीन वर्षमा उनीहरूबाट ३८.५ करोड भाट (१.१९ करोड अमेरिकी डलर) लिएको प्रहरीको भनाइ छ।

उनको घर खानतलासी गर्दा अनुसन्धानकर्ताहरूले 'ब्ल्याक्मेल' गर्न प्रयोग गरिएका ८०,००० वटाभन्दा बढी फोटो र भिडिओ फेला परेको प्रहरीका प्रवक्ताले बताएका छन्।

यो प्रकरणले थाईल्यान्डमा निकै सम्मानित बौद्ध संस्थालाई फेरि एक पटक तरङ्गित बनाइदिएको छ। थाईल्यान्डमा केही वर्षयतादेखि बौद्धभिक्षुहरू यौन अपराध र लागुपदार्थ ओसारपसारका घटनामा संलग्न हुने गरेको आरोप बढ्दो क्रममा छ।

जुन महिनाको मध्यतिर एक महिलाले पैसा असुलेपछि ब्याङ्ककस्थित एक मन्दिरका प्रमुखले भिक्षुजीवन छोडेको घटनासँगै प्रहरीले यो प्रकरणबारे पहिलो पटक जानकारी पाएको थियो।

प्रहरीका अनुसार मिस गल्फ र ती भिक्षुबीच मे २०२४ मा "सम्बन्ध रहेको" थियो। पछि उनले आफूले ती भिक्षुको बच्चा जन्माएको भन्दै त्यो बच्चा हुर्काउन ७० लाख भाटभन्दा बढी रकम मागेको प्रहरीको भनाइ छ।

त्यसपछि अधिकारीहरूले अरू भिक्षुहरूले पनि मिस गल्फलाई पैसा पठाएको र उनले त्यसरी पैसा असुल्ने गरेको पत्ता लगाए।

प्रहरीका अनुसार उनले लगभग पूरै पैसा ब्याङ्कबाट निकालिसकेकी थिइन्। त्यसमध्ये केही रकम उनले अनलाइन जुवा खेल्न खर्च गरेको प्रहरीले जनाएको छ।

उनलाई डरधम्की देखाएर पैसा असुलेको, सम्पत्ति शुद्धीकरण गरेको र चोरी गरिएका सामान लिएको जस्ता विभिन्न अभियोग लगाइएको छ। प्रहरीले "दुराचरी भिक्षुहरूबारे" उजुरी लिन एउटा हटलाइन पनि सुरु गरेको छ।

दबावमा थाई सङ्घ

यो प्रकरणपछि थाई बौद्धधर्मको सर्वोच्च निकाय 'सर्वोच्च सङ्घ परिषद्‌'ले बौद्धमन्दिरका नियमहरूको समीक्षा गर्न विशेष समिति बनाउने बताएको छ।

सरकार पनि नियम भङ्ग गर्ने भिक्षुहरूलाई गम्भीर दण्ड दिने पक्षमा देखिएको छ।

यो साता थाई राजा वाचिरालोङ्कोर्नले गत जुन महिनामा आफूले ८१ भिक्षुलाई प्रदान विशिष्ट उपाधिहरू प्रदान गर्न जारी गरेको आदेश फिर्ता लिएका छन्। दुराचारका घटनाहरूले "बौद्धमार्गीहरूको मन निकै पीडित भएको" उनको भनाइ छ।

थाईल्यान्डको ९० प्रतिशत जनसङ्ख्या बौद्धमार्गीको छ। त्यहाँ भिक्षुहरूलाई निकै सम्मान गरिन्छ। पुण्य प्राप्त हुने अपेक्षामा धेरै थाई पुरुषहरू छोटो अवधिका लागि भए पनि भिक्षु बन्ने प्रचलन अहिले पनि छ।

सन् २०१७ मा निजी विमान चढ्ने र विलासी जीवनयापन गर्ने भिक्षु विरापोन सुखापोनबारे संसारभरि चर्चा भएको थियो। उनलाई यौन अपराधको कसुर, जालसाजी र सम्पत्ति शुद्धीकरणको मुद्दा चलाइएको थियो। पछि उनलाई ११४ वर्षको जेल सजाय सुनाइयो।

सन् २०२२ मा थाईल्यान्डको एउटा उत्तरी प्रान्तमा अवस्थित मन्दिरका सबै चार भिक्षुलाई लागुपदार्थ राखेको अभियोगमा पक्राउ गरिएपछि उक्त मन्दिर नेतृत्वविहीन भएको थियो।

थाई सङ्घभित्र वर्षौँदेखि अनुशासन र उत्तरदायित्वसम्बन्धी प्रश्न उठ्दै आएको छ। तर धेरैले सयौँ वर्ष पुरानो उक्त संस्थामा खासै परिवर्तन नभएको ठानेका छन्। विज्ञहरू समस्याको मुख्य कारक सङ्घभित्र विद्यमान मर्यादाक्रममा रहेको औँल्याएका छन्।

"त्यहाँ थाई कर्मचारीतन्त्रसँग मिल्दोजुल्दो तानाशाही प्रणाली छ जहाँ वरिष्ठ भिक्षुहरू वरिष्ठ अधिकारीजस्तै हुन्छन् भने कनिष्ठ भिक्षुहरू तिनका सहायक," बौद्ध विद्वान् सुराफोत थवीसाक भन्छन्।"

"केही अनुचित कुरा देखिहाले भने पनि उनीहरू बोल्ने आँट जुटाउँदैनन् किनभने त्यसो गर्‍यो भने उनिहरू सजिलै मन्दिरबाट निकालिन सक्छन्।"

अहिले प्रहरी र सर्वोच्च सङ्घ परिषद्‌ दुवैले यस प्रकरणमा अनुसन्धान गरिरहेका छन्। धेरैले त्यसबाट सुधारको बाटो खुल्ने आशा राखेका छन्।

"महत्त्वपूर्ण कुरा सत्य उजागर गर्नु हो। त्यसबाट सर्वसाधारण मानिसहरू सङ्घको निर्दोषताबारे विद्यमान संशयबाट मुक्त हुन पाउँछन्," ब्याङ्ककस्थित थमसाट यूनिभर्सिटीको समाजशास्त्र विभागका प्राकिरति सुत भन्छन्।

"संस्था जोगाउन सर्वोच्च सङ्घ परिषद्‌ले आफूमै केही छाँटकाँट गर्छ कि गर्दैन भन्ने कुरामा त्यो निर्भर रहन्छ।" बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending