काभ्रेपलाञ्चोक । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आजदेखि एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभन्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म एक महिनाका लागि रोक लगाइएको जनाएको छ ।
कार्यालयले सार्वजनिक अपील गर्दै मनसुन सक्रिय रहेको अवस्थामा बिपी राजमार्गमा बाढी पहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा आजदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाएको हो । काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभन्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।
उनका अनुसार मनसुनजन्य विपदबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यसअघि काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले गत असार ७ गतेदेखि बिपी राजमार्गमा साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म करिब दस घण्टा १५ दिन तथा थप असार मसान्तसम्म सोही समयमा सडक सञ्चालनमा रोक लगाइएको थियो । यस अवधिमा काठमाडौँबाट जाने सवारीलाई काभ्रेपलाञ्चोकको काभ्रेभन्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिएको थियो ।
बितेका एक हप्ताको समयमा बाढीपहिरोले करिब चार पटक उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा सडक अबरुद्ध भइसकेको छ । गतसाल असोजको बाढीपहिरोले विपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको वर्षे खोलासम्मको आठ किलोमिटर सडकखण्डमा सडकनै बगाएका कारण खोलामा कतै एक्तर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ ।
बाढीपहिरोले राजमार्गको कुल १६० किमीमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र चौँथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्याएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको छ । पूर्वी नेपाल जोड्ने छोटो दुरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र ६ गते, २०८२ - १२:२२
झापा। मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक अर्ब २६ करोड ५० लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तु...
भाद्र ६ गते, २०८२ - १२:०३
म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडक आ...
भाद्र ६ गते, २०८२ - ११:५४
जाजरकोट। जाजरकोटमा जङ्गलबाट ल्याएका बिसालु च्याउ खाँदा एकै गाउँका ५ परिवारका ११ जना बिरामी परेका छन् । एकै पटक बिरामी भएका भेरी नगरपालिका ४ रानागाउँका...
भाद्र ६ गते, २०८२ - ११:४९
हैदाराबाद। बाहुबली फिल्म सिरिजलाई भारतको सबैभन्दा ठूलो फिल्म सिरिज मानिन्छ। यो फिल्मले भारतीय सिनेमाको सम्पूर्ण समीकरण बदलि दियो र एसएस राजामौलीको यो ...
भाद्र ६ गते, २०८२ - ११:४१
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने दाबी गरिएको रिट न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको छ। जनता समाजवादी...
भाद्र ६ गते, २०८२ - ११:२६
इस्लामवाद। यस बर्षको मनसुनमा पाकिस्तानमा वर्षा र बाढीका कारण ७०६ जनाको ज्यान गएको छ । इस्लामाबादको राष्ट्रिय आपदा व्यवस्थापन प्राधिकरण (एनडीएमए) का...
भाद्र ६ गते, २०८२ - ११:१५
काठमाडौँ। स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल...
भाद्र ५ गते, २०८२ - १६:४७
काठमाडौँ। प्रतिनिधिसभाले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ र ‘पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित स...
भाद्र ५ गते, २०८२ - १६:३६
मस्को। अमेरिकाले भारतमा ५० प्रतिशत कर लगाएको परिस्थितिमा भारतीय विदेशमन्त्री एस जयशङ्करले रूसी कम्पनीलाई आफ्ना भारतीय साझेदारसँग अझ गहनरूपमा संलग्न हु...
भाद्र ५ गते, २०८२ - १६:०९
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आगामी मसिंर १ देखि २७ गतेसम्म आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक व...
प्रतिकृया लेख्नुहोस्: