इस्लामाबाद । पाकिस्तानमा बसोवास गर्ने अफगान आप्रवासीहरूको बढ्दो सङ्ख्याले गिरफ्तारी र निर्वासनको निरन्तर डरका कारण अस्पताल र स्वास्थ्य केन्द्रहरूबाट टाढा बसिरहेको खामा प्रेसले मेडिसिन्स सान्स फ्रन्टियर्स (एमएसएफ) को हालैको रिपोर्टलाई उदृत गर्दै बुधबार बताएको छ ।
परिस्थितिले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्य दुवै बिग्रँदै गइरहेको छ । खामा प्रेसका अनुसार एमएसएफले आफ्नो निष्कर्षमा धेरै अफगान अहिले गम्भीर रूपमा अस्वस्थ भए पनि चिकित्सा सहायता लिन डराइरहेका छन् । निर्वासनको डरले उनीहरूको शारीरिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्नुका साथै गम्भीर मनोवैज्ञानिक क्षति पनि पुर्याएको छ ।
सन् २०२३ नोभेम्बरदेखि पाकिस्तानले अफगान नागरिकहरू विरुद्ध आफ्नो निर्वासन अभियान बढाएको छ । सुरुमा, यो कागजातविहीन व्यक्तिहरूमा केन्द्रित थियो तर अवैध कागजातहरू भएका व्यक्तिहरू पनि जोखिममा छन् । यद्यपि इस्लामाबादले भर्खरै सन् २०२५ जुलाईदेखि कानुनी निवास कार्ड भएका अफगानहरूको निर्वासन रोक्ने बताएको छ ।
पाकिस्तानले हाल अफगान आप्रवासी र शरणार्थीहरूको विश्वको सबैभन्दा ठुलो जनसङ्ख्यामध्ये एकलाई आश्रय दिन्छ । तीमध्ये धेरै अफगानिस्तानमा युद्ध र अस्थिरताबाट बच्न सीमा पार गरेर आएका थिए । खामा प्रेसका अनुसार अन्तर्राष्ट्रिय संस्थाहरूले पाकिस्तानी सरकारलाई अफगान शरणार्थीहरूलाई अनुचितरूपमा लक्षित गर्न रोक्न र उनीहरूलाई स्वास्थ्य सेवामा उचित पहुँच सुनिश्चित गर्न आग्रह गरिरहेका छन् ।
यसअघि, संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानबाट फर्केका मानिसहरूको ठुलो वृद्धिलाई लिएर चेतावनी दिएको थियो । साथै राष्ट्रसङ्घले सन् २०२५ मा अहिलेसम्म १३ लाखभन्दा बढी मानिस अफगानिस्तान फर्केको भन्दै तत्काल विश्वव्यापी सहयोगका लागि आह्वान गरेको थियो ।
इस्लाम काला सीमा विन्दुको भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिवका विशेष प्रतिनिधि रोजा ओटुनबायेभाले भने, “दशकौँअघि द्वन्द्वबाट भागेका परिवारहरूका लागि सकारात्मक घर फर्कने क्षण हुनुको सट्टा थकान, आघात र गहिरो अनिश्चितता देखिएको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: