धनुषा । डिभिजन वन कार्यालय धनुषाले ३० हेक्टर अतिक्रमित वन क्षेत्र खाली गराएको छ । जिल्लाको विभिन्न ठाउँमा अवैध रूपमा बनाइएका घरटहरा, खेतीपाती तथा तथा बाली हटाएर वनको स्वामित्वमा रहेको जमिन फिर्ता लिइएको हो ।
डिभिजन वन कार्यालय धनुषाका डिभिजन प्रमुख विनोद सिंहले एक वर्षको अवधिमा ३० हेक्टर अतिक्रमित वन क्षेत्रलाई अतिक्रमणमुक्त गरिएको बताए । उनले अतिक्रमणमुक्त गरिएको जमिनमा वृक्षरोपण तथा तारजालीले घेराबेरा गरी सुरक्षित गरिएको जानकारी दिए ।
उनका अनुसार जिल्लामा ८४२ हेक्टर वन क्षेत्रको जमिन अझै अतिक्रमणको चपेटामा छ । आगामी दिनमा स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित निकायको सहयोग अन्य ठाउँका अतिक्रमित जमिन चरणबद्ध रूपमा खाली गराउने डिभिजनल प्रमुख सिंहले जानकारी दिए ।
वन निर्देशनालय मधेश प्रदेशको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१-०८२ मा ४४२ हेक्टर वन क्षेत्रको जमिन अतिक्रमणमुक्त गरिएको छ । यसमध्ये सबैभन्दा बढी सर्लाहीमा १७५ हेक्टर वनको जमिन खाली गरिएको छ । त्यस्तै, सप्तरीमा एक सय ११, सिराहामा १०, महोत्तरीमा तीन, रौतहटमा १२, बारामा ५४ र पर्सामा ४५ हेक्टर अतिक्रमित जमिन खाली गराइएको हो । तथ्याङ्कअनुसार प्रदेशमा १६ हजार ५९९ हेक्टर वन क्षेत्रको जग्गा अझै अतिक्रमण अवस्थामा छ ।
मधेश सरकारका वन तथा वातावरण मन्त्री सञ्जयकुमार यादवले वन क्षेत्रलाई अतिक्रमणमुक्त बनाउन वन प्रशासन सक्रिय रूपमा लागेको बताए । उनले भने, “वन क्षेत्र अतिक्रमणमुक्त बनाउन हामी दृढ छौं । यस कार्यमा प्रशासनिक संयन्त्र मात्र होइन राजनीतिक दलहरूसँग पनि समन्वय गरी अघि बढिरहेका छौं ।”
नेपालमा कुल भू–भागको करिब ४५ प्रतिशत क्षेत्र वनले ढाकेको भए पनि मधेश प्रदेशमा ३.७२ प्रतिशत मात्र वन क्षेत्र छ । प्रदेशमा झन्डै दुई लाख दुई हजार २०२ हेक्टर जमिन वन क्षेत्र भए पनि १३६ स्थानीय तहहरूमध्ये ८९ वटामा वन क्षेत्र छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: