Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

एमालेमा हट्याे ७० वर्षे उमेर हद, विद्या भण्डारीको सदस्यता ‘पेन्डिङ’ मा

खबरडबली संवाददाता

काठमाडाैं । नेकपा एमालेको दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकबाट विधान संशोधन प्रस्ताव पारित भएकाे छ । प्रचार विभाग प्रमखु राजेन्द्र गौतमले उपाध्यक्ष विष्णु पौडेलले सचिवालयमा पेस गरेको र त्यहाँबाट संशोधन भएर आएको विधान संशोधन प्रस्ताव पारित जानकारी दिएका छन् । 

संशोधित विधान संशोधन प्रस्तावमा ७० वर्षको उमेरहद नरहने, दुई कार्याल मात्रै नेतृत्व गर्ने पाउने व्यवस्था पनि हटाउने, पदाधिकारी १५ जनाको रहने, वरिष्ठ उपाध्यक्ष नरहने लगायतका विषय छन् । 

हट्याे ७० वर्षे उमेर हद, विद्या भण्डारीको सदस्यता ‘पेन्डिङ’ मा

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख गौतमले उक्त जानकारी दिएका हुन् । उनका अनुसार, बैठकले विधानको धारा ६४ मा रहेको उमेर हदको व्यवस्थालाई खारेज गर्ने प्रस्तावलाई स्वीकार गरेको छ ।

त्यस्तै, पार्टीको सदस्यता प्रणालीलाई सरल बनाउन ‘संगठित सदस्य’ र ‘पार्टी सदस्य’ गरी दुई प्रकारको व्यवस्था हटाएर एउटै बनाउने सुझावलाई पनि बैठकले स्वीकार गरेको छ ।
बैठकमा जिल्ला कमिटीलाई हालको राजकीय संरचनाअनुसार कार्यकारी कमिटीको रूपमा विकास गर्ने विषयमा पनि छलफल भएको गौतमले जानकारी दिए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको विषय बैठकमा उठे पनि हाललाई कुनै निर्णय नभएको गौतमले बताए । उनका अनुसार, पार्टी विधानको धारा ८ र ९ अनुसार राष्ट्रपति जस्तो गरिमामय पदबाट अवकाश पाएको व्यक्तिको सक्रिय राजनीतिमा पुनरागमन र सदस्यताको प्रक्रियाबारे गम्भीर छलफल आवश्यक देखिएकोले यो विषय हाललाई ‘पेन्डिङ’ मा राखिएको हो ।

पोलिटब्युरो बैठकले पारित गरेका विधान संशोधन सम्बन्धी यी प्रस्तावहरूलाई अब साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा पेस गरिनेछ । केन्द्रीय कमिटीबाट पारित भएपछि सुझावका लागि तल्ला कमिटीहरूमा पठाइने र त्यसपछि विधान महाधिवेशनले अन्तिम टुङ्गो लगाउने एमालेले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: