Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

घुस लिएको दाबीसहितको अडियो प्रकरण- भूमिमन्त्री अधिकारीलाई नेतृत्वकै संरक्षण

खबरडबली संवाददाता

काठमाडौं । कास्की लिचीघारीको १३५ रोपनी जग्गा प्रकरणमा भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले पनि ३२ लाख घुस लिएको अडियो सार्वजनिक भइसकेको छ । यस विषयमा उनको चौतर्फी आलोचना हुँदा पनि नेतृत्वले भने संरक्षण गरिरहेको छ । स्थानीय पार्टी कमिटीहरूबाट उनको राजीनामाको माग आउँदै छ, तर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली मौन छन् । कास्की एमालेको जिल्ला भेलाले मन्त्री अधिकारीको राजीनामा मागेको छ, तर केन्द्रमा दुई–दुई दिन बसेको सचिवालय र पोलिटब्युरो बैठकले यति गम्भीर विषयमा सामान्य छलफल पनि गरेन ।

एमाले कास्कीले ५, ६ र ७ साउनमा मनाउन लागेको पुष्पलाल स्मृति दिवसको तयारीका लागि शनिबार जिल्ला भेला राखेको थियो । उक्त भेलामा जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री र केन्द्रीय सदस्यसमेत रहेका जिल्ला इन्चार्ज कृष्ण थापाले लिचीघारी जग्गा मामिलामा जोडिएका भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले राजीनामा दिनुपर्ने र पार्टीले छानबिन गरी कारबाही गर्नुपर्ने एजेन्डा उठाए ।

उनीहरूले उक्त एजेन्डा भेलामा राख्नेबित्तिकै हलमा उपस्थित सबै नेता–कार्यकर्ताले ताली बजाएर पारित गरेका थिए । निर्णयलाई माथिल्लो कमिटी (प्रदेश कमिटी)मा पठाउने निष्कर्ष भेलाले निकालेको इन्चार्ज थापाले बताए ।

‘भष्टाचारमा संलग्न भएको आरोपमा केही दिनअघि एउटा मन्त्री (सामान्य प्रशानमन्त्री राजकुमार गुप्ता)ले राजीनामा दिनुभयो । फेरि अर्को मन्त्री (भूमि व्यवस्थामन्त्री बलराम अधिकारी)को पनि भ्रष्टाचारमा नाम जोडिएको सार्वजनिक भएको छ,’ अध्यक्ष क्षेत्रीले भनेका थिए, ‘उहाँले पनि राजीनामा दिनुपर्छ र पार्टीले छानबिन गरी दोषी ठहरिए कारबाही गर्नुपर्छ । पार्टीका जो नेता हुन्, उनीहरूले गरेको गल्तीको भारी पार्टीले बोक्नुहुँदैन । छानबिन गरेर जसले जस्तो गल्ती गरेको छ सोहीअनुसार पार्टीले कारबाही गर्नुपर्छ ।’

अध्यक्ष क्षेत्रीले सम्बोधन गरेपछि आफूले पनि भ्रष्टाचार र अपराधमा नाम जोडिएका मन्त्री वा जोसुकै ठुला नेता भए पनि कारबाही हुनुपर्ने धारणा राखेकोे जिल्ला इन्चार्ज थापाले बताए ।

‘अध्यक्षले एजेन्डा र मैले भनाइ राखेपछि भेलाले भ्रष्टाचार र अपराधमा नाम जोडिएका मन्त्री वा ठुला नेता जो भए पनि कारबाही हुनुपर्ने निष्कर्ष निकाल्यो । अध्यक्ष र मेरो प्रस्तावलाई हलले सर्वसम्मत पारित गरेपछि माथिल्लो कमिटीमा पठाउने निर्णय भएको छ,’ थापाले भने, ‘साना नेताले गल्ती गर्दा कारबाही भोग्नुपर्ने र ठुला नेताले जे गरे पनि केही नहुने भन्ने हुन्न । जसले जे अपराध र कर्म गरेको छ, त्यसको निष्पक्ष छानबिन गरी कारबाही गर्नुपर्छ भन्ने मेरो मान्यता हो । ए, बी, सी, डी जोसुकै नेता भए पनि निर्मम तरिकाले छानबिन गरी गल्ती गर्नेलाई कारबाही गर्नुपर्छ ।’

भेलामा केन्द्रीय सदस्य चूडामणि जंगली, प्रभा कोइराला, सल्लाहकार परिषद् सदस्य सूर्य खड्का बिखची, डिबी नेपालीलगायत उपस्थित थिए । बैठकमा अध्यक्ष थापाले लिचीघारी जग्गा प्रकरणमा बिचौलियाका रूपमा जोडिएका पार्टी गण्डकी प्रदेश सल्लाहकार परिषद् सदस्य सुजन लामाको उक्त सदस्यता नवीकरण रोकेको पनि भेलालाई जानकारी गराएका थिए । 

काठमाडौंमा चलेको पोलिटब्युरो बैठकमा भने लिचीघारी जग्गा प्रकरणमा जोडिएका पार्टीका मन्त्रीहरूका सम्बन्धमा कुनै प्रसंग नै नउठेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । ‘उक्त विषय कास्कीमा पार्टीले उठाएको छ । पोलिटब्युरोमा यसबारे कुनै प्रसंग नै उठेन,’ उनले भने, ‘अब सोमबार केन्द्रीय कमिटी बैठक बस्छ, त्यहाँ यस विषयमा धारणा आउन पनि सक्छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक रहेको छ ।  चार निर्वाचन क्षेत्र रहेको महोत्तरीमा आगाम...

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ दलित समुदायबाट न्यून उम्मेदवार

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...

हरिवंशको ‘भूठान’ ओटिटी प्लेटफर्म ‘अमेजन’ मा

काठमाडौँ। चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटी प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ । चलचित्रका निर्माता अविरल थापाका अनुसार गत जनवरी ९ तारिखदेखि अमेजनल...

सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमुना महिला सामुदायिक वनमा सालका रूखहरू सुकेका जस्ता देखिन्छन् । पालुवा पलाउने बेलामा सालका रूखहरू डढेला ल...

दश वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी । बेनी नगरपालिका–७ का समीर खान र यास्मिन बेगमले एक दशकको प्रतीक्षापछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयले ...

काँकडभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

झापा। चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकडभिट्टाबाट रु नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्...

म कांग्रेसको देशभरको पार्टी सभापति हुँ, आफैलाई परीक्षण गर्न सर्लाही ४ रोजेँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो स...

बालकोटको मार्केटिङ फर्मलाई ५० हजार जरिवाना

काठमाडौँ । सूर्यविनायक-२ बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बज...

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending