Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

भारतीय प्रधानमन्त्री मोदीले बेलायत र माल्दिभ्सको भ्रमण गर्दै

खबरडबली संवाददाता

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जुलाई २३ देखि २६ सम्म बेलायत र माल्दिभ्सको भ्रमण गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

माल्दिभ्सका प्रधानमन्त्री मोहम्मद मुइज्जुको निमन्त्रणामा माल्दिभ्सको राजकीय भ्रमण र बेलायतका प्रधानमन्त्री केइर स्टारमरको निमन्त्रणामा प्रधानमन्त्री मोदीले बेलायतको भ्रमण गर्न लागेका हुन् । भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री मोदीको यो चौथो बेलायत भ्रमण हुनेछ । उनले आफ्ना बेलायती समकक्षीसँग भारत–बेलायत द्विपक्षीय सम्बन्धका सम्पूर्ण आयामबारे विस्तृत छलफल गर्नेछन् । उनीहरूले क्षेत्रीय र विश्वव्यापी महत्वका विषयमा पनि विचार आदानप्रदान गर्नेछन् ।

प्रधानमन्त्री मोदीले बेलायतका राजा चाल्र्स तृतीयसँग पनि भेटवार्ता गर्ने अपेक्षा गरिएको छ । भ्रमणका क्रममा दुवै पक्षले व्यापार र अर्थतन्त्र, प्रविधि र नवप्रवर्तन, रक्षा र सुरक्षा, जलवायु, स्वास्थ्य, शिक्षा र जनस्तरको सम्बन्धमा विशेष ध्यान केन्द्रित गर्दै विस्तृत रणनीतिक साझेदारी (सिएसपी) को प्रगतिको समीक्षा गर्ने विदेश मन्त्रालयले जनाएको छ ।

भ्रमणको दोस्रो चरणमा प्रधानमन्त्री मोदीले माल्दिभ्स गणतन्त्रका राष्ट्रपति डा मोहम्मद मुइज्जुको निमन्त्रणामा जुलाई २५ र २६ मा माल्दिभ्सको राजकीय भ्रमण गर्नेछन् । प्रधानमन्त्रीको माल्दिभ्सको यो तेस्रो भ्रमण हो भने डा. मोहम्मद मुइज्जुको अध्यक्षतामा कुनै पनि राष्ट्र वा सरकार प्रमुखको माल्दिभ्सको पहिलो भ्रमण हुनेछ ।

सन् २०२५ को जुलाई २६ मा माल्दिभ्सको स्वतन्त्रताको ६० औँ वर्षगाँठको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री मोदी ‘गेस्ट अफ अनर’ हुने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले डा मोहम्मद मुइज्जुसँग भेटवार्ता गर्नुका साथै पारस्परिक हितका विषयमा छलफल गर्नेछन् । दुवै नेताले अक्टोबर २०२४ मा माल्दिभ्सका राष्ट्रपतिको भारत भ्रमणका क्रममा अपनाइएको ‘व्यापक आर्थिक र सामुद्रिक सुरक्षा साझेदारी’ का लागि भारत–माल्दिभ्स संयुक्त दृष्टिकोणको कार्यान्वयनको प्रगतिको पनि समीक्षा गर्नेछन् ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो भ्रमणले आफ्नो सामुद्रिक छिमेकी माल्दिभ्सलाई भारतले दिएको महत्वलाई प्रतिबिम्बित गर्दछ । यसले भारतको ’छिमेक पहिलो’ नीति र भिजन महासागरमा विशेष स्थान ओगटेको छ । यो भ्रमणले दुवै पक्षलाई घनिष्ठ द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र सुदृढ बनाउने अवसर प्रदान गर्नेछ ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending