काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपममासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो दलले राष्ट्रिय पुँजीलाई प्रवर्द्धन गर्ने नीति अख्तियार गर्दै आएको बताएका छन् ।
गोल्ड स्टार जुत्ता उत्पादक कम्पनी ‘किरण सु’ मा कार्यरत पार्टीनिकट अखिल नेपाल ट्रेड युनियन महासंघ सम्बद्ध मजदुर संगठन स्थापना दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा पुनले यस्ताे बताएका हुन् ।
उनले सत्तापक्ष वा प्रतिपक्ष भूमिकामा रहँदा राष्ट्रिय पुँजीपति वर्गप्रतिको आफूहरूको दृष्टिकोण समान रहेको बताए । ‘सरकारमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा होस् राष्ट्रिय पुँजीलाई प्रवर्द्धन गर्ने हाम्रो खुला नीति छ,’ पुनले भने, ‘देशभित्रै लगानी गरेर रोजगारी सिर्जना गर्ने, मुलुकको आर्थिक विकासमा योगदान गर्नेहरूलाई हामी प्रगतिशील–राष्ट्रवादी उद्योगी व्यवसायीका रूपमा लिन्छौँ ।’ त्यस्ता उद्यमी व्यवसायीलाई राष्ट्रिय रूपमा स्थापित गर्ने आफूहरू सधैँ लागिपर्ने उनको प्रतिबद्धता थियो ।
पुनले श्रमिकबाट धेरै काम लिएर मुनाफा आर्जन गर्न खोज्ने उद्यमी व्यवसायीको प्रवृत्ति र श्रमको मूल्य बढी लिन खोज्ने श्रमिकको प्रवृत्ति हुने बताए । जीवन चलाउन श्रम बेच्नुपर्ने बाध्यतामा श्रमिक र उद्यम सञ्चालन गर्न श्रम किन्नैपर्ने उद्यमीको बाध्यता नै दुईथरीको मिलनविन्दु भएको उनको भनाइ थियो । ‘श्रमिकले श्रमको बढी मूल्य खोज्छ । उद्यमीले बढी नाफा खोज्छ । उद्यम पनि चल्नुपर्छ । श्रमिकले पनि बाँच्न सक्ने गरी श्रमको मूल्य पाउनुपर्छ । श्रमिकले संघर्ष गर्दा व्यवसाय नै बन्द हुने गरी गर्नुहुँदैन । व्यवसायीले श्रमिक मार्ने गरी शोषण गर्नु हुँदैन,’ पुनले भने, ‘बाँच्नका लागि श्रम बेच्नैपर्ने श्रमिकको बाध्यता र आफ्नो उद्यम चलाउन श्रम किन्नैपर्ने उद्यमीको बाध्यता नै उनीहरूबिचको ‘मिटिङ प्वाइन्ट हो । श्रम किन्ने र बेच्ने दुवैले एकअर्काप्रति न्यायोचित भएर सोच्नुपर्छ ।’ उद्योगीको पुँजी, जमिन, मेसिन र श्रमिकको श्रम मिलेपछि मात्र वस्तु उत्पादन भएर बजारमा जाने भएकाले दुई पक्षबिच अस्वस्थ द्वन्द्व भए उद्योग नै नचल्ने र दुवै पक्षले हार्ने उनको तर्क थियो ।
उनले राष्ट्रिय पुँजीपतिहरूलाई प्रवर्द्धन गर्ने पार्टीको नीति रहेकाले पार्टीनिकट मजदुर संगठनलाई पनि सोही नीति अनुसरण गर्न अपिल गरे । उद्यमी व्यवसायीलाई पनि श्रमको उचित मूल्य दिन आग्रह गरे । पुनले क्षेत्रीय र अन्तर्राष्ट्रिय बजारमा समेत बलियो उपस्थिति जनाएको गोल्डस्टार जुत्ता मुलुककै गर्ब गर्नलायक उत्पादन भएको बताए ।
आफूहरूले जनयुद्धको समयमा गोल्डस्टार जुत्ताको अधिक प्रयोग गरेको स्मरणसमेत पुनले गरे । सोही कारण राज्य सञ्चालकहरूले गोल्डस्टारको उत्पादन, बिक्री-वितरण गर्नेदेखि प्रयोगकर्तालाई समेत दुःख दिएको उनले बताए । ‘जनयुद्धकाे समयमा राज्य वा प्रहरी प्रशासनले गोल्डस्टार जुत्ता लगाएको मानिस माओवादी हो, देख्नेबित्तिकै गोलीले सुट गर्नु भनेर आदेश दिएका कारण कतिपय स्थानमा घटना पनि घटेका छन् ।
गोल्डस्टार जुत्ता गाउँ जान नदिने, कतिपय अवस्थामा सप्लाई र बिक्री गर्ने मान्छेलाई पनि पक्राउ गरेको घटना छ,’ पुनले भने । गत वर्ष भारतमा मात्र १ अर्ब ६० करोडको गोल्ड स्टार जुत्ता निर्यात भएको भन्दै उनले व्यवस्थापनको प्रशंसा गरे । ‘हामी धेरैजसो विदेशी सामान किन्छौँ । विदेश निर्यात गर्ने हामीसँगै कमै उत्पादन छन् । गोल्डस्टारले भारत, अमेरिका र युरोपका बजारमा आफ्नो स्थान बनाउनु गौरबको कुरा हो,’ पुनले भने, ‘गोल्डस्टार नेपालको राष्ट्रिय ब्रान्ड हो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: