Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

आयु सकिएको कोशी ब्यारेज : नयाँ पुलको योजना रोकिँदा बढ्दो जोखिममा लाखौँ नागरिक

खबरडबली संवाददाता

काठमाडौं । नेपालको पूर्वी नाका जोड्ने जीवनरेखाका रूपमा रहेको कोशी ब्यारेज आफ्नो निर्धारित आयु सकिएपछि थप जीर्ण बन्दै गएको छ। वर्षायाममा बढ्दो नदीको बहाव, भारी सवारीसाधनको अत्यधिक चाप र संरचनाको कमजोर अवस्थाले ब्यारेजमाथिको जोखिम दिनप्रतिदिन बढाइरहेको छ। केही दिनयता पानीको सतह बढेपछि सुरक्षाका कारण पुलमा एकतर्फी रूपमा मात्र सवारी सञ्चालन गरिएको छ।

सन् १९६२ मा निर्माण सम्पन्न भएको कोशी ब्यारेजको आयु ५० वर्षका लागि निर्धारण गरिएको थियो। तर, निर्माण भएको ६ दशकभन्दा बढी समय बितिसक्दा पनि यही संरचनामाथि दैनिक हजारौँ सवारीसाधन निर्भर छन्। विशेषगरी मालवाहक ट्रक र अन्य भारी सवारीका कारण पुलमा अतिरिक्त भार परेको छ भने वर्षायाममा नदीले बगाएर ल्याउने बालुवा, ढुंगा र गेग्रानले नदीको सतह उचाल्दै संरचनामाथिको दबाब थप बढाएको छ।

प्राविधिकहरूका अनुसार निर्धारित आयु समाप्त भइसकेको संरचनामा ठूलो बाढी वा अत्यधिक बहाव आए गम्भीर क्षति पुग्न सक्ने जोखिम छ। यस्तो अवस्था सिर्जना भए नेपालका पूर्वी जिल्लामात्र होइन, भारतको बिहारसम्म प्रत्यक्ष असर पर्ने सम्भावना रहेको बताइन्छ।

यति ठूलो जोखिम हुँदाहुँदै पनि कोशी ब्यारेजको विकल्पका रूपमा प्रस्ताव गरिएको नयाँ पुल र सडक निर्माण भने अझै अघि बढ्न सकेको छैन।

सडक विभागका अनुसार नयाँ पुल र वैकल्पिक सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ। एसियाली विकास बैंक (एडीबी) को सहयोगमा करिब छ वर्षअघि अध्ययन सम्पन्न भइसके पनि आवश्यक अनुमति नपाउँदा आयोजना कार्यान्वयनमा जान सकेको छैन।

आयोजना निर्देशनालयका प्रमुख चूडाराज ढकालका अनुसार सरकारबाट सडकको रेखांकन स्वीकृत भए पनि कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रसँग सम्बन्धित अनुमति नआएकाले निर्माण प्रक्रिया रोकिएको हो।

प्रस्तावित योजनाअनुसार चार लेनको ४४.२ किलोमिटर लामो सडक र दुई हजार ८६० मिटर लामो नयाँ पुल निर्माण गरिनेछ। यस मार्गमा साना–ठूला गरी ३४ वटा पुल रहनेछन्। तराई क्षेत्रमा प्रतिघण्टा १०० किलोमिटर र पहाडी क्षेत्रमा ६० किलोमिटर गतिमा सवारी सञ्चालन गर्न मिल्ने गरी सडक डिजाइन गरिएको छ।

नयाँ सडक सप्तरीको कञ्चनपुर हुँदै सुनसरीको पकलीसम्म जोडिनेछ। यसले हालको पूर्व–पश्चिम राजमार्गको दूरी घटाउनुका साथै सवारी आवागमनलाई सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार नयाँ पुल अहिलेको ब्यारेजसँगै बनाउने कि माथिल्लो भागबाट निर्माण गर्ने भन्ने विषयमा सम्बन्धित निकायबीच अझै सहमति जुट्न सकेको छैन। यद्यपि मन्त्रिपरिषद्ले यसअघि ब्यारेजको माथिल्लो भागबाट पुल निर्माण गर्ने निर्णय गरिसकेको छ।

यसबीच पुरानो ब्यारेजको अवस्था झन् चिन्ताजनक बन्दै गएको छ। विशेषगरी सप्तरीतर्फको ५५ र ५६ नम्बर ढोका आसपासको भाग करिब १५ मिटरसम्म भासिएको छ। दुर्घटनाको जोखिम बढेपछि प्रहरीले अहिले आलोपालो गरेर एकतर्फी सवारी सञ्चालन गरिरहेको छ। यसले दैनिक हजारौँ यात्रु र सवारीचालकलाई सास्ती मात्रै होइन, जोखिमपूर्ण यात्रा गर्न बाध्य बनाएको छ।

स्थानीयका अनुसार एउटा ठूलो सवारी गुड्दा मोटरसाइकल र पैदल यात्रु समेत रोकिएर पर्खिनुपर्ने अवस्था छ। उनीहरूले तत्काल मर्मत तथा दीर्घकालीन समाधानको माग गरेका छन्।

कोशी सम्झौताअनुसार ब्यारेजको मर्मतसम्भार भारतीय पक्षको जिम्मेवारीमा पर्ने भए पनि आवश्यक मर्मत समयमै हुन नसकेको भन्दै स्थानीयले गुनासो गर्दै आएका छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भारतीय अधिकारीलाई पुलको अवस्थाबारे जानकारी गराइसकिएको र आवश्यक समन्वय भइरहेको बताएका छन्।

अध्ययनअनुसार नयाँ पुल निर्माणमा करिब २१ अर्ब ७४ करोड रुपैयाँ र सडक निर्माणमा २० अर्ब ६३ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। एडीबीको आर्थिक सहयोगमा निर्माण गर्ने तयारी भए पनि अनुमति प्रक्रियामै आयोजना अल्झिँदा पुरानो संरचनामै लाखौँ नागरिकको यात्रा निर्भर रहन बाध्य भएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसको सरकारमाथि कडा प्रहार : ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्नु घेराबन्दी होइन’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिन माग गर्दै सरकारमाथि कडा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठ...

कानुनले न्याय दिए पनि समाजले स्वीकार्दैन, मधेशका महिलाको पीडा कहिले होला अन्त्य?

छ महिनामै २४३ घटना, एक वर्षमा पाँच हजारभन्दा बढी घरेलु हिंसा

उद्घाटन भइसकेको नागढुंगा सुरुङमार्गमा किन रोकियो सर्वसाधारणको यात्रा?

काठमाडौँ । औपचारिक उद्घाटन भइसकेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अझै सर्वसाधारणका लागि खुला गरिएको छैन। उद्घाटन भएको केही दिन बितिसक्दा पनि सुरुङमार्...

ठाउँ–ठाउँमा अवैध हतियार बरामद, पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न जिल्लाबाट बेवारिसे अवस्थामा रहेका तथा व्यक्तिले लुकाएर राखेका अवैध हतियार बरामद गरेको छ। केही घटनामा हतियारसहित व्यक...

अझै सहमति जुटेन, एक सातादेखि शिक्षण अस्पतालमै रविन्द्रको शव

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको साम्प्रदायिक हिंसामा घाइते भएर ज्यान गुमाएका रविन्द्र मेहताको शव एक सातादेखि त्रिवि शिक्...

सदनमा भुइँतहका आवाज बोल्ने सपना

काठमाडाैै‌‌‌‌‌‌‌‌‌‌‍‌‌‌‌‌। जनप्रतिनिधिको जिम्मेवारी जनताबाट प्राप्त मतको सम्मान गर्दै उनीहरूका समस्या, सवाल र आवश्यकतालाई राज्यको नीति निर्माणको तहसम्...

पाल्पामा जिप दुर्घटना, १० जना घाइते; चार वर्षीय बालकको अवस्था गम्भीर

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४ चिउरीडाँडामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सोमबार बिहान झुम्सा–सत्यवती सडकखण्डमा बुटवलतर्फ जाँदै गरे...

सुनकोशीमा बेपत्ता दम्पतीको आज दाहसंस्कार, केदारनाथको कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...

रोपाइँ सकिँदा पनि मलको संकट कायम रहँदा सरकारलाई गम्भीर बन्न प्रचण्डकाे आग्रह

किसानलाई मल छैन, बिचौलियाको बिगबिगी

ट्रमा सेन्टर ढल्केबरमै बनाउन माग गर्दै राजमार्ग ठप्प, सरकारविरुद्ध चर्कियो आन्दोलन

धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending