ताप्लेजुङ । ताप्लेजुङमा हालसम्म करिब ४२ प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार आइतबारसम्ममा कुल ४२.७३ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको हो ।
ताप्लेजुङमा जेठ महिनाको दोस्रो सातादेखि नै धान खेती (रोपाइँ) गर्न सुरु गरिन्छ । जेठ महिनादेखि नै रोपाइँ सुरु भए पनि यसवर्ष पर्याप्त वर्षा नहुँदा हालसम्म तुलानात्मक रूपमा झण्डै आधाले कम मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका सूचना अधिकारी एवम् बाली संरक्षण अधिकृत शशीकुमार सिंहका अनुसार गतवर्ष हाल सम्ममा करिब ७२ प्रतिशत रोपाइँ भइसकेको थियो ।
बाली संरक्षण अधिकृत सिंहले यसवर्ष पर्याप्त वर्षा नभएपछि सिँचाइ अभावका कारण रोपाइँ गर्नमा समस्या रहेको बताए । उनका अनुसार प्राय, वर्षा निरन्तर भइरहे पनि रोपाइँ गर्ने गरी पानी नपरेको वा सिँचाइको कुलो चलाउने गरी पानीको मुल फुट्न सकेको छैन । जिल्लाको अधिकांस क्षेत्रमा आकाशे पानीकै भरमा धान खेती हुने भएकाले पानीको मुल फुट्ने गरी वर्षा नभएसम्म अझै रोपाइँ गर्ने स्थिति नरहेको उनको भनाइ छ ।
यता हालसम्म पर्याप्त वर्षा नभएपछि रोपाइँ नहुनेभन्दै किसान चिन्तित बन्न थालेका छन् । अहिलेसम्म रोपाइँ नभएको जिल्लाको माथिल्लो भेगमा अब धान खेती गर्नलाई पछुवा (ढिलो) हुने स्थानीय किसान बताउँछन् । किसानका अनुसार तल्लो औल क्षेत्रमा भने साउन १५ सम्म रोपाइँ गर्न पाए राम्ररी नै धान फल्ने छ । अहिलेसम्म पानीको मुल फुट्ने (पलाउने) गरी वर्षा हुन नसकेकाले किसानलाई चिन्तित बनाएको फुङ्लिङ नगरपालिका–९, हाङ्देवाका किसान घनश्याम पोखरेलले बताए ।
कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार जिल्लाको कुल खेतजीयोग्य जमिन २७ हजार ५५१ हेक्टर क्षेत्रफलमध्ये पाँच हजार ६६६.३२ प्रतिशतमा धान खेती गर्ने गरिन्छ। जिल्लाका किसानले बेलगुटी, भँगेरे, अट्टेजस्ता पुरानो रैथाने जातको धान खेती लगाउने गरेका छन्। यस्तै सुख्खा–१, खुमल–४ जस्ता केही उन्नत जातको धान खेतीसमेत किसानले लगाउने गरेका कृषि ज्ञान केन्द्रले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: