Khabar Dabali ९ माघ २०८२ बिहीबार | 22nd January, 2026 Thu
Investment bank

एमालेमा भण्डारी गुटको छुट्टै भेला

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेभित्र देखिने नै गरी दुई गुट अलग–अलग ढंगले अनौपचारिक छलफलको तयारीमा जुटेका छन्। पार्टीको सचिवालय र पोलिटब्युरो बैठकपछि सोमबार सुरु हुने केन्द्रीय कमिटी बैठकको तयारीका लागि दुवै पक्षले आन्तरिक छलफल थालेका छन्।

‘पोलिटब्युरो बैठकअघि पनि पूर्वराष्ट्रपति विद्या भण्डारीनिकट नेताहरूबिच आन्तरिक छलफल भएको थियो। आज (आइतबार) राति पनि अबेरसम्म पूर्वराष्ट्रपतिको निवास भंगालमा छलफल भयो। त्यसअघि साँझ केही सञ्चारकर्मीसँग पनि उहाँले निवासमै कुराकानी गर्नुभयो। प्रधानमन्त्री केपी ओलीसँगको भेट समग्रमा सकारात्मक दिशातर्फ उन्मुख भएको उहाँले सुनाउनुभयो,’ भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीसँग भेटघाट गरेर फर्केका एक नेताले जानकारी दिए। भेटघाटको संयोजन विनोद ढकालले गरेका थिए। आइतबार दिनभर डोरमणि पौडेललगायत नेताहरूले केन्द्रीय सदस्यहरूसँग छलफल र भेटघाट गरेका थिए।

पूर्वराष्ट्रपति भण्डारीसँगको भेटघाटपछि प्रधानमन्त्री निवासमा संस्थापन पक्षको छलफल भएको थियो। त्यहाँ महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीलगायत नेताहरू सहभागी भएका थिए। उता उपाध्यक्ष अष्टलक्ष्मी शाक्य पनि दिनभर नै व्यस्त भइन्।

केन्द्रीय कमिटीको बैठकको पूर्वसन्ध्यामा आइतबार पूर्वराष्ट्रपति भण्डारीको आग्रहमा प्रधानमन्त्री ओलीसँग ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा भेटघाट भएको छ। भण्डारीले भेटका लागि आग्रह गर्दा ओलीले बालुवाटार बोलाएका थिए। तर भण्डारीले पार्टी कार्यालय च्यासलमा भेट्ने प्रस्ताव राखिन्।

ओलीले उक्त प्रस्ताव सहजै स्वीकार गरे। आइतबार भण्डारीकै प्रस्तावअनुसार ओली पार्टी कार्यालयमा भेट भएको हो। ओलीले केन्द्रीय कमिटीको बैठकपछि मात्रै भण्डारीसँग भेट्ने तयारी गरेका थिए। एमालेको सचिवालय र पोलिटब्युरो बैठकपछि नेताहरूले पनि केन्द्रीय कमिटी बैठकपछि ओलीले भण्डारीसँग भेट्ने बताएका थिए। तर भण्डारीले त्यसअघि नै भेट्न आग्रह गरेकी थिइन्। ‘नेताहरूको दबाबका कारण दुवै जनाको भेटघाट भएको हो,’ भण्डारीनिकट रहेका एक नेताले भने।

भेटका लागि पूर्वराष्ट्रपति भण्डारी एमाले मुख्यालय च्यासलमा ३ः१५ बजेतिर पुगेकी थिइन्। भण्डारी एक दशकपछि औपचारिक रूपमा एमाले मुख्यालय पुगेकी हुन्। प्रधानमन्त्री ओली भने ४ः०० बजे मात्रै पार्टी कार्यालय पुगेका थिए। दुई जनाबिच ३ः०० बजे भेट तय भएकोमा प्रधानमन्त्री ओलीको व्यस्तताले एक घण्टा सरेको थियो।

ओली आउने समयअघि उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलसँग अनौपचारिक कुराकानी गरेकी थिइन्। वरिष्ठ उपाध्यक्ष पोखरेलले भण्डारीको सदस्यता नवीकरण गराउन आफूले नै लगेको बताएका थिए। त्यसअघि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भण्डारीको सदस्यता र जिम्मेवारीबारे संस्थागत निर्णयअघि अध्यक्ष ओलीले छलफल गर्ने तय भएअनुसार भेटघाट भएको बताएका थिए।

एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी विद्याको विषयले पछिल्लो समय पार्टी बैठकमा बहस चर्काएको छ।

भण्डारीले सदस्यता नवीकरण गरेको बताएकी छन्। तर पदाधिकारी बैठकमा उनको सदस्यता नवीकरण नभएको ओलीले खुलासा गरेका थिए। पोलिटब्युरो बैठकपछि विद्याको सदस्यता पेन्डिङमा रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका थिए। छलफलपछि जानकारी दिँदै नेता कर्ण थापाले छलफल राम्रो भएको बताए। ‘छलफल त उहाँहरूका बिचमा मात्रै भयो। उहाँहरूका बिचमा दुई घण्टा छलफल भयो। उहाँहरूका बडी ल्यांग्वेज हेर्दाखेरि सकारात्मक देखें। उहाँहरूको हार्दिकता, सम्मान, निकै लामो समययता राजनीतिक सहकार्य चलेको भनेपछि दुवै सकारात्मक हुनुहुन्छ,’ पोलिटब्युरो सदस्य थापाले भने।

शनिबार सकिएको एमाले पोलिटब्युरो बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरण भइनसकेको भन्दै उचित समयमा उचित निर्णय हुने निष्कर्ष निकालेको थियो। यसपछि भण्डारी आइतबार पार्टी अध्यक्ष ओलीलाई भेट्न पार्टी मुख्यालय च्यासल पुगेकी थिइन्। यो समाचार आजको नागरिक दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

म कांग्रेसको देशभरको पार्टी सभापति हुँ, आफैलाई परीक्षण गर्न सर्लाही ४ रोजेँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्दै काठमाडौं–४ छाडेर सर्लाही–४ बाट उम्मेदवारी दिएका छन्। लामो स...

बालकोटको मार्केटिङ फर्मलाई ५० हजार जरिवाना

काठमाडौँ । सूर्यविनायक-२ बालकोटस्थित खिलुङ्गा कालिका मार्केटिङ प्रालि कारबाहीमा परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको नियमित बज...

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर । माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’ शून्यजस्तै भएपछि विराटनगरका धुनिया चिन्तित छन् । जाडो सुरु भएसँगै व्यस्त हुने धुनियाहरू...

उम्मेदवारी दर्तापछि अब पार्टीहरूको ध्यान घोषणापत्रमा, तयारी कस्तो छ ?

काठमाडौं । प्रत्यक्ष चुनावमा लड्न चाहने उम्मेदवारहरूले मङ्गलवार दिनभरि मनोनयनपत्र दाखिला गरेपछि निर्वाचन अब बाँकी डेढ महिनाको अन्तिम चरणमा प्रवेश गरेक...

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले कहाँ-कहाँ दियो उम्मेदवारी ?

काठमाडौं । उज्यालो नेपाल पार्टीको देशभरका ९० भन्दा धेरै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएको छ। ठमाडौंका सबै क्षेत्रमा उम्मेदवार उठाएको पार्टीले ...

काठमाडौं महानगरले भन्यो- नदी दायाँबायाँ भवन निर्माण गर्न लगाएको प्रतिबन्ध हटाइएको छ

काठमाडौं । काठमाडौंं महानगरपालिकाले महानगर क्षेत्रभित्र नदीको दायाँबायाँ भवन निर्माण गर्न लगाइएको प्रतिबन्ध हटाएको छ।  महानगरपालिकाले आज सूचना जारी...

अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनारको भाउ थप बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेत...

देउवाको ३४ वर्षे संसदीय यात्रामा विराम

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएपछि कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ३४ वर्षे संसदीय यात्रा...

प्रतिनिधिसभा निर्वाचन- सबैभन्दा बढी रुपन्देही र कम मुस्ताङमा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आज निर्धारित समय तालिक...

देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भाव...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending