Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्य: ऊर्जामन्त्री खड्का

खबरडबली संवाददाता

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले अब देशमा उत्पादन भएको विद्युत् खेर जाने अवस्था नरहने बताएका छन् ।

पश्चिम सेती कोरिडोरमा जलविद्युत् विकास र ४०० के.भी. प्रसारण लाइन निर्माणका लागि सोमबार सम्पन्न बहुपक्षीय समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री खड्काले ट्रान्समिसन लाइनको अभाव अब दूर हुने र यो सहकार्यले ऊर्जा विकास मार्गचित्रअनुसारको लक्ष्यप्राप्तिमा ठोस टेवा पुर्‍याउने बताएका हुन्।

“ऊर्जा क्षेत्रमा महत्वपूर्ण आशा जगाएको यस समझदारीले प्रसारण संरचनाको अभाव पूर्ति गर्छ र उत्पादित विद्युत् खेर जाने समस्या अन्त्यतर्फ जान्छ। निजी क्षेत्रले पनि उत्पादन र बिक्री गर्न पाउने वातावरण बनाउन सरकार सकारात्मक छ। आन्तरिक खपतसँगै बढी विद्युत् बिक्रीका लागि निजी क्षेत्रलाई सहज वातावरण बनाउन काम भइरहेको छ,” मन्त्री खड्काले भने ।

पश्चिम सेती कोरिडोर अन्तर्गतका जलविद्युत् आयोजना र प्रसारण पूर्वाधार निर्माणमा सहकार्य गर्ने उद्देश्यले पाँच प्रतिष्ठित संस्थाहरू—हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड, चैनपुर सेती जलविद्युत् कम्पनी लिमिटेड,चिलिमे सेती हाइड्रोपावर कम्पनी लिमिटेड, र समृद्धि इन्जी लिमिटेडबीच आपसी समझदारीमा हस्ताक्षर भएको हो।

कार्यक्रममा एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत प्रजेशविक्रम थापा, प्रसारण कम्पनीका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठ, चैनपुर सेतीका प्रमुख कार्यकारी अधिकृत अनिलभक्त श्रेष्ठ, चिलिमेका नारायणप्रसाद आचार्य तथा जलविद्युत् उद्यमी शैलेन्द्र गुरागाईं लगायतले समझदारीपत्रमा संयुक्तरूपमा हस्ताक्षर गरेका थिए ।

समझदारी अनुसार बझाङ–निलेगडा–दोधारा ४०० केभी अन्तरदेशीय प्रसारण लाइन तथा सो लाइनमा जोडिने तीनवटा जलविद्युत् आयोजना—चैनपुर सेती (२१० मेगावाट), सेती नदी–३ (८७ मेगावाट) र बझाङ माथिल्लो सेती (२१६ मेगावाट) को निर्माण, वित्तीय स्रोतको परिचालन र सञ्चालनमा बहुपक्षीय सहकार्य हुनेछ। ज्क्ष्म्ऋी ले परियोजनाहरूको वित्तीय व्यवस्थापनको नेतृत्व गर्नेछ भने च्एन्ऋी ले आवश्यक मोडल तय गरीको माध्यमबाट प्रसारण लाइन निर्माण र सञ्चालनको जिम्मेवारी सम्हाल्नेछ।

कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्यले नेपालको ऊर्जा क्षेत्रमा निजी र सरकारी साझेदारी अपरिहार्य भइसकेको उल्लेख गर्दै यस्तो सहकार्यले प्रणालीगत सुधार ल्याउने र राष्ट्रिय उत्पादन क्षमतालाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । उहाँले ऊर्जा व्यापार, ट्रान्समिसन पूर्वाधार र निजी लगानी प्रवाहलाई सन्तुलनमा ल्याउँदै आत्मनिर्भरता हासिल गर्न यो कदमलाई राष्ट्रको ऊर्जा सुरक्षातर्फको कोशेढुंगाको रूपमा लिनुपर्ने धारणा राखेका छन ।

सम्झदारीमा हस्ताक्षर भएका आयोजनामध्ये अधिकांशले निर्माण अनुमति, वातावरणीय प्रभाव मूल्याङ्कन विद्युत् खरिद सम्झौता, ग्रिड जडान तथा लगानी स्वीकृतिका प्रमुख चरण पार गरिसकेका छन्। प्रसारण लाइनसम्बन्धी अध्ययन, डिजाइन तथा जग्गा अधिग्रहण कार्यहरू समेत सम्पन्न भइसकेका छन्।

यो सहकार्यले पश्चिम नेपालमा ऊर्जा पूर्वाधार विकासलाई गम्भीर गति दिनेछ, राष्ट्रिय प्रसारण सञ्जाललाई सबल बनाउनेछ र दीर्घकालीन रूपमा भारत–नेपाल विद्युत् व्यापारलाई समेत सघाउनेछ विश्वास गरिएको छ ।
 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शंकास्पद गतिविधिमा संलग्न ९ जना चिनियाँ नागरिक ललितपुरबाट पक्राउ

ललितपुर । अध्यागमन विभागले ललितपुरबाट शंकास्पद् गतिविधिमा संलग्न ९  जना चिनियाँ नागरिक पक्राउ गरेको छ । ललितपुरको धोबीघाटमा ठूलो संख्यामा चिनियाँ न...

त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त

काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...

पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौं। नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलले निमित्त रजिष्...

मध्यपहाडी राजमार्गको पाँचथर खण्ड अलपत्र पार्ने ठेकेदारसँगको ठेक्का रद्द

फिदिम। सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। म...

शिक्षा मन्त्रालयको सय दिन: शिक्षा क्षेत्रमा सुशासन र डिजिटल सेवा विस्तारमा जोड

काठमाडौँ। वर्तमान सरकार गठन भएयता परीक्षा प्रणालीमा सुधार, विश्वविद्यालयहरूमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने द...

जेनजी आन्दोलनपछि नारायणहिटी सफा गर्न लगाइएको सूचना पाएका थियौँ: प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीआन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको ...

संविधान संशोधनअघि उद्देश्य र नियत स्पष्ट हुनुपर्छ: अध्यक्ष दाहाल

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन गर्नुअघि त्यसको उद्देश्य र नियत स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताएका छन्। बु...

सभामुख अर्याल र साउदी राजदूतबीच भेट, संसदीय सहकार्य र लगानी विस्तारमा जोड

काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित स...

इन्धनको मूल्य घटेपछि निजी पेट्रोल पम्प बन्द, भद्रकालीमा लामो लाइन

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य...

मुस्ताङमा युरेनियम उत्खननबारे नेपाल–अमेरिका सेना सम्झौता भएको दाबी असत्य: परराष्ट्रमन्त्री खनाल

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending