काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको नवौँ बैठकलाई सम्बोधन गर्दै पार्टीविरुद्ध ‘लगानीसहितको असाधारण हमला’ भइरहेको दाबी गरेका छन्। उनले अबको समय व्यापक एकता र बहुमत हासिल गरेर मात्रै ‘मिशन ८४’ सफल पार्न सकिने बताए।
“हामीले मिसन ८४ भनेका छौँ,” ओलीले भने, “बहुमत नभई काम गर्न सकिन्न, एकमना एकता नभई नीति लागू गर्न सकिन्न।” उनले बैठकलाई छोटो समयमा प्रभावकारी रूपमा सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याउँदै पार्टी भित्र र बाहिरका चुनौतीबारे स्पष्ट धारणा व्यक्त गरे।
ओलीले अघिल्लो आठौँ बैठकपछि भएका गतिविधिहरूबारे मौखिक रूपमा जानकारी दिँदै पार्टी इतिहासदेखि नै हमला बेहोर्दै आएको उल्लेख गरे। “हाम्रो आन्दोलनले सधैँ हमला बेहोरेको छ, विरोधीहरूले न त समर्थन गर्छन्, न त सच्चा व्यवहार देखाउँछन्,” उनले भने।
ओलीले माओवादी नेतृत्वप्रति विशेष गरी प्रचण्डलाई लक्षित गर्दै तीव्र आलोचना गरे। “हतियारबन्द आन्दोलनको जस–अपजस नेतालाई जान्छ,” उनले भने, “सफलता र असफलताको जवाफ प्रचण्डले दिनुपर्छ।” उनले माओवादीको वर्तमान राजनीतिक व्यवहारलाई भिन्न र दिशाहीन भएको टिप्पणी गरे।
ओलीले सर्वोच्च अदालतको निर्णयमाथि असन्तुष्टि जनाउँदै विधायिकामाथि हमला भएको आरोप पनि लगाए। उनले पार्टीको भूतपूर्व एकीकरणको विषयमा अदालतको हस्तक्षेपप्रति असहमति जनाए। साथै, हालै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटवार्ताबारे स्पष्ट पार्दै अनावश्यक व्याख्या गरिएको बताए।
“पूर्वराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटघाट भयो भनेर ठूलो कुरा होइन,” ओलीले भने, “केहीले प्रवक्ता बनेको देखिन्छ, किन त्यसो भयो?”
ओलीले १८ महिना सुदृढ सरकार सञ्चालनको योजना सुनाउँदै, पार्टी नेतृत्वको निर्णयलाई संस्थागत रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे। “लोकतान्त्रिक अभ्यास मैले लिड गरेको हो,” उनले भने, “पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास गर्दै आठौँ महाधिवेशनसम्म ल्याइएको हो।”
अन्त्यमा उनले सबै नेताहरुलाई बैठकमा गम्भीर रूपमा सहभागी हुन र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी हितका लागि काम गर्न आग्रह गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...
पौष १० गते, २०८२ - ०९:०९
काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...
पौष १० गते, २०८२ - ०९:०२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...
पौष १० गते, २०८२ - ०८:३१
कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल
पौष १० गते, २०८२ - ०८:११
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...
पौष १० गते, २०८२ - ०८:००
काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...
पौष १० गते, २०८२ - ०७:५७
काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...
पौष १० गते, २०८२ - ०७:४६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...
पौष १० गते, २०८२ - ०७:३५
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...
पौष १० गते, २०८२ - ०७:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...




प्रतिकृया लेख्नुहोस्: