Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

जापानमा मागा-शैलीको ‘विश्वव्यापी-विरोधी’ राजनीतिको आगमन

खबरडबली संवाददाता

टोकियो। दक्षिणपन्थी राजनीतिज्ञहरूले अन्यत्र ‘अभिजात वर्ग’, ‘विश्वव्यापीकरण’ र आप्रवासनको विरुद्धमा व्यापक रूपमा विरोध गर्दै गर्दा जापानमा लोकप्रियतावादी आदर्शहरूले गति लिइरहेको छ ।

प्रधानमन्त्री शिगेरु इशिबाको गठबन्धनले आइतबारको चुनावमा माथिल्लो सदनको बहुमत गुमाएको भए पनि पाँच वर्षअघि मात्र बनेको ‘जापानिज फस्र्ट’ सान्सितो पार्टीले आफ्नो सिट दुईबाट बढाएर १५ बनाएको छ । सान्सितोको एजेन्डा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन (मागा)’, अल्टरनेटिभ फर जर्मनी (एएफडी) र बेलायतमा नाइजेल फराजको रिफर्म पार्टी जस्ता दक्षिणपन्थी आन्दोलनहरूको प्रतिलिपिबाटै आएको छ ।

यसमा आप्रवासन र विदेशी पूँजीमा ‘कडा नियम र सीमाहरू’, ‘विश्वव्यापीकरण’ र ‘कट्टरपन्थी’ लैङ्गिक नीतिहरूको विरोध र कार्बन मुक्तिकरण र खोपहरू तथा कीटनाशक मुक्त कृषिमा पुनर्विचार समावेश छ । युट्युबमा स्थापित सान्सितोले ‘जनतामा शक्ति फिर्ता ल्याउनेछ’ भनेर पार्टीका ४७ वर्षीय नेता, पूर्व शिक्षक तथा सुपरमार्केट प्रबन्धक सोही कामियाले जापान टाइम्समा लेखेको छन् ।

सस्तो श्रम

सर्वेक्षणहरूले आप्रवासनलाई मुद्रास्फीति र अर्थतन्त्रका बारेमा धेरै चिन्तित मतदाताहरूको सूचीमा धेरै तल राखेका छन् । तर सान्सितोका लागि आफ्नो अर्थतन्त्रलाई अत्यावश्यक पर्ने आप्रवासन अन्य विकसित देशहरूको तुलनामा धेरै कम रहेको जापानमा नयाँ आगन्तुकहरूको आगमन अपराधदेखि बढ्दो सम्पत्तिको मूल्यदेखि खतरनाक ड्राइभिङसम्मका धेरै समस्याका लागि जिम्मेवार छ ।

“यदि तिनीहरू पर्यटकका रूपमा आउँछन् भने यो ठिक छ, तर यदि तपाईंले सस्तो श्रम भएको भन्दै धेरैभन्दा धेरै विदेशीलाई लिनुभयो भने जापानी जनताको तलब बढ्ने छैन”, कामियाले एक अभियानमा भने, “तर हामी बहिष्करणवादी छैनौँ । हामीले विदेशीहरूलाई बाहिर निकाल्न कहिल्यै आह्वान गरेका छैनौँ ।” यसैबिच अनलाइन प्लेटफर्महरू गलत सूचनाले भरिएका छन् । तीमध्ये केही जापानी तथ्य(जाँच समूह र सरकारले अस्वीकार गरेका छन् ।

केही पोस्टहरूले विदेशीहरूले एक वर्षमा करिब तीन अर्ब डलर मेडिकल बिलहरू भुक्तान नगरी छोड्छन् वा कल्याणमा रहेका चिनियाँ बासिन्दाहरू पाँच वर्षमा दोब्बर भएका छन् भनी गलत दाबी गरेका छन् । टोकियोको सिनागावा स्टेसनको अगाडि सान्सितोको चुनावी र्यालीमा सुन्तला टी-शर्ट लगाएका पार्टीका कार्यकर्ताहरूले ‘जापानलाई विनाश गर्न बन्द गर !’ पर्चाहरू बाँडिरहेका थिए । एक मतदाताले उहाँको आवाज अन्तत: सुनिएको बताए।

“उनीहरूले मैले वर्षौंसम्म सोचेका तर शब्दहरूमा राख्न नसकेका कुराहरूलाई शब्दबद्ध गरे”, अस्थायी अल्पकालीन करारमा रहेकी ४४ वर्षीया ती आइटी कामदारले भन्नुभयो, “विदेशीहरू विश्वविद्यालय जाँदा जापानी सरकारले तिनीहरूलाई अनुदान प्रदान गर्छ, तर हामी विश्वविद्यालय जाँदा सबैको ठूलो ऋण थियो ।”

-मस्कोको हस्तक्षेप

जापान इन्स्टिच्युट अफ ल एन्ड इन्फर्मेसन सिस्टम थिङ्क-ट्याङ्कका इचिरो यामामोतोले धेरै पढेको ब्लग पोस्टका अनुसार रूसी बट खाताहरू ‘ठूलो मात्रामा सूचना हेरफेर’ का लागि जिम्मेवार छन् । यसलाई आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० ले जापानी भाषामा सामग्रीको राम्रो अनुवाद गर्न सक्षम बनाएको छ । जापानी दक्षिणपन्थीहरूका लागि लामो समयसम्म अभिशाप रहेको रुसप्रति थप समझदारी पनि कामियाका लागि विषयवस्तु हो ।

“रुसको सैन्य आक्रमण (युक्रेनको) निस्सन्देह नराम्रो थियो, तर संयुक्त राज्य अमेरिकामा त्यहाँ शक्तिहरू छन् जसले रुसलाई त्यसो गर्न बाध्य पारे”, आफू ‘रुस समर्थक’ हुन अस्वीकार गर्दै कामियाले भन्नुभयो । रूसी राज्य मिडियाले सान्सितो उम्मेद्वारको अन्तर्वार्ता लिएपछि उहाँ आफ्नो अभियानका क्रममा मस्कोबाट समर्थन प्राप्त गर्न अस्वीकार गर्न बाध्य भए। रुसमाथि अन्य देशहरूमा यस्तै दलहरूलाई समर्थन गरेको आरोप लगाइएको छ ।

शून्य अवैधानिक

अन्य देशहरूमा जस्तै सान्सितोको उदय र यसको सफलताले सरकारलाई नयाँ आप्रवासन नीतिहरू घोषणा गर्न प्रेरित गरेको छ र अन्य दलहरूलाई चुनाव अभियानका क्रममा वाचा गर्न प्रेरणा दिएको छ । इशिबाको एलडिपीले ‘शून्य अवैध विदेशी नागरिकहरू’ प्राप्त गर्ने लक्ष्य घोषणा गरेको छ र सरकारले आप्रवासन र बसोबासका लागि व्यवस्थापन प्रणालीलाई बलियो बनाउने बताएको छ ।

आठ गैरसरकारी संस्थाले गत हप्ता जारी गरेको संयुक्त वक्तव्यलाई ‘द्रुत रूपमा फैलिरहेको जेनोफोबिया (विदेशी मानिस मन नपराउने)’ प्रति चेतावनी दिँदै एक हजारभन्दा बढी समूहले समर्थन गरेका थिए । ‘विदेशीहरूलाई प्राथमिकता दिइन्छ’ भन्ने तर्क पूर्णतया निराधार लोकप्रियवाद हो”, वक्तव्यमा भनिएको छ ।

सुकुबा विश्वविद्यालयका राजनीति र समाजशास्त्रका प्राध्यापक हिदेहिरो यामामोतोले एलडिपी अन्यत्रका स्थापित पार्टीहरूभन्दा फरक र ‘सबै समावेशी पार्टी’ बनेर रहेको भन्दै लोकप्रियवादले पहिले पकड बनाउन नसकेको बताए। “एलडिपीले सहरहरूमा निम्न मध्यमवर्गीय बासिन्दाहरू, ग्रामीण क्षेत्रका किसानहरू र साना र मध्यम आकारका कम्पनीहरूको हेरचाह गरेको छ”, यामामोतोले भने । विगतमा जापानमा अन्य नयाँ पार्टीहरूको उदय र गिरावटलाई औँल्याउँदै उहाँ सान्सितो कायम रहने कुरामा निश्चित छैनन् । “तपाईं जनतामाझ अस्थायी मनोदशा राखेर मात्र समर्थन प्राप्त गर्न जारी राख्न सक्नुहुन्न”, उनले भने । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी अन...

रास्वपाको बन्द सत्र स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको नामावलीम...

पासपोर्ट ठेक्का प्रकरणमा सिद्धार्थ थापा र मनिन्द्र मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद (पासपोर्ट ठेक्का) प्रकरणमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र म्यूल...

रास्वपाको बन्दसत्र आज नहुने सम्भावना, भोली बिहान गर्नेबारे छलफल

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र कार्यक्रम आज नहुने सम्भावना बढेको छ। महाधिवेशन प्रत...

राहदानी छपाइ प्रकरण: आरजु राणासहित १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा ...

रास्वपा महाधिवेशनमा खानाको मेन्यू, काउलीदेखि खसीको मासुसम्म

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी रहेको छ। आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने कार्यक्र...

यसवर्षको मनसुन कोशीदेखि विस्तार हुँदै

काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको सम्पूर्ण भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षे...

नेप्से परिसूचक १.४६ अंकले घट्यो, ४ अर्ब ४४ करोडभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से १.४६ अंकले घट्दै २७००.६५ विन्द...

गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ ।  अत्यधिक गर्...

बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा

लन्डन । बेलायतका प्रधानमन्त्री सिर कीर स्टार्मरले प्रधानमन्त्री पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेको छन् । बुधबार लन्डनस्थि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending