सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा पारिवारिक समस्या र जग्गा विवादले उग्ररूप लिँदा छोराले छुरा प्रहार गरी बुवाको हत्या गरेका छन् ।
देवानगञ्ज ३ का ३५ वर्षीय रियाज अन्सारीले आफ्नो ६५ वर्षीय बुवा सबिब अन्सारीको कुटपिटसहित छुरा प्रहार गरी हत्या गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार मंगलबार राति विवाद चर्किएपछि रियाजले बुवालाई कुटपिट गरेका थिए । गम्भीर चोटका कारण घटनास्थलमै सबिब अन्सारीको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जनाएको छ।
पारिवारिक स्रोतका अनुसार अन्सारी परिवारमा लामो समयदेखि जग्गाको स्वामित्व र अंशबन्डालाई लिएर विवाद थियो। सोही विषयलाई लिएर पटक–पटक घरमा झगडा हुँदै आएको थियो।
प्रहरीले अभियुक्त रियाज अन्सारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ। शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी बायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।
घटनाले स्थानीय स्तरमै केहीमा चासो र त्रास उत्पन्न गराएको छ। पारिवारिक विवादले ज्यान जाने अवस्था आउनु दु:खद भएको स्थानीयबासीले बताएको पत्रकार ब्राह्मदेव मेहताले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - १७:४४
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। बुधबार गृह मन्त्रालयमा बसेको बैठकले फागुन २१ गते हुने निर्...
माघ ८ गते, २०८२ - १७:१७
ललितपुर । प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा ७४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार विभिन्न राजनीतिक दल तथा स्...
माघ ८ गते, २०८२ - १६:५८
काठमाडौँ । रसुवा भन्सार नाकाबाट २ अर्ब ३ करोड ५७ लाख ८९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने ६ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको वस्तु निर्यात...
माघ ८ गते, २०८२ - १६:४३
काठमाडौं । अमेरिकाले मंगलबार फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चाटर्ड विमानमार्फत उनीहरूलाई काठमाडौं ल्याएर छाडिएको हो। अध्यागमन विभागक...
माघ ८ गते, २०८२ - १६:३४
काठमाडौँ । पछिल्लो ६ महिनामा देशको सार्वजनिक ऋण १ खर्ब ३२ अर्ब रुपैयाँभन्दा बढीले बढेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/...
माघ ८ गते, २०८२ - १५:२९
काठमाडौँ । निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ। न्य...
माघ ८ गते, २०८२ - १५:२३
काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा भारतीय वायुसेनाको प्रशिक्षणमा रहेको एक विमान दुर्घटनामा परेको छ। उक्त दुर्घटना मंगलबार दिउँसो भएको हो।...
माघ ८ गते, २०८२ - १५:११
काठमाडौँ। पोखरामा यही जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म आयोजना हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ । अखिल नेपाल ...
माघ ८ गते, २०८२ - १४:५९
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित दायर भ...
माघ ८ गते, २०८२ - १४:४६
झापा । झापा क्षेत्र नम्बर ५ का कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० प्रवेश गरेका छन् । बुढाथ...




प्रतिकृया लेख्नुहोस्: