Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

थाइल्यान्ड र कम्बोडियाको सीमामा गोली चल्यो

खबरडबली संवाददाता

बैंकक । थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवाद अब गम्भीर कूटनीतिक संकटमा परिणत भएको छ । पछिल्लो घटनाक्रममा, थाइल्यान्डले कम्बोडियाबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ भने कम्बोडियाली राजदूतलाई देश छोड्न आदेश दिएको छ । 

यो निर्णय एक थाई सैनिक बारुदी सुरुङ विस्फोटमा घाइते भएपछि गरिएको हो । प्रतिक्रियामा, कम्बोडियाले पनि सबै थाई कूटनीतिज्ञहरूलाई देश छोड्न आग्रह गर्दै बैंककबाट आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलायो । एपीले छापेको समाचारका अनुसार विवादित सीमा क्षेत्रमा थाई र कम्बोडियाली सैनिकहरूले पनि एकअर्कामाथि गोली चलाएका छन् । 

थाई सेनाले थाइल्याण्डको उबोन रत्चाथानी प्रान्तमा विस्फोट भएको दाबी गरेको छ । यस घटनामा पाँच सैनिक घाइते भएको र एक सैनिकले आफ्नो खुट्टा गुमाएका बताइएको छ । उता, कम्बोडियाले चाँहि विस्फोट उनीहरूको प्रेह विहार प्रान्तमा भएको दाबी गरेको छ । आपसी सहमति हुँदा हुँदै पनि सीमामा नयाँ बारुदी सुरुङ बिछ्याइएको आरोप दुवै पक्षले एकअर्कामाथि लगाइरहेका छन् । 

विस्फोटमा प्रयोग गरिएका सुरुङहरू रुसी प्रविधिको भएको आरोप थाई अधिकारीहरूले लगाएका छन् । बारुदी सुरुङहरू दुवै देशले संयुक्त रूपमा सुरक्षित मार्गहरू भनेर घोषणा गरेको मार्गमा बिछ्याइएको भनिएको छ । थाइल्यान्डले कम्बोडियालाई ओटावा सन्धिको उल्लङ्घन गरेको आरोप पनि लगाएको छ, यो सन्धीले एन्टी–पर्सनल माइनहरूको प्रयोगलाई प्रतिबन्ध लगाएको छ । 

कम्बोडियाली रक्षा मन्त्रालयले थाई आरोपहरूलाई अस्वीकार गरेको छ । विस्फोट उनीहरूको क्षेत्रमा भएको र थाई सैनिकहरूले २००० को सम्झौताको उल्लङ्घन गर्दै विवादित क्षेत्रमा गस्ती गरेको उसको भनाइ छ । सीमा क्षेत्रमा धेरै बारुदी सुरुङहरू अझै पनि २० औं शताब्दीको द्वन्द्वको विरासतको रूपमा रहेको र उनीहरूको तर्फबाट कुनै नयाँ सुरुङहरू नबिछ्याइएको पनि मन्त्रालयले भनेको छ । 

कूटनीतिक सम्बन्धमा दरार

तनावका कारण थाइल्यान्डले आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउँदै कम्बोडियाली कूटनीतिज्ञहरूलाई निष्कासन गरेको छ । प्रतिक्रियामा, कम्बोडियाले बैंककबाट आफ्ना सबै कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउनुको साथै थाई फिल्म र टिभी कार्यक्रमहरूमा प्रतिबन्ध लगाएको छ ।  साथै, थाई फलफूल र तरकारी, इन्धन र इन्टरनेट सेवाहरूको आयात पनि बन्द गरिएको छ । 

यस घटनाको बारेमा विदेश मन्त्रालयले आधिकारिक विरोध दर्ता गर्ने र अन्य विकल्पहरू पनि विचार गरिरहेको थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुम्थम भेचायचाइले बताए । जुलाई १ मा, सीमा विवादका कारण थाई प्रधानमन्त्रीलाई नैतिक अनुसन्धानको लागि निलम्बन गरिएको थियो । यस्तो अवस्थामा, यी घटनाहरूले दुई देशबिचको सम्बन्धलाई अझ गम्भीर मोडमा पुर्‍याउने विश्लेषण भइरहेका छन् । एजेन्सी

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ...

अध्यादेशको बाटो रोज्दा नेकपाको आपत्ति: ‘संसद् छल्ने काम बन्द गर, अधिवेशन तुरुन्त बोलाऊ’

काठमाडौं । नेकपाले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कडा असन्तुष्टि जनाएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बस...

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । अधिवक्ता डा प्रेमराज सिलवालले मंगलबार दायर गर...

जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छः मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुलुकको सङ्घीय संरचनालाई दीर्घकालीन रूपमा सबल पार्न जनताको चाहना र भूगोललाई मध्यनजर राख...

बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको निर्देशनपछि धादिङ र नुवाकोटसम्म सञ्चालन हुने सार्वजनिक यातायात बसपार्कबाटै सञ्चालन हुन थालेका छन् । काठमाडौँ महा...

झापामा ८ लाखभन्दा बढी मूल्यको अवैध चिनियाँ स्याउ बरामद

झापा । झापामा अवैध रूपमा भारत लैजान लागिएको ठूलो परिमाणको चाइनिज फुजि स्याउ बरामद गरिएको छ। आज दिउँसो करिब साढे १२ बजेको समयमा झापा गाउँपालिका–१ सालमा...

सुकुमबासीको विवरण संकलन गर्न सेना किन सक्रिय ?

काठमाडौँ । काठमाडौंको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण संकलन गर्न थालिएको छ । सुकुमबासीक...

३७ मुद्दा बोकेका ‘पुराना अनुहार’ फेरि पक्राउ: चोरी आरोपमा सन्तोष रानाभाट समातिए

काठमाडौं । पटक–पटक कानुनको फन्दामा परिरहेका सन्तोष रानाभाट फेरि चोरी आरोपमा पक्राउ परेका छन्। प्रहरीले लामो आपराधिक पृष्ठभूमि भएका उनलाई नियन्त्रणमा ल...

बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बुधबार साँझदेखि देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरीसहित मेघगर्जन, चट्याङ, असिना र वर्षाको सम्भावना रहे...

इरान प्रस्तावप्रति अमेरिका कठोर

काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending