Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

थाइल्यान्ड र कम्बोडियाको सीमामा गोली चल्यो

खबरडबली संवाददाता

बैंकक । थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवाद अब गम्भीर कूटनीतिक संकटमा परिणत भएको छ । पछिल्लो घटनाक्रममा, थाइल्यान्डले कम्बोडियाबाट आफ्नो राजदूत फिर्ता बोलाएको छ भने कम्बोडियाली राजदूतलाई देश छोड्न आदेश दिएको छ । 

यो निर्णय एक थाई सैनिक बारुदी सुरुङ विस्फोटमा घाइते भएपछि गरिएको हो । प्रतिक्रियामा, कम्बोडियाले पनि सबै थाई कूटनीतिज्ञहरूलाई देश छोड्न आग्रह गर्दै बैंककबाट आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलायो । एपीले छापेको समाचारका अनुसार विवादित सीमा क्षेत्रमा थाई र कम्बोडियाली सैनिकहरूले पनि एकअर्कामाथि गोली चलाएका छन् । 

थाई सेनाले थाइल्याण्डको उबोन रत्चाथानी प्रान्तमा विस्फोट भएको दाबी गरेको छ । यस घटनामा पाँच सैनिक घाइते भएको र एक सैनिकले आफ्नो खुट्टा गुमाएका बताइएको छ । उता, कम्बोडियाले चाँहि विस्फोट उनीहरूको प्रेह विहार प्रान्तमा भएको दाबी गरेको छ । आपसी सहमति हुँदा हुँदै पनि सीमामा नयाँ बारुदी सुरुङ बिछ्याइएको आरोप दुवै पक्षले एकअर्कामाथि लगाइरहेका छन् । 

विस्फोटमा प्रयोग गरिएका सुरुङहरू रुसी प्रविधिको भएको आरोप थाई अधिकारीहरूले लगाएका छन् । बारुदी सुरुङहरू दुवै देशले संयुक्त रूपमा सुरक्षित मार्गहरू भनेर घोषणा गरेको मार्गमा बिछ्याइएको भनिएको छ । थाइल्यान्डले कम्बोडियालाई ओटावा सन्धिको उल्लङ्घन गरेको आरोप पनि लगाएको छ, यो सन्धीले एन्टी–पर्सनल माइनहरूको प्रयोगलाई प्रतिबन्ध लगाएको छ । 

कम्बोडियाली रक्षा मन्त्रालयले थाई आरोपहरूलाई अस्वीकार गरेको छ । विस्फोट उनीहरूको क्षेत्रमा भएको र थाई सैनिकहरूले २००० को सम्झौताको उल्लङ्घन गर्दै विवादित क्षेत्रमा गस्ती गरेको उसको भनाइ छ । सीमा क्षेत्रमा धेरै बारुदी सुरुङहरू अझै पनि २० औं शताब्दीको द्वन्द्वको विरासतको रूपमा रहेको र उनीहरूको तर्फबाट कुनै नयाँ सुरुङहरू नबिछ्याइएको पनि मन्त्रालयले भनेको छ । 

कूटनीतिक सम्बन्धमा दरार

तनावका कारण थाइल्यान्डले आफ्ना कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउँदै कम्बोडियाली कूटनीतिज्ञहरूलाई निष्कासन गरेको छ । प्रतिक्रियामा, कम्बोडियाले बैंककबाट आफ्ना सबै कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउनुको साथै थाई फिल्म र टिभी कार्यक्रमहरूमा प्रतिबन्ध लगाएको छ ।  साथै, थाई फलफूल र तरकारी, इन्धन र इन्टरनेट सेवाहरूको आयात पनि बन्द गरिएको छ । 

यस घटनाको बारेमा विदेश मन्त्रालयले आधिकारिक विरोध दर्ता गर्ने र अन्य विकल्पहरू पनि विचार गरिरहेको थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुम्थम भेचायचाइले बताए । जुलाई १ मा, सीमा विवादका कारण थाई प्रधानमन्त्रीलाई नैतिक अनुसन्धानको लागि निलम्बन गरिएको थियो । यस्तो अवस्थामा, यी घटनाहरूले दुई देशबिचको सम्बन्धलाई अझ गम्भीर मोडमा पुर्‍याउने विश्लेषण भइरहेका छन् । एजेन्सी

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सत्ता लोभको खेल, मधेसवादी दलहरू फेरि ‘एकताको पिँजडा’ भित्र

मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु

‘गोली आदेश’ विवाद नथामिँदै सहसचिव रिजालमाथि अर्को आरोप—भ्रष्टाचार

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...

एमाले आन्तरिक द्वन्द्व चर्कीँदै: पोखरेल समूहका युवाहरू राजधानीमा

एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...

भोजपुरबाट प्रतिनिधिसभा चुनावका लागि काँग्रेसले प्रत्यक्षमा ६ र समानुपातिकमा ८ जनाको नाम सिफारिस

भोजपुर । नेपाली कांग्रेस जिल्ला कार्य समितिले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरी कोशी प्रदेश समितिमा पठाएको छ। ...

जति प्रयास गरे पनि सफिन सकेनन् उपत्यकाका नदी

काठमाडौँ । वर्षौँदेखि चलिरहेका सरसफाइ अभियान, सचेतनामूलक कार्यक्रम र सरकारी पहलका बाबजुद काठमाडौँ उपत्यकाका नदीहरू अझै पनि फोहोरमै डुबिरहेका छन्। म...

नेपाली बजारमा इतिहासकै उच्च मूल्यमा अमेरिकी डलर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। राष्ट्र बैंकका अनुसार एक...

सरकार चुनाव गर्दै सुशासनको अनुभूति गराउने प्रतिबद्ध छः सञ्चार मन्त्री खरेल

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चुनाव गर्दै सरकार सुशासनको अनुभूति गराउन प्रतिबद्ध रहेको बताएका छन्। उनले यो कुरा किताब यात्रा ...

कांग्रेसले काठमाडौं–१ बाट सिंह र आचार्यको नाम सिफारिस

काठमाडौँ। नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौं–१ बाट निवर्तमान सांसद प्रकाशमान सिंह र बाबुराम आचार्यलाई सिफारिस ...

सर्लाहीमा गरिमा विकास बैंकका ऋणीद्वारा आत्मदाहको प्रयास

सर्लाही। मलंगवा निवासी ऋणी नथुनी मुखिया बुधबार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्ने प्रयास गरेका छन्। उनले गरिमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending