Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

फत्तेपुरमा हरियोपात कुहाएर प्राङ्गारिक मल उत्पादन गरिँदै

खबरडबली संवाददाता

सप्तरी । दैनिक रूपमा खेर गइरहेको विभिन्न रुख बिरुवाका पात सङ्कलन गरी प्राङ्गारिक मल उत्पादनमा प्रयोग गर्न थालिएको छ । जिल्लाको सप्तकोसी नगरपालिका–१ स्थित फत्तेपुरमा रुखबाट झरेर सुकेका पात र वनका पोथ्रा रुखको हरियोपात कुहाएर प्राङ्गारिक मल उत्पादन गर्न थालिएको हो ।

रक्तमाला नमुना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष इन्द्रप्रसाद लुइँटेलले उत्पादित मल किसानलाई निःशुल्क वितरण गर्ने योजना रहेको बताए । उनले वनमा खेर जाने पातपतिङ्गर जम्मा गरी मल उत्पादन गर्ने, विभिन्न जडीबुटीको बोट रोप्ने, पार्कलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि अनुसन्धान केन्द्रका रूपमा विकास गरी वन संरक्षण, स्वच्छ वातावरण र आयआर्जनसँग जोड्ने उद्देश्यले काम भइरहेको जानकारी दिए ।

जिल्ला वन र सामुदायिक वनको सहकार्यमा जडीबुटी तथा फलफूलका बिरुवा रोप्ने, विभिन्न प्रजातिका बिरुवा उत्पादन र वितरण, कम्पोस्ट मल उत्पादनलगायत काम भइरहेको अध्यक्ष लुइँटेलले बताए । सप्तकोसी–१ स्थित फत्तेपुरमा रक्तमाला नमुना सामुदायिक वन उपभोक्ता समिति र जिल्ला वन कार्यालयको संयुक्त रूपमा साझेदारी गरी जैविक तथा सहिद पार्क निर्माणस्थल बनाइएको उनले जानकारी दिए ।

वन संरक्षण तथा पर्यावरण सुरक्षासम्बन्धी जानकारी दिँदै अध्यक्ष लुइँटेलले भने,“नमुनाका लागि यस पटकमा १० हजार किलो सुकेको र १० हजार किलो हरियोपात मिलाएर २० हजार किलो प्राङ्गारिक मल उत्पादन गर्ने योजना छ । जैविक तथा हरित पार्कबाट वार्षिक रु २२ लाख आम्दानी लिने लक्ष्य राखेर काम गरिरहेका छौँ ।”

उनका अनुसार यस ठाउँमा ३४७ दशमलव पाँच हेक्टर क्षेत्रफलमा पार्क निर्माण, ट्रिहाउस निर्माण, पोखरी निर्माण, गोल घर निर्माण, बाटो निर्माण, वृक्षारोपणलगायत कार्य गरिएको छ । जिल्ला वन कार्यालयले मातहतका सब डिभिजन कार्यालयमा नर्सरी लगाएर लाखाैँ बिरुवा उत्पादन गरी समुदायस्तरमा वितरण गर्दै आएको जिल्लास्थित डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत सुभाषचन्द्र दासले बताए । 

उनका अनुसार खैर, अमला, लताम, सिसौ, अर्जुन, टिक मसला, मलेसियन सखुवा, तेजपत्ता, आँप, लिची, मोरिङ्गालगायत विभिन्न प्रजातिका बिरुवा उत्पादन भइरहेका छन् । सप्तरीमा कूल २१ हजार एक सय ३६ हेक्टर वन क्षेत्र रहेकामा एक सय ३७ सामुदायिक वन र छ वटा सब डिभिजन वन कार्यालय रहेका जनाउँदै दासले सबै सरोकार भएका निकायसँगको सहकार्य र समन्वयमा वन संरक्षणका लागि योजनाबद्ध काम गर्न थालिएको बताए ।

डिभिजनल वन अधिकृत दासका अनुसार जिल्लामा जल क्षेत्र तीन हजार १४३ दशमलव ९२, वन क्षेत्र २१ हजार १३६, घाँसे मैदान एक हजार ४९३ दशमलव ३६, सिमसार तीन हजार ९८१ दशमलव ८७, कृषि क्षेत्र ६७ हजार ६७५ दशमलव ६१, बुट्यान क्षेत्र १२ हजार ६३५ दशमलव ८६, बस्ती क्षेत्र १२ हजार ७६६ दशमलव एक र बाँझो क्षेत्र पाँच हजार २६७ दशमलव ३८ रहेका छन् ।

जिल्लामा पाइने मुख्य काष्ठजन्य प्रजाति साल, अस्ना, सिसौँ, खयर, सिमल, हर्राे, बर्राे, जामुन हुन् भने लघु वन पैदावारमा च्याउ, निउरो, वेत, बोजो, भ्याकुर, दतिवन, अम्रिसो, राजवृक्ष, सिन्दुरे, थाकल, कुटमिरा, सिमसाग, लुँडे, बयर, अमला, कुरिलो, बाँस लगायत रहेका उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: