Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

मधेशका सुख्खाग्रस्त क्षेत्रका किसानलाई राहत दिन सांसदहरूकाे माग

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयमा वर्षा नहुँदा खानेपानी तथा सिँचाइको अभाव भएका तराई–मधेसका जिल्लामा किसान लक्षित राहतका कार्यक्रम तत्काल घोषणा गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । 

बैठकमा सांसदहरूले किसानलाई विद्युत् महसुल छुटलगायत सुविधा उपलब्ध गराउन माग गरेका हुन् । बैठकमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सिँचाइ प्रयोजनका लागि प्रयोग हुने विद्युत्को महसुलमा सरकारले छुट दिनुपर्ने माग राखे । अव्यवस्थित विद्युतीय संरचनाका कारण बोरिङ तथा विद्युतीय पम्प चलाउँदा करेन्ट लागेर किसानले ज्यान गुमाइरहेका विषय पनि उनले संसदमा उठाए ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद रामप्रकाश चौधरीले तराई–मधेसका जिल्लामा देखिएको खडेरीको समस्याबाट प्रभावित किसानका लागि तत्काल राहत तथा अनुदानको प्याकेज घोषणा गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद योगेन्द्र मण्डलले अहिले खडेरीले किसान आक्रान्त भइरहेका बेली उनीहरूले पर्याप्त मात्रामा विद्युत् प्रयोग गर्न नपाएको विषय सदनमा उठाए । सिँचाइका लागि चाहिने विद्युत् प्रयोग गर्दा न्यून भोल्टेजका कारण समस्या हुने गरेको उनको भनाइ छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद प्रकाश अधिकारीले जलवायु परिवर्तनका असर निरन्तर बढ्न थालेका उल्लेख गर्दै अहिले सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका जिल्लामा विशेष राहतका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । बोरिङ सञ्चालन गर्दा विद्युत् कटौती हुने, ट्रान्सफर्मर चोरी हुनेलगायत समस्या आइरहेको उनले उल्लेख गरे । पानी नपरेका जिल्लामा खानेपानीको समस्या निरन्तर बढिरहेको उनले बताए  ।

नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले किसानले लगाएका धानबाली खडेरीका कारण सुक्न थालेका उल्लेख गर्दै सुख्खा ग्रस्त सबै क्षेत्रको पहिचान गर्न र त्यहाँका किसानलाई राहत उपलब्ध गराउन आग्रह गर्नुभयो । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद ईश्वरबहादुर रिजालले दोलखा जिल्लामा रहेको चुनढुङ्गा खानीलाई सिन्धुपाल्चोक जिल्लामा पर्ने भनी गलत प्रचार भइरहेको बताए । उनले चुनढुङ्गा खानी दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–९ मा पर्ने स्पष्ट पारे ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीमगरले रुकुम जिल्लाका अधिकांश स्थानीय सडकहरू वर्षात्को समयमा क्षतिग्रस्त भएका भन्दै सवारीसाधन सञ्चालनमा समस्या भइरहेको बताए । मध्यपहाडी राजमार्ग निर्माणमा भइरहेको ढिलाइबारे पनि उनले सरकारको ध्यानाकर्षण गरे ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट कुनै निश्चित व्यक्ति लक्षित मात्रै मुद्दा दायर भएको विषयलाई गम्भीरतापूर्वक लिन उनले आग्रह गरे । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद भगवती चौधरीले जमिनमुनिको पानीको गुणस्तर परीक्षण हुन नसकेको भन्दै यस्तो पानी प्रयोगका लागि उपयुक्त छ वा छैन भन्ने नजानी उपभोक्ताले प्रयोग गरिरहेको विषय सदनमा उठाइन् । एमालेका सांसद चन्द्रबहादुर विश्वकर्मा सवारीसाधन दुर्घटना बढेको बताए । सडक दुर्घटनामा परी घाइते भएका व्यक्तिको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरे ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक आयोग वा संसदीय छानबिन समितिको माग दोहोर्‍याएको छ । रास्वपा सांसद विनिता कठायतले यो विषयमा नेपालभित्र मात्रै नभई अन्तर्राष्ट्रिय समुदायमा पनि चासो बढेको बताइन् । जुम्लाका स्याउ किसानले बिमा दाबी भुक्तानी नपाएको विषय पनि उनले संसदमा उठाइन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद डा.धवलशमशेर जबराले गत चैत १५ गते घटेको तीनकुने घटनाबारे निष्पक्ष छानबिन तथा फैसला हुने विश्वास व्यक्त गरे । उनले उक्त घटनामा राज्यको तर्फबाट अत्यधिक बल प्रयोग भएको, जथाभाबी अश्रुग्याँस र रबरका गोली प्रहार भएको आरोप लगाए ।

प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले भिजिट भिसा प्रकरणलाई लिएर सदनमा विरोध जनाइरहेको प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफैँ भिजिट भिसामा अमेरिका गएको, नेपाली नागरिकता त्यागेको र पुनः नेपाल फर्किएर यहाँ सक्रिय भएको आरोप लगाए ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सांसद सूर्यप्रसाद ढकालले राजधानी काठमाडौँमा भइरहेको सवारीसाधन अस्तव्यस्तता र सवारी जामको समस्या समाधानका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गरे । रातिको समयमा पनि व्यापार व्यवसाय सञ्चालन गर्ने, शैक्षिक संस्था बिहान, बेलुकाको समयमा खोल्नेलगायत व्यवस्था गरेमा ट्राफिक व्यवस्थापन गर्न सकिने उनको भनाइ छ ।
 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending