बुटवल । राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान कार्यालय बुटवलले अवैध तस्करी तथा कर छलीका विरुद्धमा अर्को ठुलो कारबाही गरेको छ ।
राजस्व कार्यालयले गरेको अनुसन्धानका आधारमा स्थानीय व्यवसायी अजय बैङ्गल स्टोरले पशुपन्छी आहाराका नाममा गलत विवरण पेस गरी करोडौँ रुपैयाँ बराबरको कर छली गरेको भन्दै अनुसन्धान कार्यालय बुटवलले कारबाही अगाडि बढाएको छ ।
राजस्व अनुसन्धान ऐन, २०५२ को दफा २० (६) बमोजिम जारी गरिएको कर छलीसम्बन्धी अभियोेगपत्रअनुसार अजय बैल्बस स्टोरले भारतबाट पशुपन्छी आहाराका नाममा गलत विवरणमा सामान आयात गरी आन्तरिक बजारमा बिक्री वितरण गरेको थियो ।
अनुसन्धानका क्रममा कुल रु नौ करोड ९९ लाख ८९ हजार ८४१ बराबरको कारोबारमा कर छल्न खोजिएको देखिएको अनुसन्धान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वास्तविक मूल्याङ्कनका आधारमा उक्त कारोबारमाथि लाग्ने कर रु चार करोड ८३ लाख २५ हजार ८८६ बराबरको रहेको पाइएको छ । राजस्व विभागले बिगो र जरिवाना गरी उक्त रकम असुल गर्न र कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत सबै प्रकारका करहरू पनि समावेश गरिएको उल्लेख छ ।राजस्व अनुसन्धान कार्यालय बुटवलले सम्बन्धित व्यवसायी अजय बैङ्गल स्टोरविरुद्ध राजस्व अनुसन्धान ऐन, २०५२ को दफा २० (६) बमोजिम सरकारी कर छलीसम्बन्धी अभियोग पत्र आज उच्च अदालत तुलसीपुर बुटवल इजलासमा दर्ता गराएको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
गैरकानुनी रूपमा व्यापार गर्दै आएका समूहहरूको खोजी, निगरानी र कानुनी कारबाहीका लागि कार्यालयले विशेष अभियान नै चलाउँदै आएको छ । तस्करी र कर छली गर्नेहरू कानुनी दायरामा ल्याउने गरी अनुसन्धान भइरहेको प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेको भनाइ छ ।
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत घिमिरेका अनुसार राजस्व सुरक्षाका निम्ति राजस्वको टोली निरन्तर सक्रिय रहेको र यस्ता कारबाही अझ तीव्र बनाइने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: