Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

नेपालगन्जबाट ६३९ जना फरार अपराधी पक्राउ

खबरडबली संवाददाता

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८१/०८२ मा फरार अपराधी पक्राउ गर्ने कार्यमा उल्लेख्य सफलता प्राप्त गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर घर्तिमगरले गत आर्थिक वर्षमा मात्रै बाँकेमा ६३९ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको बताए।

उहाँले जिल्लाभरका विभिन्न स्थानबाट विभिन्न अपराध गरेर अदालतबाट सजाय तोकिएपनि लामो समयदेखि फरार रहेर लुकिछिपी बसेको अवस्थामा एक वर्षको अवधिमा ६३९ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको बताए ।

पक्राउ परेकाहरुबाट १८९ वर्ष आठ महिना एक दिन कैद र दुई करोड १८ लाख ३५ हजार ६३२ रुपियाँ जरिवाना असुल उपर गरिएको प्रहरी उपरिक्षक घर्तिमगरले बताए ।

उहाँले पक्राउ परेका अपराधीहरुमध्ये केही त धेरै वर्षदेखि फरारको सूचिमा रहेकाहरु समेत रहेको बताए । जिल्ला प्रहरी कार्यालय बाँकेले गत केही वर्षदेखि फरार अपराधीलाई खोजी गर्ने अभियाननै सञ्चालन गर्दै आएको छ ।

त्यसका लागि विशेष टोली तयार गरेर सो टोलीलाई उक्त कार्यमा खटाइएको जनाइएको छ ।

सोही प्रकारले आर्थिक वर्ष २०८१/०८२ मा जिल्लामा प्रहरीको अपराध अनुसन्धान तथा कारवाहीमा एक हजार ४८६ मुद्दा दर्ता भएकोमा ती मुद्दाअन्तर्गत एक हजार ४५० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक पातलीले बताए।

उहाँका अनुसार सो अवधिमा २२७ पेण्डिङमा रहेका मुद्दाहरुलाई समेत फर्छ्यौट गरिएको छ भने छ हजार ४१२ वटा ठाडो उजुरी प्राप्त भएकोमा पाँच हजार ७३४ उजुरीलाई फर्छ्यौट गरेर ९७८ वटा फछ्र्यौट प्रक्रियामा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जघन्य अपराधतर्फको कारबाहीमा गत असोज २७ र २८ गते नाबालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई पक्राउ गरिएको थियो भने २०८१ असोज २७ गते एक पुरुषको घाँटी रेटेर टाउको लुकाएर फरार रहेका आरोपीलाई ४८ घण्टाभित्र नियन्त्रणमा लिएर कानुनी प्रक्रियामा ल्याइएको थियो । त्यसैगरी नक्कली जग्गाधनी श्रेस्ता बनाई बैंकमा धितो राखी रकम ठगी गर्ने कार्यमा संलग्न रहेका सात जनालाई पक्राउ गरिएको थियो ।

प्रहरी नायब उपरीक्षक पातलीले दिनुभएको जानकारी अनुसार बैजनाथ गाउँपालिकाको एक गाउँमा विवाह कार्यक्रममा एक युवकको हत्या गर्ने छ जनालाई पक्राउ गरिएको थियो भने नेपालगन्जका इरसाद कवडियालाई खुकुरी प्रहार गरी हत्या गर्ने दुई जना र वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भन्दै एक करोड २३ लाख रकम ठगी गर्ने महिलालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरखाका दुई निर्वाचन क्षेत्रमा २७ जनाको मनोनयन दर्ता

सुलीकोट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा जिल्लाका दुई निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २७ जना...

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर । षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको अभावमा काकाकुल बनेको छ । लामो समयदेखि बस्तीका  ५० परिवार पानीको समस्याले पीड...

सुनको भाउ तोलामा १० हजार ४ सयले बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ...

झापा–५ मा सबैभन्दा बढी र १ मा सबैभन्दा कम उम्मेदवारी दर्ता

दमक। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नंं। ५ मा सबैभन्दा बढी उम्मेदवारी परेको छ । देशकै ध्यान केन्द्रित भएको झा...

३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार सबैभन्दा धेरै

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन हुने १६५ सिटका लागि ३ हजार ४८४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार कुल उम्मेदवारमध्ये ३...

सर्लाही-४ मा सभापति गगन थापाको वारेसमार्फत उम्मेदवारी दर्ता

सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...

रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी

चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...

रुकुम पश्चिमबाट जनार्दन शर्माले गराए उम्मेदवारी दर्ता

रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...

रौतहट-२ मा अफताब आलमका छोराले गराए कांग्रेसबाट उम्मेदवारी दर्ता

रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...

दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटे

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending