काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपाको एकता आफूले प्रधानमन्त्री पद नै त्यागेर जोगाउन प्रयास गरे पनि सफल हुन नसकेको बताएका छन् ।
शनिबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित ‘निर्वासन’ नामक पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रचण्डले ‘पशुपतिको होटलमा भएको षड्यन्त्रपूर्ण साँठगाँठ’ का कारण टुटेको आरोप लगाएका छन्। ‘मैले प्रधानमन्त्री पनि चाहिँदैन, तपाईं (केपी ओली) नै हुनुहोला भनेपछि उहाँको अनुहार उज्यालो भएको थियो,’ अध्यक्ष दाहालले तत्कालीन नेकपा एकताको प्रसंग कोट्याउँदै भने, ‘एकता भयो, झण्डै दुई तिहाइ आयो। तर टिकेन।’
उनले आफूले अध्यक्षको हैसियतमा एउटा मात्र केन्द्रीय कमिटी बैठक चलाउँदा सफल भएपछि केही नेताहरू अत्तालिएको दाबी गरे। ‘अर्को हप्ता त प्रचण्डले एमाले सिध्याउने भयो भनेर पशुपतिको एउटा होटलमा गएर साँठगाँठ भएछ,’ उनले भने, “त्यसपछि सुरु भइहाल्यो लडाइँ। यही त हो हाम्रो चरित्र।’
अध्यक्ष दाहालले पुष्पलालले निरंकुश राजतन्त्रलाई मुख्य शत्रु मानेर अन्य शक्तिसँग सहकार्य गरेको स्मरण गराउँदै अहिलेको मुख्य शत्रु दलाल र नोकरशाही पुँजीवाद भएको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपाध्यक्ष पदतर्फ प्रारम्भिक मतगणनामा विष्णु पौडेलले सर्वाधिक मत ल्याउँदै अग्रता लिएका छन्।...
पौष ३ गते, २०८२ - १०:३९
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार ओ...
पौष ३ गते, २०८२ - १०:३२
बुटवल । सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ...
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...
पौष २ गते, २०८२ - १५:३५
ललितपुर। प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएको छिन् । आज ललितपुर महानग...
पौष २ गते, २०८२ - १५:२०
जनकपुरधाम। मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी शुक्रबार प्रदेश सभाबाट विश्वासको मत लिने भएको छन् । नेपालको संविधानको धारा १६८ को...




प्रतिकृया लेख्नुहोस्: