Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

सुडानमा १३ लाखभन्दा बढी मानिस आफ्नो घर फर्किएः संयुक्त राष्ट्रसङ्घ

खबरडबली संवाददाता

जिनेभा । संयुक्त राष्ट्रसङ्घले दिएको जानकारीअनुसार, सुडानमा जारी द्वन्द्वका कारण विस्थापित भएका १३ लाखभन्दा बढी नागरिकहरू हालसम्म पुनः आफ्ना घर फर्किएको पुष्टि गरिएको छ । उनीहरूको पुनस्थापना र जीवन पुनर्निर्माणका लागि राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय समुदायलाई आवश्यक सहयोगको अपिल गरेको छ ।

संयुक्त राष्ट्रसङ्घअन्तर्गत आप्रवासन, शरणार्थी तथा विकाससम्बन्धी निकायहरूले संयुक्त रूपमा वक्तव्य जारी गर्दै हालसम्म १० लाखभन्दा बढी आन्तरिक रूपमा विस्थापित व्यक्ति सुडानभित्रै आफ्ना घर फर्किएको र थप करिब तीन लाख २० हजार व्यक्ति छिमेकी मुलुक इजिप्ट र दक्षिण सुडानबाट स्वदेश फर्किएको जानकारी दिएका छन् ।

हाल केही स्थानहरूमा द्वन्द्वको प्रभाव कम भए पनि समग्र अवस्था अझै पनि अति संवेदनशील रहेको राष्ट्रसङ्घले उल्लेख गरेको छ । सन् २०२३ सालको अप्रिल देखि सुडानमा सेना प्रमुख अब्देल फत्ताह अल बुर्हान र प्रतिद्वन्द्वी अर्धसैनिक समूहका कमान्डर मोहम्मद हम्दान डाग्लोबिचको सत्ताका लागि सङ्घर्षले देशलाई गम्भीर मानवीय सङ्कटमा पारेको छ । यस हिंसात्मक द्वन्द्वका कारण हजारौँ नागरिकले ज्यान गुमाएका छन् भने लाखौँ विस्थापित भएका छन् ।

राष्ट्रसङ्घका अनुसार, घर फर्किने व्यक्तिहरूमध्ये सबैभन्दा धेरै अल–जजीरा राज्यतर्फ गएका छन्, जुन खार्तुमको दक्षिणपूर्वमा अवस्थित छ । केही व्यक्तिहरू राजधानी खार्तुम र सन्नार राज्यतर्फ पनि फर्किएका छन् । संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायका क्षेत्रीय निर्देशक उस्मान बेलबेइसीले जिनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भने, “सुडान हाल विश्वकै सबैभन्दा ठुलो मानवीय सङ्कटको सामना गरिरहेको मुलुक हो, तर यो अवस्था अन्तर्राष्ट्रिय दृष्टिमा अत्यन्तै उपेक्षित भइरहेको छ ।”

उनले लडाइँमा संलग्न सबै पक्षलाई तत्काल हिंसा रोक्न र वार्ताको माध्यमबाट समाधान खोज्न अपिल गरे । “यो गृहयुद्धले करोडौँ निर्दोष नागरिकको जीवन अत्यन्त पीडादायक बनाएको छ । सुडान अहिले बाँचुञ्जेलको दुःस्वप्न बनेको छ ।” संयुक्त राष्ट्रसङ्घले पुनर्निर्माण, आधारभूत सेवा पुनः स्थापना र दीर्घकालीन शान्तिका लागि विश्व समुदायबाट तत्कालिक तथा पर्याप्त सहयोग आवश्यक रहेको स्पष्ट पारेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो बन्ने छ केन्द्रीय कमिटीको संरचना (सूचीसहित)

काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ ।  जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...

खेतीयोग्य बारी बाँझिदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...

सिड्नीको बोन्डी बिचमा गोली चल्दा १० जनाको मृत्यु

सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  सिड्नीको प्रहरीले एक अज्ञा...

राष्ट्रपतिबाट चुनावमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको आगामी फागुन २१ गते तोकिएको निर्वाचनको मितिमा कुनै पनि प्रकारको दाँयाबाँया नगरी सम्पूर्ण ध्यान ...

माेरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

मोरङ । मोरङमा भएका भिन्दाभिन्दै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । एक जना किशोरी घाइते भएकी छन् ।  जिल्लाको सुन्दरहरैँचा नगरपालिका–६, गैरीगा...

अमेरिकाकाे मध्यावधिमा रिपब्लिकनले हार्न सक्ने ट्रम्पको सङ्केत

काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार प्रकाशित वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा अमेरिकी अर्थतन्त्रलाई ‘इतिहासकै सबैभन्दा ठूलो’ ब...

कर्णाली नेकपा संसदीय दल नेता चयनमा पार्टी केन्द्रकाे चासो

सुर्खेत । नेकपा का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली प्रदेश संसदीय दलको नेता चयन प्रक्रियामा विशेष चासो व्यक्त गरेका छन् । शनिबार सुर्खेतमा...

उम्मेदवार सिफारिसपछि सिराहा कांग्रेसमा विवाद

सिराहा । आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्रीय कार्यसमितिले सर्वसम्मत रूपमा सिफारिस गरेका उम्मेदवारहरूको नामावलीमा जिल...

सुडानमा संयुक्त राष्ट्रसङ्घको शिविरमा आक्रमण, ६ बङ्गलादेशी शान्ति सेनाको मृत्यु, ८ घाइते

ढाका । सुडानको अबियेई क्षेत्रमा रहेको संयुक्त राष्ट्रसङ्घको आधार शिविरमा भएको आक्रमणमा बङ्गलादेशी सेनाका ६ जना शान्तिसेनाको ज्यान गएको छ भने ८ जना घाइ...

जापानका किशोरकिशोरीमा चिकित्सकको सल्लाहबिना औषधि प्रयोग बढ्दै

टोकियो । जापानका हाईस्कुल विद्यार्थीमध्ये करिब १० प्रतिशतले चिकित्सकको सल्लाहविना सेवन हुने औषधि पछिल्लो वर्षमा बारम्बार प्रयोग गरेको बताएका छन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending