तनहुँ। तनहुँको व्यास नगरपालिका र देवघाट गाउँपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ ।
सम्बन्धित स्थानीय तहबाट प्रमाणीकरण भई आएका भूमिहीन दलित तथा सुकुम्वासीहरूको नामावलीसहित जिल्ला भूमि समस्या समाधान समिति तनहुँले जग्गा उपलब्ध गराउने तयारी स्वरूप साउन २२ गते सात दिने सार्वजनिक सूचना जारी गरेको हो ।
सूचना अनुसार व्यास नगरपालिका र देवघाट गाउँपालिकाबाट सिफारिस भई आएका सुकुम्वासीहरूले दाबी गरेको वा आबाद कमोत गर्दै आएको जग्गामा कसैको हकदाबी, दाबी विरोध वा उजुरबाजुर भए प्रमाणसहित सात दिनभित्र निवेदन दर्ता गराउन आह्वान गरिएको छ । तोकिएको अवधिभित्र कुनै निवेदन वा उजुरी नपरेमा भूमिसम्बन्धी ऐन र नियमानुसार जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइने नापी कार्यालय तनहुँका प्रमुख एवं समितिका सदस्य सचिव विजयकुमार सिंहले जानकारी दिए।
यसअघि शुक्लागण्डकी नगरपालिका दुलेगौँडामा आन्दोलनका क्रममा आगजनी भई निवेदन फाइलहरू नष्ट भएकाले साउन १८ गतेदेखि लागू हुने गरी २१ दिने सूचनामार्फत पुन: फाराम सङ्कलनको काम समेत भइरहेको छ ।
बिहान ७ देखि साँझ ७ बजेसम्म काम
जिल्लामा जग्गा व्यवस्थापनको काम तीव्र पारिए पनि दक्ष प्राविधिक कर्मचारीको अभावले सोचेअनुसार गति लिन नसकेको नापी कार्यालयले जनाएको छ । स्वीकृत २० जना अमिनमध्ये हाल ११ जना मात्रै कार्यरत रहेकाले सीमित कर्मचारीको भरमा काम धान्नुपरेको छ ।
कर्मचारीको चरम अभावका बाबजुद कामलाई निरन्तरता दिन बिहान ७ देखि साँझ ७ बजेसम्म खटिएर काम गरिरहेको नापी कार्यालय तनहुँका प्रमुख विजयकुमार सिंहले बताए । आयोगको आफ्नो कार्यालय नहुँदा नापी कार्यालयबाटै काम भइरहेको उनले जानकारी दिए।
यसैगरी, आयोगमा कम्प्युटर अपरेटर र कार्यालय सहयोगीसमेत नहुँदा सीमित प्राविधिक कर्मचारीको भरमा जिल्लाभरको काम धान्नु परेको छ। जनशक्तिको चरम अभावका बाबजुद कामको चापलाई सम्बोधन गर्न बिहान ७ देखि साँझ ७ बजेसम्म निरन्तर खटिएर काम गरिरहेको सदस्य सचिव सिंहले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २३ गते, २०८३ - १४:३४
पञ्चकोशी दैलेख। दैलेखमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको च्यापिएर चालकको मृत्यु भएको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर...
श्रावण २३ गते, २०८३ - १४:२३
सुनसरी । बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । बराहक्षेत्रबाट चतरातर्फ आउँदै गर...
श्रावण २३ गते, २०८३ - १४:०३
धरान। धरानमा खाना पकाउने ग्यासको अभाव देखिएपछि धरान उपमहानगरपालिकाले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको छ । शनिबार धरान उपमहानगरपालिकाका ...
श्रावण २३ गते, २०८३ - १३:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वप्रवक्ता डा। प्रकाशशरण महतले पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्कने क्रममा विमा...
श्रावण २३ गते, २०८३ - १२:५५
तनहुँ। तनहुँको व्यास नगरपालिका र देवघाट गाउँपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाइ...
श्रावण २३ गते, २०८३ - १२:४१
इलाम। मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड एक महिनादेखि अवरुद्ध छ । गत असार २३ गते इलाम नगरपालिका ९ स्थित इलाम(राजदुवाली खण्डमा पहिरो गएपछि अव...
श्रावण २३ गते, २०८३ - १२:१०
कञ्चनपुर। कञ्चनपुरका पत्रकार खेम भण्डारी कारागारबाट रिहा भएको छन् । उनले एक महिना सात दिन कैद भुक्तान गरेपछि शनिबार रिहा भएको हो । निर्मला पन्त हत्या ...
श्रावण २३ गते, २०८३ - ११:५९
काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र देखिएको पछिल्लो विवाद र आगामी केन्द्रीय कार्यसमिति बैठकका विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ। बैठक ...
श्रावण २३ गते, २०८३ - ११:४०
सल्यान। जंगलमा सिकार खेल्न गएको समयमा भरुवा बन्दुकबाट चलेको गोली लागेर सल्यानमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार कालिमा...
श्रावण २३ गते, २०८३ - ११:३१
कालीकोट। कालीकोटको पलाँता गाउँपालिकाले सञ्चालन गरेको अस्पतालमा वाइफाइ चलाउन नदिएको भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छ...



प्रतिकृया लेख्नुहोस्: