तेहरान । इरानको दक्षिणपूर्वी क्षेत्रमा रहेको एक न्यायलय रहेको भवनमा शनिबार भएको ‘आतङ्ककारी आक्रमणमा’मा परी कम्तीमा छ जनाको मृत्यु भएको इरानी अदालत सम्बद्ध एक स्रोतले जनाएको छ । न्यायपालिकाद्वारा सञ्चालित मिजान अनलाइनले घटनामा पाँच जनाको मृत्यु भएको र १३ जना घाइते भएको समाचार सार्वजनिक गरेको छ ।
घाइतेमध्ये थप एक जनाको पनि मृत्यु भएको छ । प्रान्तीय मुख्य न्यायाधीश अली मोवाहेदी-राडलाई उद्धृत गर्दै मिजानले पछि घाइतेको सङ्ख्या २२ पुगेको र तीमध्ये अधिकांश सर्वसाधारण रहेको बताएका छन् । आगन्तुकको भेषमा भवनभित्र पस्न खोजेका र विष्फोटक पहिरनधारी तीनै जना बन्दुकधारीको मृत्यु भएको उनले बताए ।
“इस्लामिक रिभोल्युसनरी गार्ड कोरको लडाकु दस्ता (कुद्स) मुख्यालयले घटनामा तीन जना आतङ्ककारी मारिएको पुष्टि गरेको छ,” उनले भने । मृत्यु हुनेहरूमा अदालतको सुरक्षा गरिरहेका तीन जना कानुन प्रवर्तन सदस्यहरू पनि थिए र उनीहरू अदालतको सुरक्षार्थ खटिएका थिए । सिस्तान-बलुचिस्तान प्रान्तका प्रहरी सहकमान्डर अलिरेजा दलिरीका अनुसार आक्रमणकारीले भवनमा ग्रिनेड प्रहार गरेका थिए ।
इरानी सञ्चारमाध्यमका अनुसार आक्रमणको केही समयपछि पाकिस्तानमा रहेको तर इरानमा सक्रिय बलोच जिहादी समूह अरबी भाषामा जैश अल अदल भनिने ‘आर्मी अफ जस्टिस’ ले आक्रमणको जिम्मेवारी लिएको छ । राजधानी तेहरानबाट करिब एक हजार २०० किलोमिटर दक्षिणपूर्वमा अवस्थित यो अशान्त प्रान्तको पाकिस्तान र अफगानिस्तानसँग लामो सीमा जोडिएको छ ।
उक्त क्षेत्रमा आइआरजिसीलगायत इरानी सुरक्षा बल, बलुच अल्पसङ्ख्यकका विद्रोही, कट्टरपन्थी सुन्नी समूह र लागुऔषध तस्करबिच पटक-पटक भिडन्त हुने गरेको छ । यस क्षेत्रको भएको सबैभन्दा घातक घटनाहरूमध्ये पछिल्लो एक अक्टोबरमा भएको घटनामा १० जना प्रहरी अधिकारीहरू मारिएका थिए । अधिकारीहरूले उक्त आक्रमणमा पनि ‘आतङ्कवादी’ संलग्नता रहेको बताएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: