Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

ठेक्का तोड्दा तेब्बरले बढ्यो भैरवस्थनाको भेटी

खबरडबली संवाददाता

गलकोट । सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ । धार्मिक शिक्तपीठमध्येको एक बागलुङ बलेवा कालभैरव मन्दिरमा भेटी सङ्कलन तेब्बरले वृद्धि भएको छ ।

धार्मिक पर्यटक भित्र्याउँदै आएको बागलुङ नगरपालिका–१२ स्थित कालभैरव मन्दिरमा २०७९ सालमा ६ वर्षपछि गुठी व्यवस्थापन समिति सक्रिय भएपछि पूर्वाधार निर्माणले तीव्रता पाएसँगै यहाँ आउने दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएको छ । दर्शनार्थीको सङ्ख्यामा वृद्धि भएपछि भेटी सङ्कलन दरसमेत तेब्बरले वृद्धि भएको छ । समितिमार्फत पूजा चलाउन थालेको एक वर्ष भएको बताउँदै भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रराज ढकालले आम्दानी तेब्बरले वृद्धि भएको बताए ।

मालपोत कार्यालय बागलुङद्वारा ठेक्कामा भेटी सङ्कलन गरिँदै आएकामा आर्थिक वर्ष २०८१÷८२ मा गुठी व्यवस्थापन समितिले जिम्मा लिएपछि भेटी सङ्कलन तेब्बरले वृद्धि भएको हो । “आव २०८०÷८१ मा ठेक्कामार्फत रु नौ लाख आम्दानी भएकामा समितिमार्फत पूजा चलाउँदा रु २७ लाख आम्दानी भएको छ, ठेकेदारले नाफा कमाउँदा मन्दिर अस्तव्यस्त भएकाले समितिमार्फत पूजा चलाउने र आम्दानीले भौतिक संरचना र दर्शनार्थीको सुविधा थप गर्ने हाम्रो उद्देश्य छ”, अध्यक्ष ढकालले भने, “कोरोना महामारीमा रु ५० हजार भेटी सङ्कलन भएको मन्दिरमा अहिले रु २७ लाख सङ्कलन भएको र आगमी वर्ष सङ्कलन अझै बढ्ने अपेक्षा छ ।”

पछिल्लो दुई वर्षयता बलेवा कालभैरवको पूर्वाधारमा सत्तल, सचिवालय, प्रवेशद्वार, पदमार्ग, खानेपानी, शौचालयलगायत पूर्वाधारमा रु ८० लाखभन्दा बढी रकम खर्च भइसकेको ढकालले जानकारी दिए । समिति, सङ्घीय सरकार, गण्डकी प्रदेश सरकार र बागलुङ नगरपालिकाबाट पूर्वाधार मिर्नाणमा सहयोग भएको समितिका कोषाध्यक्ष चन्द्र केसीले जानकारी दिए । उनले अघिल्लो व्यवस्थापन समितिले बनाएको गुरुयोजना, हिसाब किताब नपाएको र समिति नहुँदा मन्दिरको अवस्था बिग्रिएकाले यो वर्षदेखि आय वयय सार्वजनिक तथा लेखा परिक्षण गराउदै आएको बताए ।

समितिको आन्तरिक रकमबाट ११ वटा व्यावसायिक सटर निर्माण गरेपछि आगमी वर्षबाट मन्दिरको मासिक आम्दानीसमेत भइरहेको छ । अहिले मासिक रु ३० हजारमा सटर भाडामा लागाइएको छ । समुद्री सतहबाट एक हजार ४०० मिटरको उचाइमा रहेको भैरवस्थानको मुख्य मन्दिर भने पुरानो छ । भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै कालभैरव मन्दिरमा पूर्वाधार निर्माणले गति लिएको छभने वर्षौँदेखिको ठेक्का तोडेर समितिले आम्दानी लिन थालेको छ ।

तीन सय वर्षभन्दा पुरानो मन्दिरमा पछिल्लो समय सडक सुविधा पुगेपछि धार्मिक पर्यटकमा वृद्धि भएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको कालभैरव मन्दिर भकुण्डे र रायडाँडासँग सिमाना जोडिएको छ । कालभैरव मन्दिरको प्रचारप्रसार र महिमाका कारण पछिल्लो समय आन्तरिक पर्यटक बढेपछि सडक स्तरोन्नति, पदमार्ग, व्यावसायिक सटर, सक्तललगायत पूर्वाधार थपिँदा मन्दिरमा पुग्ने दर्शनार्थीको चाप बढेपछि भेटी सङ्कलनसमेत बढिरहेको ढकालको भनाइ छ ।

विसं १७८० तिर पाल्पाबाट ल्याइएका कालभैरवलाई यहाँ स्थापना गरिएको किंवदन्ती छ । मन्दिरमा मङ्गलबार र शनिबार विशेष पूजा हुने गर्दछ भने दसैँ र चैतेदसैँमा मन्दिरमा दर्शनार्थीको बढी भीड लाग्ने गरेको पाइन्छ । पाल्पाका राजा मणिमुकुन्द सेनका पालामा दाजुभाइमाझ झगडा परेपछि एक भाइ छुट्टिएर बलेवामा आएको र भैरवलाई पनि छुट्याएर यहीँ ल्याएर स्थापना गरेको विश्वास गरिन्छ । मनोकांक्षापूरा हुने जनविश्वासका कारण पछिल्लो समय मन्दिरमा दर्शनार्थीको सङ्ख्यामा बढ्दै गइरहेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्ड सचिवालयको प्रष्टीकरण- रास्वपासँग चुनावी सहकार्यको प्रस्ताव गरिएको छैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...

११ किलोको माला लगाएर ओलीलाई बधाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...

रास्वपासँग ठोस सहमति नजुटेपछि ‘देश विकास पार्टी’ सक्रिय पार्ने बालेनको तयारी

कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...

चुनावभन्दा संसद् पुनःस्थापनामा कांग्रेस-एमालेको कसरत

काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...

सरकारले किन सार्वजनिक गरेन मन्त्रीहरूको सम्पत्ति विवरण ?

काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...

त्रिविको ५१ औँ दीक्षान्त समारोह आज, ८९ हजार उत्तीर्ण विद्यार्थीमध्ये १६ हजार मात्रै दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ।   विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...

उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending