काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सुदूरपश्चिमका नेताले विभिन्न १३ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन आग्रह गरेका छन् । नेकपा (एमाले) का सचिव लेखराज भट्टको नेतृत्वको टोलीले प्रधानमन्त्री ओली समक्ष आज भेटी त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सम्बन्धन प्राप्त भइ सुदूरपश्चिम प्रदेशमा सञ्चालित १३ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजन गर्न आग्रह गरेका हुन् ।
टोलीले भानु बहुमुखी क्याम्पस दोधरा चाँदनी कञ्चनपुर, अछाम बहुमुखी क्याम्पस मङ्गलसेन अछाम, लम्की बहुमुखी क्याम्पस कैलाली, केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस डोटी, शङ्करपुर क्याम्पस दार्चुला, घोडाघोडी बहुमुखी क्याम्पस कैलाली, कृष्ण वैजनाथ बहुमुखी क्याम्पस झलारी कञ्चनपुरलाई सुदूपश्चिम विश्वविद्यायको आङ्गिक क्याम्पसमा समायोजन गरिदिन माग गरिएको छ ।
यस्तै पुचौडी बहुमुखी क्याम्पस हाट बैतडी, बझाङदीप बहुमुखी क्याम्पस बझाङ, सुनकुडा बहुमुखी क्याम्पस बझाङ, भीमदत्त बहुमुखी क्याम्पस डडेल्धुरा, महाकाली बहुमुखी क्याम्पस बेलौरी कञ्चनपुर र गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेज गोकुलेश्वर बैतडीलाई सुदूपश्चिम विश्वविद्यायको आङ्गिक क्याम्सपसमा समायोजन गरिदिन माग गरिएको छ ।
भेटमा अनेरास्ववियुका पूर्वउपाध्यक्ष गोविन्द गिरीले प्रधानमन्त्री ओलीले यसअघि आफू प्रधानमन्त्री हुँदा बखत नै सुदूरपश्चिम विश्वविद्यालयको सभाबाट ती १३ वटा क्याम्पसलाई समायोजन गर्ने निर्णय गरेकोले भन्दै चाँडै समायोजन गर्ने प्रक्रियामा लैजाने प्रतिबद्धता व्यक्त गरेका बताए ।
त्यस अवसरमा एमाले सचिव भट्टसहित एमाले नेता गणेश ठगुन्ना, एमालेकै नेता एवम् सुदूरपश्चिम प्रदेशमा पूर्वमुख्यमन्त्री राजेन्द्र रावललगायत रहेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भाद्र १२ गते, २०८२ - १७:११
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रमुख सचेतकहरूसँग सिंहदरबारमा बिहीबार बसेको ...
भाद्र १२ गते, २०८२ - १६:५०
धनगढी। कैलाली खुटिया नदीमा डुबेर आज चार किशोर बेपत्ता भएका छन्। गोदावरी नगरपालिका–९, सेहरीस्थित झोलुङ्गे पुल नजिक नदीमा पौडी खेल्ने क्रममा उनीहरू ड...
भाद्र १२ गते, २०८२ - १६:२५
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र पाँच राष्ट्रिय दलका प्रमुख सचेतकहरूबीच भदौ महिनाको संसद् क्यालेन्डरका विषयमा छलफल भएको छ । सिंहदरब...
भाद्र १२ गते, २०८२ - १६:०६
बर्दिबास। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले आन्दोलनरत उखु किसानका समस्या तत्काल समाधान गर्नुपर्ने बताएको छन्। सरकारले चालु आवमा अनुदानका...
भाद्र १२ गते, २०८२ - १५:४६
काठमाडौं । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले निजी विद्यालय सञ्चालकहरूले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । विद्...
भाद्र १२ गते, २०८२ - १५:३३
वासिङ्टन। संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का प्रमुखले खोपसम्बन्धी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरसँगको विवाद...
भाद्र १२ गते, २०८२ - १५:१९
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थी र पत्रकारलाई संयुक्त राज्य अमेरिकामा कति समय बस्न पाउने भन्ने विषयमा कडा प्र...
भाद्र १२ गते, २०८२ - १५:११
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँग लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार सम्पन्न दोस्रो अभ्यास ट्वान्टी–२० खेलमा नेपाल ...
भाद्र १२ गते, २०८२ - १४:३८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य अरनिको पाँडेलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति द...
भाद्र १२ गते, २०८२ - १४:०१
काठमाडौँ। युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने भएको छ । सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ कायम हुने र...
प्रतिकृया लेख्नुहोस्: