काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचमा शक्ति सन्तुलन भएमा मात्र लोकतन्त्र फस्टाउन सक्ने बताएका छन् ।
कर्मयोगी बन्द्रीविक्रम थापा स्मृति गुठीद्वारा पूर्वप्रशासक थापाको १०३ औँ जन्मजयन्तीका अवसरमा यहाँ आयोजित कार्यक्रममा नेता डा.कोइरालाले राज्यका प्रमुख अङबीचमा शक्ति सन्तुलन प्रजातन्त्रमाथि नै चुनौती उत्पन्न हुन सक्ने धारणा राखे ।
नेता डा. कोइरालाले भने, ‘मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलन र सङ्घर्षमा विशिष्ट योगदान पुर्याएका व्यक्तिको प्रतिनिधित्व रहेको संवैधानिक परिषद्लगायतका निकायबाट हुने निर्णय निष्पक्ष र तटस्थ हुनुपर्छ, राज्यका निकायमा रहने व्यक्तित्वले आफ्ना व्यक्तिको छनोट होइन, राष्ट्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।’
पूर्व वडाहाकिम थापो असहज परिस्थितिमा पनि शान्त र शालीन प्रशासकका रुपमा आफूलाई स्थापित गराउनुभएको बताउँदै नेता डा.कोइरालाले अहिले मुलुकको प्रशासनमा दलीयकरण हावी भएकाले श्रद्धाभाव जगाउने खालका प्रशासक पाउन मुश्किल रहेको विचार प्रकट गरे ।
श्रम तथा रोजगारमन्त्री शरत्सिंह भण्डारीले मुलुकमा लोकतन्त्र स्थापना र समाजसेवाका लागि ठूलो त्याग तथा तपस्या रहेकै कारण पूर्वप्रशासक थापा मृत्युपर्यन्त पनि सबैले स्मरण गरिरहने पात्रका रुपमा रहनुभएको बताए ।
वरिष्ठ राजनीतिज्ञ सिपी गजुरेलले मुलुकमा निरंकुशताको अन्त्य र लोकतन्त्रका लागि भएका आन्दोलन तथा सङ्घर्षमा योगदान पुर्याउने व्यक्तिको इतिहास उजागर गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।
गुठीका अध्यक्ष प्राडा सुरेशराज शर्माको अध्यक्षतामा भएको उक्त जन्मजयन्ती कार्यक्रममा साहित्यकार हरिमञ्जुश्री, कार्यक्रममा ‘बद्री विक्रम राष्ट्र गौरव’ र ‘सेवा पुरस्कार नेपाल’ बाट पुरस्कृत संस्कृतिविद् तेजेश्वरबाबु ग्वङग र समाजसेवी तथा चित्रकलाकार उर्मिला गर्गले विधागत विशिष्ठता र पूर्वसभामुख दमनाथ ढुङ्गानाको व्यक्तित्वबारे जानकारी गराए ।
यसअघि प्राडा सुरेशराज चालिसे, संस्थाका कोषाध्यक्ष किरण थापा, आध्यात्मिक व्यक्तित्व चिन्तामणि योगीले कर्मयोगी थापा र पूर्वसभामुख दमननाथ ढुङ्गानाबाट नेपालमा लोकतन्त्र स्थापनाका लागि भएको योगदानको चर्चा गर्दै गुठीले समाज सेवामा पुर्याउँदै आएको योगदानबारे जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ८ गते, २०८२ - ०७:२२
काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज (बुधबार) उजुरी दिन सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले तय गरेको...
माघ ७ गते, २०८२ - ०९:३४
काठमाडौं । स्थानहद फुकुवापछि पहिलोपटक सोमबार झापा आउँदै गर्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो टिप्पणी सुरक्षा विषयमै केन्द्रित थियो । यति एयरल...
माघ ७ गते, २०८२ - ०९:२१
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम टिकट बाँडिरहेका छन्। निर्वाचनका लागि मंगलबार...
माघ ७ गते, २०८२ - ०९:१४
काठमाडौं । नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूला...
माघ ७ गते, २०८२ - ०९:०७
रुपन्देही । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको प्रशंसा गर्दै सबै नेता एउटै चुनाव चिन्हमा जानु कांग्रेसको ठूलो उपलब्धि भएको बताए...
माघ ७ गते, २०८२ - ०८:२९
काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुरामा नैनसिंह महरलाई उम्मेदवार बनाएको छ। पूर्वसभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा महर टिकट दिएको हो। म...
माघ ७ गते, २०८२ - ०८:२३
काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १ उम्मेदवारको टुंगो लगाएको छ। राप्रपाले १६० निर्वाचन क्षेत्रका लागि उम्मेदवार चयन गरेको हो। उम्...
माघ ७ गते, २०८२ - ०८:१३
काठमाडौं । गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले सर्वोच्चमा दायर गरेक...
माघ ७ गते, २०८२ - ०८:०७
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने बताएका छन्। प्रतिनिधि सभाको उम्मेद...
माघ ७ गते, २०८२ - ०७:५०
काठमाडौं । सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्। रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले ...




प्रतिकृया लेख्नुहोस्: