काठमाडौँ । महिलाले लगाउने गर्भनिरोधक सङ्गिनी सुई कुकुरलाई लगाइने गरेको पाइएको छ । पशु अधिकारको दृष्टिकोणले यो कार्य अपराध हुने भए पनि आफ्नो सजिलोका लागि अन्धाधुन्ध प्रयोग बढिरहेको छ ।
औषधी पसलमा सहजै पाइने र सरकारी निकायबाट प्रभावकारी अनुगमन हुन नसक्दा यसको प्रयोग बढेको हो, जसको कारणले कुकुरमा पाठेघर र क्यान्सरसम्बन्धी जटिल समस्या देखिन थालेको पशु स्वास्थ्यकर्मीले उल्लेख गरेका छन्।
काठमाडौँ उपत्यकामा प्रत्येक १० घरमध्ये एक घरमा कुकुर पालिएको तथ्याङ्क छ । अज्ञानता र पशु प्राविधिकको गलत सल्लाहले महिलाले प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन तीनमहिने सङ्गिनी सुई काठमाडौँ उपत्यकासँगै देशका प्रमुख सहरका कुकुर (पोथी)लाई लगाउने गरेको केन्द्रीय रेफरल पशु चिकित्सालयका डा. प्रकाश अधिकारीले बताए।
उनले अस्पतालमा दैनिक उपचारका लागि ल्याइने कुकुरमध्ये धेरैमा पाठेघरको समस्या देखिएको र त्यो सङ्गिनी सुईको असर भएको दाबी गरे। पहिला पहिला कुकुरको पाठेघरमा समस्या एकदमै कम देखिने भए पनि पछिल्लो समय सङ्गिनी सुईको दुरुपयोगले समस्या बढेको जिकिर गरे। सङ्गिनी सुई कुकुरधनी स्वयंले लगाउन अनुरोध गर्ने गरेको र औषधी पसलमा सहजै उपलब्ध हुने भएकाले यसको दुरुपयोग बढ्दो रहेको उनले बताए।
सङ्गिनी सुई नितान्त महिलाका लागि बनाइएको हुनाले कुकुरमा प्रयोग गर्नु दुरुपयोग हो। कुकुरमा यो सुईको प्रयोगले डिम्बाशयमा मासु ९सिस्ट० पलाउने र पाठेघर सङ्क्रमण (पायोमेट्रा) को जोखिम बढाउँछ । साथै कुकुरले खाना पनि कम खान थाल्छ । पेट फुल्ने, रक्तअल्पता हुने, योनिबाट गन्हाउने फोहोर पदार्थ फाल्ने जस्ता लक्षण पनि कुकुरमा देखा पर्छन्।
समयमा शल्यक्रिया उपचार नभए कुकुर मर्न सक्छ। हर्मोन असन्तुलनका कारण कुकुरको तौल बढ्ने र रौँ झर्ने जस्ता समस्या देखिन सक्छ । यो सुईको नियमित प्रयोगले स्तन ग्रन्थीको क्यान्सरको सम्भावना हुन्छ। कुकुरको अस्थायी परिवार नियोजनको कुनै पनि साधन नभएकाले अनावश्यक प्रजनन रोक्न सुरक्षित र स्थायी विधि कुकुरको बन्ध्याकरण गर्नु नै राम्रो हुने डा. अधिकारीले बताए। यो समाचार आजको गोरखापत्र दैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: